Looking at Development and Donors
2021-10-07हालै प्रकाशित पुस्तक 'डेभलपमेन्ट एन्ड डोनर्सः एस्सेज फ्रम नेपाल' मा लेखक डा. देवेन्द्र पाण्डेले नेपालको विगत ६० वर्षे विकासप्रयास, विकास राजनीति र दाता या सहयोगको अर्थराजनीतिमाथिको गहन चिरफार गरेका छन् । ३० वर्षको समयमा लेखिएका निबन्धहरुको यो संकलनमा नेपालका विभिन्न समयका, विभिन्न विचारधाराका शासकहरुको विकास अवधारणा, विकास साझेदारहरुका दृष्टिकोण, सहयोग या ऋणको विकासमा रहेका प्रभाव तथा नेपालको नोकरशाहीको भूमिकासमेतबारे उनको चिन्तन समावेश भएको छ । नेपालले खासगरी सन् १९८० को दशकमा सुरु गरेको संरचनात्मक समायोजन कार्यक्रमपछि आजसम्म भएका विभिन्न आर्थिक कार्यसूचीमाथिका बहसमा पाण्डेले सक्रियतापूर्वक भाग लिएका छन् ।
मूल्याङ्कन, साउन २०६८, पृ. ४९, वर्ष २९, पूर्णाङ्क १९५







