मार्टिन चौतारीको नयाँ पुस्तक

2021-10-08

विगत नौ वर्षदेखि नेपाली मिडियाबारे अनुसन्धान गर्दै आएको र त्यसैको उपजस्वरूप नेपाली मिडिया सम्बन्धमा २५ वटा पुस्तक प्रकाशन गरिसकेको संस्था मार्टिन चौतारीले आफ्नो पछिल्लो प्रकाशन बजारमा ल्याएको छ । रेडियो नेटवर्क: अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभाव नाम दिइएको दुर्इ सय पृष्ठको सो पुस्तक नेपाली एफएम रेडियोमा भइरहेको नेटवर्किङ अभ्यासबारेको बहसमा केन्द्रित छ । बहसका भिन्न धारहरूको चर्चा-परिचय खण्डमा गरिएको छ भने पहिलो अध्यायमा एफएम रेडियोमा नेटवर्किङको विकास या विस्तार क्रमलार्इ केलाइएको छ । पुस्तकको दास्रो र तेस्रो अध्यायले नेटवर्किङअन्तर्गत प्रसारण भइरहेका सामग्री या कार्यक्रमका अन्तर्वस्तु खोतल्छन्‍ । राष्ट्रिय चासोका यावत्‍ मुद्दाबारे कार्यक्रम तथा समाचार बनार्इ तिनलार्इ मोफसलका श्रोतामाझ पुर्‍याउन नेटवर्किङको भूमिका रहेको यी दुर्इ अध्यायले देखाउँछन्‍ ।

काठमाडौँबाहिरका एफएम रेडियोको अवस्था र तिनमा नेटवर्किङले पारेको प्रभावको लेखाजोखा पुस्तकको चौथो अध्यायमा गरिएको छ । छोटा समयमा बग्रेल्ती रेडियो खुलेकाले तीव्र स्पर्धा त छ नै, दक्ष जनशक्तिको अभाव पनि उत्तकिै छ । यस्तो परिस्थितिमा नेटवर्किङका कार्यक्रमले एफएम रेडियोहरूलार्इ केही राहत मिलेको भए पनि यसले परनिर्भरता बढाएको छ । र, स्थानीय मुद्दा कम प्राथमिकतामा पर्ने देखाएको छ । देवराज हुमागार्इं, कोमल भट्ट र हर्षमान महर्जनद्वारा लिखित एक समय पचास रुपियाँ मूल्य रहेको यो पुस्तक मिडिया अध्येता र स्वतन्त्र रेडियोप्रति चासो राख्ने सबैका लागि उपयोगी हुने देखिन्छ ।

 
घटना र विचार, ६ जेठ २०६६ (20 May 2009), पृ ५


About the Author

More Blogs