टेलिभिजन पढ्ने होइन
2021-10-10- शब्दश्री
गीत सुनिन्छ । गीतको उपभोक्ता विगतमा यस्तै सोच्थे । तर, जब टेलिभिजनले व्यापकता पाउन थाल्यो, तब म्युजिक भिडियोले व्यापकता पाउन थाल्यो । त्यसपछि त गीत हेरिन पो थालियो । तर, यहाँ त्यसको ठीक विपरीत अवस्था सिर्जना भएको छ ।
तपाईँ टेलिभिजन हेर्नु हुन्छ । होइन त - तर, बजारमा मार्टिन चौतारीले यस्तो पुस्तक र्सार्वजनिक गरेको छ, जस्मार्फत तपाई टेलिभिजन पढ्न सक्नुहुन्छ । टलिभिजनको पर्दाभित्रको अदृश्य अवस्थाको गति, संगति र विसंगति पढ्न सक्नुहुन्छ । दीपा गौतम र शेखर पराजुलीको सम्पादनमा प्रकाशित नेपाली टेलिभिजन अभ्यास, अनुभूति र विश्लेषण नामक यो कृति पढ्दा टेलिभिजनका रोचक दृश्य हेरेभन्दा पनि बढी मजा आउँछ ।
टलिभिजनको पर्दामा देखिने दृश्य त सबैले देख्ने नै भए । तर, त्यसभित्रका कथा, व्याथा र प्रथारू आमजानकारी भन्दा परकै कुरा हो । त्यस्तै विषयलाई पुस्तकले चिरफार गरेको छ । पुस्तकमा नेपाली टेलिभिजनको संस्कृति, नेपाल टेलिभिजनको विगत र वर्तमान, टेलिभिजनको समाचार, निजी च्यानलका समाचार, टेलिभिजनमा खेलकुद, टलिफिल्म, वृत्तचित्रलगायतका विषय समेटिएको छ ।
पुस्तक टेलिभिजनकर्मीहरूका लागि त आफ्नै कथाव्याथा समेटिएको साथी नै हुनेछ, आमटेलिभिजन दर्शकका लागि पनि रोचक हुनेमा शंका छैन ।
राजधानी२०६५चैत१९, पृ६