चौतारी पुस्तक शृङ्खला ३६
नेपाली समाजले नेकपा (माओवादी) माथि निर्माण गरेको बहुआयामिक दृष्टिकोणको अनुपम सँगालो हो यो पुस्तक । यति मात्र हैन, नेकपा (माओवादी) ले नेपाली राज्यमाथि कस्तो अवधारणा र दृष्टि निर्माण गर्दै सशस्त्र विद्रोह गर्यो ? यी जिज्ञासाहरुको चौतर्फी विश्लेषण यस पुस्तकमा समाहित छ । दस वर्षको दौरानमा नेकपा (माओवादी) ले वैचारिक रुपमा अँगालेका राजनीतिक, आर्थिक र सांस्कृतिक नीतिहरु; त्यसलाई स्थापित गर्न उनीहरुले अपनाएका रणनीतिहरुको चिरफार पुस्तकमा पाइन्छ । धेरै कारणले नेपालको इतिहासमा विशेष महत्वपूर्ण रहेको यो समयावधिमा मूलतः नेकपा (माओवादी) को विषयमा केन्द्रत मिहिन, कठिन र कष्टकर बहससँगै नेपाली समाजले तय गरेको यात्राको ऐतिहासिक चित्रण पुस्तकमा छ । त्यसैले नेकपा (माओवादी) को सफलता र असफलताको कथालाई हुबहु चित्रण गर्नु पुस्तकको उद्देश्य हो । यसको लागि केवल चालीस बुँदेदेखि बाह्र बुँदे्सम्मको सशस्त्र सङ्घर्षको अवधिलाई पुस्तकले अध्ययनको आधार बनाएको छ ।
भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । उनले नेपाली मिडिया, मानवीय सुरक्षा र राजनीतिक विषयमा पुस्तकहरु सम्पादन गरेका छन् । छायामा जनजाति (२०५८), नेपालमा गरिबीको बहस (२०६१), सहरीकरणः जीविकाको विविध आयाम (२०६३) उनको सह-सम्पादनमा प्रकाशित प्रमुख पुस्तकहरु हुन् । विभिन्न पुस्तक र पत्रिकामा नेपालको समसामयिक विषयहरुमा उनका लेखहरू प्रकाशित छन् ।
पूर्ण बस्नेत पत्रकार हुन् । हाल उनी हिमाल खबरपत्रिका का सहायक सम्पादक र विभिन्न संस्थाहरुको पहलमा निस्कने जर्नल रुपान्तरणः समाज अध्ययन का सह-सम्पादक हुन् । उनको सह-सम्पादनमा नेपालमा गरिबीको बहस (२०६१) र विशेषअधिकार र आरक्षणको राजनीति (२०६३) पुस्तक प्रकाशित छन् ।
चिरन मानन्धर समाजशास्त्रका विद्यार्थी हुन् । उनले सहरी खानाको संस्कृतिबारे अनुसन्धान गरेका छन् । सहरी गरिबी र नेपाली राजनीतिमाथि उनको रुचि छ ।
विषयसूची
- पुनः प्रकाशनको लागि आभार
- धन्यवाद
- परिचयः माओवादी सशस्त्र सङ्घर्षमाथि बहस
भास्कर गौतम र चिरन मानन्धर
- खण्ड एकः सङ्घर्षको विश्लेषण
- 'माओवादी जनयुद्ध' र 'झापा विद्रोह' कति समानता, कति असमानता - ३
गौरव
- रोल्पाले दिएको सङ्केत - २०
हृषीकेश शाह
- किलो शेरा टु अपरेसन - २५
मोहनविक्रम सिंह
- माओवादी गतिविधिः हाम्रो दृष्टिकोण र नीति - ३३
नेकपा (एमाले)
- माओवादी गतिविधिबारे नेपाली काँग्रेसको दृष्टिकोण - ४९
नरहरि आचार्य
- प्रचण्डको इन्टरनेट अन्तर्वार्ता नेपाली माओवादीको बौद्धिक अनुहार - ६१
दीपक ज्ञवाली
- माओवादीलाई आतङ्कवादीको संज्ञा दिनुको कुनै अर्थ छैन - ६९
प्रदीप गिरी
- माओवादी समस्या र राज्यपक्षको दिग्भ्रम - ७८
रामचन्द्र पौडेल
- माओवादी जनयुद्ध र सम्झौता-वार्ताहरू - ८४
हरि रोका
- नेपालको भू-राजनीति र माओवादी जनयुद्ध सिस्नेदेखि सोल्टी हुँदै भारत - ९५
हरि शर्मा
- खण्ड दुईः आर्थिक-सामाजिक न्याय
- नेपालमा जनयुद्धको अर्थ-राजनीतिक औचित्य - १०५
डा. बाबुराम भट्टराई
- माओवादीको युद्ध-खर्च - १५१
उजिर मगर
- विकासको विनाश कि विनाशको विकास - १६२
डा. पीताम्बर शर्मा
- सुरक्षा बिनाको सुरक्षा खर्च - १६७
केदार सुवेदी
- माओवादीको साम्प्रदायिक साँठगाँठ - १७३
सुधीर शर्मा/श्रीभक्त खनाल
- जातीय स्वशासनः मीठो जहर ! - १८०
जेबी पुन मगर
- प्रादेशिक स्वायत्त जनसत्ताहरूको घोषणापछि उठेका प्रश्नहरू - १८७
देव गुरुङ
- नयाँ जमिन्दारको रूपमा माओवादी - १९४
शरद के.सी.
