मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता

2021-10-11

नेपाली मिडियाबरे उठ्ने गरेका विषयहरु समेटेर विभिन्न क्षेत्रका पत्रकारहरुसँग लिएको प्रतिनिधिमूलक अन्तर्वार्ताहरूको सङ्कलन मिडिया संवाद बजारमा आएको छ । मार्टिन चौतारीका अनुसन्धानकर्ता शेखर पराजुलीले छापा, रेडियो, टेलिभिजन, क्षेत्रीय मिडिया र पत्रकारिता प्राध्यापनमा लागेका १५ जनासित अन्तर्वार्ता गरेका हुन् ।

एउटै विषयमा विभिन्न व्यक्तिका फरकफरक दृष्टिकोण छन् । जस्तोः स्तम्भकारका बारेमा समय साप्ताहिकका सम्पादक युवराज घिमिरे भन्छन्, "मैले केही स्तम्भकारहरुमा जमिनदारी मान्यता पाएको छु । उनीहरुको स्तम्भ र विचार जस्तोसुकै स्तर र अवस्थामा पनि निश्चित स्थानमा छापिनैपर्छ र त्यसमा सम्पादकीय सुझावसमेतको स्थान हुनुहुँदैन ।" कान्तिपुरका सम्पादक नारायण वाग्लेचाहिँ स्तम्भकार र लेखक धेरै नहुनुलाई नेपाली पत्रकारिताको समस्या ठान्छन् । भन्छन्, "औसत स्तम्भकार र लेखक निश्चित आग्रह, सीमा र सूचनाबाट डोरिन्छन् । रुचिपूर्ण, तर्कशील, कल्पनाशाली र अध्ययन अनुसन्धानकारी लेखब-स्तम्भकारको निकै अभाव छ ।"

युवराज र नारायण मात्र होइन, राजेन्द्र दाहाल, कनकमणि दीक्षित, रघु मैनाली, गोपाल गुरागाईं, बबिता बस्नेत, ओम शर्मा, विकास रौनियार, आरती चटौत, किशोरकुमार कार्की, चन्द्रकिशोर, रामकृष्ण रेग्मी, पी खरेल र विष्णु निष्ठुरीका पिन आआफ्ना अनुभव छन् । मिडियासम्बन्धी विभिन्न धारणाबारे बुझ्न खोज्ने र अनुसन्धानमा संलग्नहरुका लागि सङ्कलन उपयोगी छ । तर, ती अन्तर्वार्ताहरुको विश्लेषणात्मक आलेख तयार गर्न भने लेखकले अलि अल्छी गरेजस्तो लाग्छ ।


नेपाल, ५ फागुन २०६४, पृ.५४, वर्ष ८, अङ्क २६


About the Author

More Blogs