पत्रकारितामा दलित तथा जनजातिको सहभागिता न्यून
2021-10-19नेपाली पत्रकरितामा उल्लेखनीय सुधार भएको बताइए पनि दलित तथा जनजातिहरुको सहभागिता निराशाजनक नै देखिएको छ ।
- जनार्दन पोख्रेल
नेपाली पत्रकरितामा उल्लेखनीय सुधार भएको बताइए पनि दलित तथा जनजातिहरुको सहभागिता निराशाजनक नै देखिएको छ । गत वर्ष सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरेको ''नेपाली मिडियामा दलित तथा जनजाति'' विषयक सर्वेक्षणले उक्त कुरा प्रष्ट पारेको छ ।
काठमाडौँ उपत्यका लगायत अधिराज्यभरिका प्रमुख २४ शहरहरुमा केन्द्रले गरेको अनुसन्धानको आधारमा तयार गरी हालै सार्वजनिक 'नेपाली मिडियामा दलित तथा जनजाति' नामक पुस्तकमा सिङ्गो पत्रिका प्रकाशन समूहलाई सम्पादक समूह, गरी तीन भागमा बाँडेर सर्वेक्षण गरिएको उल्लेख छ । सम्पादकमण्डल, संवाददाता र लेआउटतर्फका मानिसहरुको समूहलाई समेत सम्पादन समूहभित्र राखी उपत्यका बाहिर सर्वेक्षण गरिएको ७३ वटा प्रकाशनका नौ सय ५६ सम्पादक समूहमध्ये एकसय ६४ जना (१७ दशमलब १५ प्रतिशत) जनजातिभित्र पर्दछन, तर तिनमा ५७ जना नेवार जातिका छन् । सम्पादक समूहमा दलित सहभागिता १७ जनाको मात्र छ । जुन संख्या प्रतिशतको आधारमा एक दशमलब ७८ हो ५१ जना महिला सहभागिता रहेको सो समूहमा दलित महिलाको भने उपस्थिति नै छैन ।
उपत्यकाभित्रबाट प्रकाशित हुने ४१ वटा प्रकाशनमा गरिएको सर्वेक्षणमा सम्पादक समूहभित्र भएको छ सय ९३ जनामध्ये एक सय ४९ जना जनजाति छन् । त्यसमा पनि नेवार जातिको संख्या ९३ छ । दलितको संख्या ११ रहेको यस समूहमा मधेसी दलितको संख्या सुन्य छ । त्यसमध्ये ३१ जना महिलाहरुको सहभागिता रहेको भए पनि दलित महिलाको संख्या सुन्य छ । १७ वटा प्रकाशनमा जनजाति सम्पादक छन् जसमा महिला आठ जना छन् ।
प्रकाशनमा रहेर नियमित स्तम्भकारको रुपमा काम गर्ने व्यक्तिलाई स्तम्भकार समूहमा राखी तयार गरिएको सो तथ्यांकमा उपत्यका बाहिर ७३ वटा प्रकाशनमा संलग्न २ सय ९८ जना स्तम्भकारहरुमा दलित स्तम्भकारको उपस्थिति देखिदैन । तर जनजातिको संख्या भने २५ रहेको छ । जून प्रतिशतको आधारमा ८ दशमलब ३८ प्रतिशत हो उपत्यकाभित्रबाट प्रकाशित हुने ४१ वटा प्रकाशनमा संलग्न दुईसय ४८ जना स्तम्भकारमध्ये ६४ जना (२५ दशमलब ८० प्रतिशत) जनजाति रहेका छन् । त्यसमा पनि नेवार जातिकै बाहुल्यता छ, गैरनेवार जनजाति मात्र २० जना छन् । दलितबाट ६ जना स्तम्भकार रहेको यस समूहमा 'जनउत्थान' नामक दलित पत्रिकालाई छोड्दार दलितबाट एक जना मत्रा स्तम्भकार हुन आउँछ । त्यैसगरी महिला स्तम्भकारको संख्या १५ रहेको यस समूहमा जनजातिबाट ७ जना छन् त्यसमा पनि ६ जना नेवार जातिकै छन् । 'जनउत्थान' लाई छाडेर हेर्दा दलित स्तम्भकार भएको कुनै पनि प्रकाशन छैन ।
