राजाको शासनमा रेडियोको सजिव चित्र

2021-10-11

- विवेक विष्ट
२०६१ माघ १९ गने अचानक राजा ज्ञानेन्द्रले तात्कालीन देउवा सरकारलार्इ उखेलेर फ्याँकी सुरु गरेको सञ्चार-दमनको शृंखलाले विश्वभरि नै ठूलो चर्चा पायो । राजाको दमनसँगसँगै सञ्चारकर्मीहरूको प्रतिरोध पन कम चर्चाको विषय बनेन । टेलिफोन मोबाइल फोनसम्म बन्द गरी सारा स्वतन्त्र सञ्चारमाध्यमहरूको कार्यकक्षमा नै सेनाको टुकडी नै पठाएर चेक जाँच गर्ने र मानसिक डर-त्रास दिने काम राजाले गरेका थिए । इन्टरनेट, इमेलको सञ्चार पनि अवरुद्ध भएपछि देशमात्र हैन, विदेशसँग पनि नेपालीहरू पूरै कट्न बाध्य भएका थिए ।

यस स्थितिमा प्रतिरोधका लागि सञ्चारकर्मीहरू एकताबद्ध भर्इ जुन आन्दोलन गरे, जुन प्रतिकार गरे, त्यसमा देखिएका साहस र बुद्धिमानी अन्तर्राष्ट्रिय रूपमै प्रशंसनीय रह्यो ।

राजाको निर्दयी दमन र सञ्चारकर्मीको उल्लेखनीय प्रतिरोधको सिरसिलामा स्वतन्त्र रेडियोको सन्दर्भलार्इ मूल विषयवस्तु बनाएर पत्रकार विनोद ढुङ्गेलले तयार गर्नु भएको 'शाही शासनमा स्वतन्त्र रेडियो: दमन र प्रतिरोधको कथा' एउटा एेतिहासिक महत्वको पुस्तकको रूपमा प्रकाशित भएको छ । मार्टिन चौतारीले प्रकाशित गरेको यो पुस्तकले दमनको शृंखलालार्इ भौतिक दमन, कानुनी दमन, आर्थिक दमन, शक्तिको चरम दुरुपयोग गरी मूर्त खण्डहरूमा प्रस्तुत गरेको छ । यो दमनले कसरी आम सञ्चारको चरित्र समाप्त गर्ने कोसिस गर्यो, कारोवारमा के कस्तो असर पर्यो र आम जनताले कसरी समाचारको भोकमा बाँच्नु पर्यो भन्ने कुराको राम्रो र तथ्यपूर्ण चित्रण यसमा गरिउको छ । सडक, सञ्चारमाध्यम स्वयं र न्याययलयको माध्यमबाट नेपाली सञ्चारकर्मीहरूले कसरी प्रतिरोधमा आफूलार्इ उतारे, त्यसको सजीव चित्रण दिन लेखक सफल भएका छन् । यसको एक कारण हो- लेखक स्वयं यो प्रतिरोध आन्दोलनका एक सक्रियकर्मी रहनु । आफैँ संलग्त रहेको पेशामाथि बज्रप्रहार हुँदा र त्यस बज्रप्रहारविरुद्ध आफूसमेत भर्इ लड्दाको घटनाको प्रस्तुतिमा लेखकको अनुभूति समेत मिसिएकोले यो पुस्तक एउटा सरस दस्तावेज बनेको छ । धेरैतिरबाट सूचना संकलन गरी प्रमाणित ढंगले प्रस्तुत गरिएकोले पुस्तक आधिकारिक सूचना संकलनका लागि राम्रो स्रोत बन्न पुगेको छ । पुस्तकको अन्तमा 'शाही सत्ताले सिकाएको पाठ' शीर्षकमा लेखकले दिएको स्वतन्त्र रेडियोकर्मीहरूले अप्ठेरो पर्दा खेल्नु पर्ने सकारात्मक भूमिका बारेको उपसंहार व्यवहारउपयोगी रहेको छ । अनुसूचीमा स्वतन्त्र रेडियो बचाउ आन्दोलनको घोषणापत्र, राजालार्इ चढाइएको विन्तीपत्र, स्वतन्त्र रेडियोको आत्मकथा, केन्द्रीय संघर्ष समितिको अवधारणा पत्रहरू सामेल गरिएकाले पुस्तक अरू संकलनयोग्य बनेको छ । राम्रो कागजमा करिब ३५० पृष्ठबाट तयार यो पुस्तकको मूल्य रु. १५० सरल मूल्य अनुभूत हुन्छ ।

स्रोतः मूल्याङ्कन, वैशाख-जेठ २०६५, (May-June 2008) पूर्ण्राङ्क १६१ , पृ ३३


About the Author

More Blogs