रेडियो पत्रकारिता पुस्तक सार्वजनिक

2021-10-18

पोखरा, माघ १७ गते / मार्टिन चौतारीद्वारा शोधपूर्ण रुपमा तयार पारिएको रेडियो पत्रकारिता एफएममा समाचार र संवाद नामक पुस्तकको सोमबार पोखरामा सार्वजनिक गरियो ।

मार्टिन चौतारीका प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारीद्वारा संयुक्त रुपमा सम्पादित उक्त शोधपूर्ण कृतिको समीक्षा पृथ्वीनारायण क्याम्पस समाजशास्त्र/मानवशास्त्र विभाग प्रमुख डा. विश्वकल्याण पराजुलीले गर्नुभएको थियो ।

रेडियो ब्रोडकास्टिङ नेपाल (वान) का अध्यक्ष शिवलाल मल्लको सभापतित्वमा भएको उक्त सार्वजनिक कार्यक्रममा शोध कृतिका सम्पादक शेखर पराजुलीले कृतिको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अन्नपूर्ण एफएमका दीपेन्द्र श्रेष्ठ, हिमचुलीका अनुराग अधिकारी, पत्रकार माधव शर्माले एफएम र रेडियो पत्रकारिताबारे आ-आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम रमेश पराजुलीले गर्नुभएको थियो ।

स्रोतः पोखरा हटलाइन, १८ माघ २०६२, पृ. १


About the Author

More Blogs