नेपालीय हुनलाई...

2021-10-07

राजनीतिक विश्लेषक सीके लालको 'नेपालीय हुनलाई...' नामक सोचपत्र बजारमा आएको छ । मार्टिन चौतारीका लागि रमेश पराजुलीले सम्पादन गरेको पुस्तकमा २२ स्वनामधन्य व्यक्तित्वहरुका टिप्पणी पनि समावेश गरिएको छ ।

नयाँ नेपालको कुरा चर्चामा रहेको बेला नेपाली राष्ट्रयताका बारेमा बजारमा चलेको बहसलाई गर्म्याउने एउटा कोणको प्रतिनिधि विचार हुन सक्छ, सीके लालको सोच । यो उनको व्यक्तिगत सोच हो,  त्यसैले यसको पक्ष र विषक्ष दुवैतिर मत हुनु स्वभाविक हुन्छ । अखबारी लेखनमा समेत यिनै विचारलाई उठाउँदै आएका लाल नल पोइन्टमा छैनन् । तर, गहन विषयलाई रोचक शैलीमा लेखिएकोले यो सोच यताउता दुवैतिरकाले पढ्दा हुन्छ । सारमा, लालको यो सोच भोल्तेयर डक्ट्रिनको कोणबाट हेर्दा उपयुक्त होला । छपाइ, साजसज्जा र आकार सबै दृष्टिले सय रुपैयाँ मोल मज्जाले सदिन्छ, 'नेपाली हुनलाई...' बाट ।

अन्नपूर्ण पोष्ट (फूर्सद), २८ फागुन २०६७, पृ. २


About the Author

More Blogs