मूल्याङ्कन
2021-10-07सीके लाल चर्चित स्तम्भकार हुन् । निकै पढिने उनी अखबारी लेखनबाहेक यदाकदा गम्भीर बहसमा पनि सामेल हुने गरेका छन् । यस्तै गम्भीर विषयमा मार्टिन चौतारीले उनलाई उतारेको छ । चौतारीले नेपाली राष्ट्रियतामाथि सीकै लालको कार्यपत्रमार्फत केही चरणमा बहस गराएको थियो । त्यही बहसलाई समेटेर हालै प्रकाशन गरिएको पुस्तक हो 'नेपालीय हुनलाई...' । नेपाली राष्ट्रयतालाई पुनर्परिभाषा गर्नुपर्ने अनिवार्यतालाई यसले केही हदसम्म पूर्ति गरेको छ । यसमा समावेश स्वनामधन्य लेखकहरुको टिप्पणीले पुस्तकलाई गहकिलो बनाएको छ । राष्ट्रियतासम्बन्धी बहसको यो एउटा सामयिक सन्दर्भग्रन्थ हो ।
मूल्याङ्कन, चैत २०६६, पृ. ५१