- जनयुद्धमा दलितको सहभागिता र विशेषअधिकार - १९९
हिसिला यमी
- माओवादी सेनामा महिला - २१८
मातृका पौडेल
- नेपालको जनयुद्धमा महिला - २२६
हिसिला यमी
- खण्ड तीनः वैचारिक-साङ्गठनिक रणनीति
- आधार इलाका निर्माणका चुनौती र सम्भावनाहरू - २३७
डा. बाबुराम भट्टराई
- कसरी चलिरहेछ माओवादीको जनसत्ता - २६४
किशोर पन्थी
- आधार इलाका टिक्न सम्भव छ - २७२
श्याम श्रेष्ठ
- गाउँमा परिवर्तन - २७७
किशोर नेपाल
- माओवादी क्षेत्र नजिकै गएर हेर्दा - २८४
गोविन्द वर्तमान
- नेपाली माओवादीः बेल्जियमबाट युरोपभरि - २९४
कृष्णज्वाला देवकोटा
- नेपाली जनयुद्ध र विचारधारात्मक संश्लेषणको प्रश्न - २९८
प्रचण्ड
- माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन केही सकारात्मक सङ्केत, केही खतरनाक प्रस्तावना - ३१२
माधवकुमार नेपाल
- 'प्रचण्डपथ' लिनप्याओवादी गल्ती हो - ३२३
प्रकाश
- प्रचण्डपथः वैचारिक संश्लेषणको महान् अग्रगामी छलाङ ३३१
किरण
- राजनीतिको मूलधारमा र्फकने कसरत - ३४८
हरि रोका
- खण्ड चारः फौजी सङ्घर्ष र सुरक्षा क्षेत्र
- गाम सैन्य बेस क्याम्पमाथिको आक्रमण - ३५९
पासाङ
- त्यो रात आफैले देखेको बेनी आक्रमण - ३६७
मनऋषि धिताल
- मिलिसिया अर्थात् बलिका बोका - ३७४
रेवती सापकोटा
- कलम बोकेका गुरिल्ला - ३८२
भोजराज भाट
- जनमुक्ति सेनाभित्र महिला वीरङ्गनाहरूको इतिहास - ३८७
कमला रोका
- शाही सेना र माओवादी - ३९४
कृष्णनारायण सिंह थापा
- माओवादी विरुद्ध सेना प्रयोगको सवाल - ३९९
झलनाथ खनाल
- रणनीतिमै चुक्यो सेना - ४०४
ध्रुवकुमार
- माओवादीको प्रत्याक्रमण-चक्र - ४१३
माण्डवराज कार्की
- कसरी जोगाउने नेपाल प्रहरी - ४१८
शिव गाउँले
- खण्ड पाँचः नागरिक अधिकार
- पत्र-सम्वादः रवीन्द्र मिश्र र डा. बाबुराम भट्टराईबीचको - ४३१
- माओवादी आन्दोलन, सरकार र नेपाली प्रेस - ४४२
राजेन्द्र दाहाल
- पुस्तक पढ्ने कि पुस्तक जलाउने - ४४७
खगेन्द्र संग्रौला
- सहरमा शान्ति गाउँमा सास्ती - ४५१
मोहन मैनाली
- माओवादी कानूनमा जीवनको कुनै मूल्य छैन - ४५९
कुन्दन अर्याल
- मृत्युभन्दा कठोर सजाय - ४६५
मोहन मैनाली
- हामीले गुमाएका ज्यानहरू - ४७७
मञ्जुश्री थापा
- एम्बुस बन्द गर ! - ४८६
कनकमणि दीक्षित
- जनविद्रोहको ज्वालामा दैलेखका माओवादी घटना, कारण र परिणाम - ४९१
किशोर नेपाल
- खण्ड छः बदलिँदो राजनीतिक समीकरण
- सत्ताको खेलका पछिल्ला खेलाडीहरू - ५०३
सीके लाल
- माओवादी आन्दोलन र संविधानसभाको प्रस्ताव महावादविवादको खाँचो - ५१४
गोविन्द न्यौपाने
- पार्टि र माओवादी मेलः विश्वास बढाउने अवसर - ५२०
प्रा. कृष्ण खनाल
- अनि मात्र आउँछ शान्ति - ५२६
डा. बाबुराम भट्टराई
- दल-माओवादी समझदारीः प्रभाव र सम्भावनाहरू - ५३२
प्रदीप ज्ञवाली
- दल-माओवादी सहमतिको निहितार्थ - ५३९
मुमाराम खनाल
- पार्टिले संविधानसभालाई तारो बनाऊन् - ५४४
देवेन्द्रराज पाण्डे
- शान्तिपूर्ण तरिका अपनाउने दायित्वबोध भएको छ - ५४९
प्रचण्डसँग अन्तर्वार्ता
- उपलब्धिको कसीमा विद्रोहको दशक - ५६०
वामदेव गौतम
- जनयुद्धका उपलब्धि र चुनौती - ५६९
डा. बाबुराम भट्टराई
- 'जनयुद्ध' हिजो, आज र भोलि - ५७६
सुधीर शर्मा
- अनुसूची
- १. संयुक्त जनमोर्चा नेपालको चालीस बुँदे मागहरू - ५८५
- २. सातदल र माओवादीबीच भएको बाह्र बुँदे समझदारी - ५९०
- ३. 'जनयुद्ध' को अवधिमा मारिएकाहरूको सङ्ख्या - ५९४