मिडिया पु्स्तक सार्वजनिक

2021-10-11

काठमाडौँ, भदौ २८ गते । विगत केही वर्षयता मिडियासम्बन्धी पुस्तकको प्रकाशनमा वृद्धि हुँदैआएको पाइएको छ । विभिन्न प्रकाशन संस्थाहरुका अतिरिक्त गैरसरकारी संस्थाहरुको पनि यस्तो प्रकाशनमा महत्त्वपूर्ण संलग्नता देखिएको छ ।

यसैबीच मिडियालगायत विभिन्न विषयमा अनुसन्धान गरी पुस्तक प्रकाशन गर्दै आएको संस्था मार्टिन चौतारीद्वारा प्रकाशित 'शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा' शीर्षक पुस्तक बिहीबार यहाँ सार्वजनिक गरियो ।

पत्रकार विनोद ढुङ्गेलद्वारा लिखित सो पुस्तकमा दमन, दमनको असर, प्रतिरोध, समर्थन स्वतन्त्रताको पक्षमा र शाही सत्ताले सिकाएको पाठ गरी पाँच अध्याय र केही अनुसूचीका माध्यमबाट तत्कालीन स्थिति र अवस्थाको विश्लेषण र व्याख्या गरिएको छ । मार्टिन चौतारीले प्रकाशन गरेको यो ३४ औँ पुस्तक हो । चौतारीले प्रकाशित गरेक पुस्तकमध्ये मिडियासम्बन्धि १९ वटा गरेका छन् ।

स्रोतः गोरखापत्र, २९ भदौ २०६४, पृ. १०


About the Author

More Blogs