मिडिया कर्म

2021-10-07

मार्टिन चौतारीले मिडिया अध्ययनको सातौं श्रृंखला प्रकाशन गरेको छ । पुस्तकमा हरिबहादुर थापाको 'भ्रष्टचारविरुद्ध छापा रिपोर्टिङ', रमेश राईको 'मदन भण्डारी छवि निर्माणमा प्रकाशनको भूमिका', अच्युत अर्यालको 'नेपाली छापामा तिब्बती शरणार्थीको कभरेज' र सीता भट्टराईको 'विश्वविद्यालयको सामुदायिकीकरणः छापाका विषयको विश्लेषण' शीर्षकमा लेख पठनीय छन् । क्षेत्रीय मिडियाअन्तर्गत राखिएका सामग्रीले पनि पाठकलाई सूचना दिने काम गर्छ । पत्रकार विनोद ढुंगेलले 'पत्रकार महासंघको संस्थागत विकासका लागि वैकल्पिक अवधारणा' र कुमार पाण्डेको 'पूर्वऊर्जामन्त्री गोकर्ण विष्टको कामकारे मिडिया रिपोर्टिङः भ्रम र यथार्थ' थप पढ्नलायक विषय हुन् । नियमित पुस्तक समीक्षाका साथै कार्टुनिष्ट वात्स्यायनको 'मेरो कार्टुनकर्मको रेखांकन' ले गम्भीर पाठक खोज्छ ।

चौतारीले ०६३ सालदेखि प्रकाशन गर्दै आएको मिडिया अध्ययनले सञ्चारमाध्यममा आएका विषयलाई विवेचना गर्दै आएको छ; जुन प्रशंसनीय छ । तर, पुस्तकमा छापिएका अनुसन्धानात्मक कुराले पत्रकारिता र पाठकलाई भने कस्तो सहयोग पुर्¬याइरहेको छ, त्यो थप अध्ययनकै विषय हुनसक्छ ।

अन्नपूर्ण पाष्ट (फुर्सद), २ भदौ २०६९, पृ. २


About the Author

More Blogs