मिडियासम्बन्धी पुस्तक प्रकाशन बढ्यो
2021-10-11काठमाडौँ, भदौ २८ गते । विगत केही वर्षयता मिडियासम्बन्धी पुस्तकको प्रकाशनमा वृद्धि हुँदैआएको पाइएको छ । विभिन्न प्रकाशन संस्थाहरुका अतिरिक्त गैरसरकारी संस्थाहरुको पनि यस्तो प्रकाशनमा महत्त्वपूर्ण संलग्नता देखिएको छ ।
यसैबीच मिडियालगायत विभिन्न विषयमा अनुसन्धान गरी पुस्तक प्रकाशन गर्दै आएको संस्था मार्टिन चौतारीद्वारा प्रकाशित 'शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा' शीर्षक पुस्तक बिहीबार यहाँ सार्वजनिक गरियो । पत्रकार विनोद ढुङ्गेलद्वारा लिखित सो पुस्तकमा दमन, दमनको असर, प्रतिरोध, समर्थन स्वतन्त्रताको पक्षमा र शाही सत्ताले सिकाएको पाठ गरी पाँच अध्याय र केही अनुसूचीका माध्यमबाट तत्कालीन स्थिति र अवस्थाको विश्लेषण र व्याख्या गरिएको छ ।
चौतारीले प्रकाशित गरेका पुस्तकमध्ये मिडियासम्बन्धी १९ वटा रहेका छन् । कार्यक्रममा सोसल साइन्स बहाःका हरि शर्मा र नेपाल पत्रकार महासंघका उपसभापति शिव गाउँलेले पुस्तकबारे आआफ्ना धारणा राख्नुभएको थियो ।
स्रोतः अन्नपूर्ण पोष्ट, २९ भदौ २०६४, पृ. ३