चौतारी पुस्तक श्रृंखला ४
प्रजातन्त्र पुनःस्थापनापछि देशमा आएको खुला वातावरणले गर्दा राजधानी काठमाडौं सँगैसँगै देशको अन्य क्षेत्रको मिडियामा परिवर्तन भएको छ । तर काठमाडौँ उपत्यकाबाहिर भएका ती परिवर्तन के र कस्ता छन् भन्नेबार अहिलेसम्म खासै अध्ययन भएको थिएन । क्षेत्रीय मिडियाको विकास र विस्तारलाई एकै ठाउँमा राखेर गरिएको साङ्गोपाङ्गो अध्ययनको प्रतिफल हो - । यस पुस्तकमा क्षेत्रीय मिडियाको अवस्थितिबारे अध्ययन र विश्लेषण सहितका दुईथरी लेखहरू छन् । पहिलोमा नेपालको विभिन्न भागमा उत्पादित मिडियाको विगतबारे सञ्चारकर्मीहरूले लेखेका लेखहरु पर्छन् भने दोस्रोमा वर्तमान अवस्थाको चर्चा गर्ने अनुसन्धनात्मक लेखहरू पर्छन् ।
दोस्रो खाले लेखहरूमा मिडियाको क्षमता निर्धारण गर्ने केही महत्वपूर्ण सवालहरूबारे चर्चा गरिएको छ । क्षेत्रीय मिडियामा भएका लगानीको ' स्केल' र प्रकार; त्यस्तो लगानी गर्ने संस्था वा व्यक्तिको प्रकृति; प्रेस र रेडियोको उत्पादन क्षमता; वितरण र प्रसारणको काइदा/ व्यवस्था; विज्ञापनको बजार आदि पक्षहरू समेटिएका छन् । त्यस्तै सम्बन्धित क्षेत्रीय मिडियाको क्षमता अभिवृद्धिका लागि कार्यरत शैक्षिक संस्था, तालिम प्रदायक संस्था, स्रोत केन्द्र, पत्रकारका संस्थाहरूको भूमिकाबारे पनि चर्चा गरिएको छ । क्षेत्रीय मिडियामा खोज पत्रकारिताको प्रयास, स्तर र प्रभावकारिताको के कस्तो छ - मिडियाले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी र प्रजातान्त्रिक बनाउन के गरिरहेको छ - क्षेत्रीय मिडियाले नेपाली समाजलाई अझ बढी प्रजातन्त्रीकरण गर्ने दिशामा कत्तिको स्वतन्त्र र प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ - यिनै प्रश्नहरूको जवाफ यो पुस्तकले दिन्छ ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया र दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धनात्मक लेखहरु प्रकाशित गर्नु भएको छ । उहाँको सह-सम्पादनमा छापामा दलित (२०५६), नेपाली मिडियामा दलित तथा जनजाति (२०५८) एवम् मिडियाको अन्तरवस्तुः विविध विश्लेशण (२०५९) पुस्तकहरु प्रकाशित छन् ।
पुस्तकमा के छ