चौतारी पुस्तक शृङ्खला ५२
अहिले जैविक विविधताको विषय प्राज्ञिक चासो, वातावरणीय मुद्दा र संरक्षणको विषयवस्तु मात्र रहेन । यो धेरै किसिमका व्यक्ति, समूह र निकायका सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय सम्बन्ध र स्वार्थहरू जोडिएको एक महत्वपूर्ण तर जटिल विषय बनेको छ । तसर्थ यस पुस्तकमा जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा उपयोगको सामाजिक–सांस्कृतिक आयामहरू, नेपालमा यससम्बन्धमा भएका प्रयास तथा व्यावहारिक अनुभवका अतिरिक्त नयाँ चुनौतीहरू समेत समेटिएको छ । जैविक विविधताको मानवीय पाटोका विषयवस्तु र यसको जनजीविकासँगको अन्तरसम्बन्ध यस पुस्तकको मुख्य विषय हो ।
जैविक विविधताको अर्थ र महत्व, यससम्बन्धी विश्वव्यापीरूपमा भएका समकालीन बहस र विश्लेषण, नेपालको जैविक विविधताको लेखाजोखा तथा यसको संरक्षण प्रयास र अनुभवसम्बन्धी जानकारी प्राप्त गर्न यो पुस्तक सहायकसिद्ध हुनेछ । पुस्तक जैविक विविधताबारे अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा कृषक, स्थानीय समुदायलगायत सम्पूर्ण सरोकारवालालाई सहयोगी हुनेछ ।
विकास अध्ययनमा विद्यावारिधि गर्दै गरेका हर्रि्रसाद ढुङ्गानाको अनुसन्धानको विषय प्राकृतिक स्रोतहरुको संरक्षण, उपयोग तथा व्यवस्थापन र सामाजिक न्यायको अन्तरसम्बन्ध हो ।
वातावरणीय सुरक्षा विषयमा स्नातकोत्तर गर्दै गरेका शरद घिमिरे वातावरणीय परिवर्तनको अनुसन्धानमा रुचि राख्नु हुन्छ ।
मानव भूगोलमा विद्यावारिधि गरेका जगन्नाथ अधिकारीले ग्रामीण अर्थतन्त्र र जीविकोपार्जन, खाद्य सुरक्षा, बसाइँसर्राई, भूमिसुधारलगायतका विषयमा अनुसन्धान गर्नु भएको छ ।
विषयसूची
- भूमिका - झ
- परिचयः नेपालमा जैविक विविधता तथा जनजीविकाको बहस - १
हरिप्रसाद ढुङ्गाना, शरद घिमिरे र जगन्नाथ अधिकारी
- खण्ड १ : जैविक विविधताको परिचय
- खण्ड २ : जैविक विविधताका सामाजिक आयाम
- खण्ड ३ : जैविक विविधताका कानुनी तथा संस्थागत पक्षहरू
- सात : नेपालमा जैविक विविधतासम्बन्धी कानुन - १४३
दिलराज खनाल
- आठ : जैविक विविधतासम्बन्धी अन्तराष्ट्रिय कानुन - १७१
नारायण बेल्बासे र दिलराज खनाल
- नौ : जैविक विविधता संरक्षणमा सुशासन - १९५
सविता थापा र ताराप्रसाद ज्ञवाली
- खण्ड ४ : जैविक विविधताको व्यावहारिक पक्ष : संरक्षण, व्यवस्थापन तथा उपयोग
- खण्ड ५ : जैविक विविधताका नयाँ चुनौती
- अठार : कृषिसम्बद्ध मौलिक ज्ञान, सीप र बौद्धिक सम्पत्तिअधिकार - ३३५
यमुना घले
- उन्नाइस : जलवायु परिवर्तनको प्रभावबाट जैविक विविधता जोगाउने चुनौती - ३५९
ङमिन्द्र दाहाल
- लेखक परिचय - ३८३