नेपालीय हुनलाई…

2021-10-07

राष्ट्रियता के हो ? नेपाली राष्ट्रियता के हो ?

लेखकले पुस्तकमा राष्ट्रियता स्थिर कुरा हैन भनेका छन् । जस्तो, सन् १९४० मा जन्मेको कुनै मानिस जन्मँदा ब्रिटिस इन्डियाको नागरिक थियो । अगस्ट १९४७ पछि पाकिस्तान बन्यो, ऊ पाकिस्तानी नागरिक भयो । सन् १९७१ पछि बंगलादेश निर्माण भये, ऊ फेरी बंगलादेशी नागरिक भयो ।

उसको राष्ट्रियता अब के त ? त्यस्तै, सन् १९७५ मा सिक्किम भारतमा विलय भएपछि सिक्किमेलीहरु भारतीय भए ।

यसरी पुस्तकमा राष्ट्रियता समयले परिवर्तन गर्ने कुरा भएको दर्शाइएको छ ।

लेखकको राष्ट्रियताबारे सोचपत्रमाथि विभिन्न २२ व्यक्तिहरुको टिप्पणी पनि पुस्तकमा समावेश गरिएको छ ।

नागरिक (अक्षर), २४ वैशाख २०६८, पृ. ग


About the Author

More Blogs