आजको नेपाली पत्रकारिता

2021-10-11

नेपाली मिडियाको गुणात्मक सुधारका निम्ति बहस चलाउने अभिप्रायका साथ तयार पारिएको पुस्तकमा पत्रकारिताका अतिरिक्त यसको पेशागत विकास अभियान र शिक्षण प्रशिक्षणमा संलग्न १५ जनाको लिखित अन्तरवार्ता समेटिएको छ । किताबको परिचय खण्डमा नेपाली मिडियाका केही अभ्यास र प्रवृत्ति शीर्षकमा चौतारीका मिडिया अनुसन्धानकर्ता पराजुलीले नेपाली मिडियाको वर्तमान अवस्थाका सम्बन्धमा विस्तारपूर्वक चर्चा गरेका छन् । त्यसक्रममा काठमाडौंकेन्द्रित प्रवृत्ति, सरकारी वा व्यापारिक स्वामित्व, पत्रकारको कम योग्यता अनि लैङ्गिक र जातीय प्रतिनिधित्वको अभावलाई नेपाली मिडियाका कमजोर पक्षका रूपमा प्रस्तुत गरिएको छ ।

हिमाल खबरपत्रिका, १६-३० फागुन २०६४, पृ.५२, वर्ष १७, अङ्क २२


About the Author

More Blogs