रेडियो नेर्टवर्कको इतिवृत्तान्त

2021-10-08

नेपालमा एफएम रेडियोको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । एफएम रेडियोको स्थापनामा सुरुदेखि नै एक किसिमको उत्साह छँदै थियो । २०६२/६३ को जनआन्दोलनपछि लहर नै आयो । सूचना तथा सञ्चार मन्त्रालयले २०६५ अन्तसम्ममा तीन सयभन्दा बढी एफएम रेडियोलाई प्रंसारणका लागि इजाजत पत्र दिइसकेको छ । ती मध्ये १७२ ओटाले नियमित प्रसारण थालिसकेका छन् । एफएम रेडियोको यो सङ्ख्यात्मक विस्तारले यस माध्यमप्रति नेपाली को आकर्षालार्य उजागर गरेको छ । साथै, स्वतन्त्र रूपले सूचनाको प्रवाहमा एफएम रेडियोले खेल्दै आएको भूमिकाका कारण यिनको लोकप्रियता पनि नेपाली समाजमा बढ्दैछ ।

एफएम रेडियोको लोकप्रियता र यसतर्फो आकर्षासँगै समाजका विभिन्न तह र तप्कामा यसको प्रभावकारिता, यसको भविष्य र यसले सम्प्रेषण गर्ने विषयवस्तुलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी र बहस हुनेक गरेका छन् । यस क्रममा पछिल्लो समयमा बहसको विषय भएको छ । एफएम रेडियोमा नेटवर्किङ ।

रेडियो नेर्टवर्कमा एउटा रेडियो वा उत्पादन गृहले एक ठाउँमा उत्पादन गरेका कार्यक्रम विभिन्न स्टेसनलाई वितरण गरिन्छ । यसको उद्देश्य एउटै सामग्रीलाई विभिन्न रेडियोका माध्यमबाट प्रसारण गर्नु हो । काठमाडौँबाट सञ्चालित उज्यालो ९० नेर्टवर्क, नेपाल एफएम नेर्टवर्क, सञ्चालन तयारीमा रहेको मिर्मिरे एफएम नेर्टवर्क, सामुदायिक रेडियो साझेदार संयन्त्र र विभिन्न कार्यक्रम उत्पादनकका नेर्टवर्क यसका उदाहरण हुन् ।

केन्द्र वा राजधानीबाट उत्पादित कार्यक्रमको चाप स्थानीय एफएम रेडियोहरूमा बढेसँगै नेटवर्किङको आवश्यकता र यसका सकारात्मक वा नकारात्मक पक्षबारे बहस हुन थालेको हो । केहीले अहिले नेपालमा भइरहेको रेडियोमा नेटवर्किङको अभ्यासको आलोचनात्मक विश्लेषण गरेका छन् । अहिलेको अभ्यासले स्थानीय रेडियोको पहिचानलाई नै सङ्कटमा पारेको, परम्परागत केन्द्रिकृत सामन्ती राज्य प्रणालीकै अवधारणालाई बस पुर्‍याएको र केन्द्रबाट मोफसलतर्फसूचनाको एकतर्फी प्रवाहलाई नै जोड दिएको भन्ने तिनको तर्क छ । नेटवर्किङबारेको बहसमा दोस्रो धारले यसको अपरिहार्यतामा जोड दिएको छ । उनीहरूले यस्ता कार्यक्रम समुदायका लागि पनि आवश्यक भएको तर्क गरेका छन् । उनीहरूका विचारमा यस्ता कार्यक्रमले राष्ट्रिय महत्व र बहसमा आएका विषयवस्तुबारेमा आफ्ना श्रोताहरूलाई जानकारी दिएका छन् । दूर दराजमा अािर्थक, प्राविधिक तथा जनशक्ति जस्ता स्रोत साधनको अभावमा सञ्चालित रेडियोहरू एक्लै केन्द्रमा थप्रिएका स्रोतलाई आफ्नो पक्षमा उपयोग गर्न सक्षम छैनन् । नेर्टवर्कको निर्माणले मात्र त्यस्ता स्रोतहरूसम्म स्थानीय रेडियोको पहुँच पुग्न सक्छ भन्ने उनीहरूको विश्वास छ ।