वितरण प्रमुख बजार प्रमुख निर्देशक प्रबन्ध निर्देशक र अध्यक्ष गरी पाँच पदमा काम गर्ने व्यक्तिलाई प्रकाशकीय समूहमा राखिएको छ । उपत्यका बाहिरका अधिकांश प्रकाशनहरु व्यक्तिगत प्रयासमा संचालित भएको तथ्यांकमा देखाइएको छ । ७३ वटा प्रकाशनमा जम्मा २५ जना मात्र जनजाति प्रकाशकीय समूहमा कार्यरत छन्, जसमा दलितको संख्या मात्र एक जनाको छ । उपत्यकाभित्र ४१ वटा प्रकाशनमा पनि धेरैजसो प्रकाशनहरुमा प्रकाशक स्वय नै वितरक, बजारप्रमुख, व्यवस्थापन र निर्देशकको काम गरेको तथ्यांकले देखाएको छ । उपत्यकाभित्रबाट प्रकाशित हुने ४१ वटा प्रकाशनमा २१ जना जनजातिको तर्फबाट आबद्ध छन् । त्यसमा पनि १४ जना नेवार जातिका नै छन् । बाँकी ७ जना मात्र गैरनेवार जनजातिका छन् । तर 'जनउत्थान' दलित पत्रिकालाई छोड्ने् हो भने कुनै प्रकाशनले पनि प्रकाशीय समूहमा दलित जातिबाट सहभागिता गराइएको देखिदैन । चार जना महिलाको प्रकाशकीय समूहमा सहभागिता भए पनि दलित-जनजाति दुवै महिलाको यस समूहमा प्रतिनिधित्व शुन्य छ ।
सर्वेक्षणको समग्र निष्कर्षमा भनिएको छ 'दलित जनजाति प्रकाशन भनेर किटान गरिएका प्रकाशन बाहेक तथ्यांक संकलन गरिएका जम्मा १ सय ४ प्रकाशन संस्थानमा सम्पादक समूह स्तम्भकार समूह र प्रकाशकीय समूहमा गरी कूल २२ सय ५७ जना कार्यरत छन् । जसमा दलित र जनजातिहरुको संख्या क्रमश: २७ र ३३८ रहेको छ । उपनामका कारण जात छुट्याूउन नसकिएका व्यक्तिहरु ४८ जना छन् । सर्वेक्षणअनुसार नेपालका पत्रकारहरुको जातिगत स्थितिमा बाहुन र क्षेत्री अत्यधिक छन् । प्रतिशतको आधारमा बाहुन, क्षेत्री ७९ दशमलब ५७ प्रतिशत, जनजाति १४ दशमलब १९ प्रतिशत, अन्य पिछाडिएका जातिहरु कलवार, कुर्मी, सोनार, साह, मुसलमान आदिबाट २ दशमलब १ प्रतिशत र जात थाहा हुन नसकेकाहरुबाट २ दशमलब १ प्रतिशत छन् ।
प्रकाशन समूह बाहेक राष्ट्रिय समाचार समिति, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल वातारवरण पत्रकार समूह, सचारिका समूह रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल प्रेस इन्स्टिच्यूट, मिडिया प्वाइन्ट तथा पत्रकारितासँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघसंस्था र पत्रकार प्रशिक्षण इन्स्टिच्यूटहरुमा सर्वेक्षण गरेको थियो । ती संस्थाहरुमा जनजातिहरुको सहभागिता राम्रै भए पनि दलितहरुको सहभागिता भने देखिदैन । पत्रकारितामा दलित तथा जनजातिहरुको उपस्थिति बढाउन वैकल्पिक प्रकाशन, प्रशिक्षण आरक्षण आदि जस्ता विषयहरुमा ध्यान दिनु पर्ने निप्कर्प सर्वेक्षणले औँल्याएको छ ।
केन्द्रका शेखर पराजुली, भास्कर गौतम र देवराज हुमागाईंले सर्वेक्षण गर्नुभएको पुस्तकको सम्पादन केन्द्रका संयोजक प्रत्यूष वन्त र शेखर पराजुलीले गर्नुभएको हो पुस्तकको प्रकाशन एकता बुक्सले गरेको हो ।
स्रोतः जनएकता पुष २, २०५८ पृ ४