यिनै परिप्रेक्ष्यमा भर्खरै मार्टिन चौतारीले रेडियोको नेटवर्किङबारे पुस्तक रेडियो नेर्टवर्क ः अभ्यास अर्न्तर्वस्तु र स्थानीय प्रभाव प्रकाशन गरेको छ । तीनजना अनुसन्धानकर्ता देवराज हुमागाईं, कोमल भट्ट र हर्षान महर्जनको लेखनमा रहेको यो पुस्तक मुख्यतः एफएम रेडियोको नेटवर्किङको अभ्यासमा संलग्न र असंलग्न दुवै पक्षसँग गरिएको विस्तृत कुराकानीमा आधारित छ । यो पुस्तकलाई चार अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायले नेपालमा एफएम रेडियोको नेटवर्किङ सुरु भएको प्रसङ्ग र त्यसको विकासलाई समेटेको छ । दोस्रो र तेस्रो अध्यायमा रेडियोको नेटवर्किङ मार्फ प्रवाह भइरहेका सामग्रीका बारेमा जानकारी दिइएको छ । चौथो अध्याय काठमाडौँ बाहिरका एफएम रेडियोको अवस्था र तिनमा नेटवर्किङले पारेको प्रभावमाथि केन्द्रित छ । यो पुस्तकले मुख्यतया चार कुरालाई उठाएको छ । यिनमा १) केन्द्रिकृत राज्य संरचना र स्थानीय क्षेत्रमा यसको प्रभाव, २) अस्पष्ट रेडियो नीति, प्रतिस्पर्धात्मक अवस्था र स्थायित्वका लागि विकल्पको खोजी ३) दाता तथा उत्पादन गृहको गतिविधि र तिनको प्रभाव र, ४) स्थानीय पहचानको चिन्ता र सहकार्यको आवश्यकतालाई केन्द्रमा राखेर यिनै प्रश्नको उत्तर खोजिएको छ ।

आर्थिक तथा राजनीतिक गतिविधि तथा स्रोत साधन काठमाडौँमा केन्द्रित भएकाले मोफसल धेरै किसिमले काठमाडौँमा निर्भर छ । राष्ट्रिय चासो र महत्वका सामग्रीको बढ्दो माग पूरा गर्न स्थानीय एफएम रेडियो त्यति सक्षम छैनन् । यसले गर्दा आफ्नो लगानीविना नै वा कम लगानीमा यस्ता विषयवस्तु उपलब्ध हुनसक्ने विकल्प वा संयन्त्रको रूपमा नेर्टवर्कलाई एफएम रेडियोहरूले लिएका छन् । अर्कातिर नेर्टवर्कमार्फ स्थानीय रेडियोले थोरै भए पनि आर्थिक तथा प्राविधिक सहयोग र जनशक्तिको दक्षता अभिवृद्धि लगायतका फाइदा पाएका छन् । विदेशी दातृ निकायमा नभई स्वदेशी सरकारी वा गैरसरकारी संस्था र राष्ट्रिय स्तरका व्यापारिक गृहहरूले पनि यस्ता नेर्टवर्क रोज्न थालेका छन् ।

नेर्टवर्कको प्रभाव बढ्नुमा कार्यक्रम उत्पादन गृहका गतिविधि पनि निकै महत्वपूर्ण छन् । काठमाडौँमा केन्द्रित यस्ता गृहहरू आफूलाई स्तरीय र राम्रा फर्म्याटका कार्यक्रम उत्पादनका लागि स्थापित गराइसकेका छन् । कार्यक्रम प्रसारण गरे वापत आफ्नो सञ्जालभित्रका स्थानीय रेडियोलाई केही मात्रामा भए पनि प्रसारण शुल्क तिर्नै गरेका छन् । कतिपय अवस्थामा कार्यक्रम उत्पादनमा पनि सहकार्य गर्दै आएका छन् । साथै कार्यक्रम उत्पादनका लागि आर्थिक स्रोत, क्षमता अभिवृद्धिका लागि तालिम र उपकरण पनि जुटाइदिएका छन् । यसले गर्दा पनि रेडियोहरू नेर्टवर्कप्रति आकषिर्त हुनेक्रम बढदो छ । अहिले नेर्टवर्कको पक्षमा बोल्ने वा यसको आलोचना गर्ने दुवै थरीले गरेको तर्कको साझा निष्कर्षस्थानीय रेडियो र समुदायमा काठमाडौँप्रति चासो छ भन्ने नै हो । साथै, राष्ट्रियस्तरका गतिविधि तथा मुद्दाहरू पनि स्थानीय रेडियो एक्लै सक्षम छैनन् भन्ने पनि स्वीकार गरिएको छ । फरक यत्ति छ कि नेर्टवर्कको अहिलेको अभ्यासलाई र्समर्थन गर्नहरूले यसैबाट रेडियो र समुदायको हित देखेका छन् भने यो अभ्यासका आलोचकहरू विरोध गर्दागर्दै पनि फरक प्रक्रिया सहितको सुधारिएको नेर्टवर्कको वकालत गरिरहेका छन् । किनभने राज्य केन्द्रिकृत छ, पैसा, पावर र प्रविधि पनि यहीँ थुप्रिएको छ ।

द रिपब्लिक मासिक जेठ २०६६ वर्ष१ अंक ५


About the Author

More Blogs