नेपाली बालवाङ्मय परिचयकोश
2021-10-10नेपाली बालसाहित्यको क्षेत्रमा मौलिक सिर्जना साथै महत्वपूर्ण अन्वेषण-अनुसन्धान गर्दै आएका वरिष्ठ र्सजक प्रमोद प्रधान नेपाली भाषामा प्रकाशित भएका बाङ्मयिक कृतिहरुको समग्र जानकारी दिने अर्का एउटा महत्वपूर्ण कृति लिएर आएका छन् । यस अघि नेपाली बाङमय भण्डारमा नेपाली बालसाहित्यको इतिहास दिएर प्रधानले यस क्षेत्रमा महत्वपूर्ण योगदान दिइसकेका हुन् । एउटा इमान्दार, कर्मठ र निरन्तर साधनारत प्रधानका यो बाहेक पनि अरु महत्वपूण कृतिहरु प्रकाशनमा आएइसकेका छन् । चाहे केही अध्ययन केही आनुसन्धान (२०४४) र नेपाली बालसाहित्यको इतिहास (२०५७) का माध्यमबाट नेपाली साहित्यका विविध विधामा गरिएको गम्भीर समालोचनात्मक अध्ययन होस्, चाहे मोरङमा पत्रकारिताको अर्धशताब्दी (२०६१) का माध्यमद्वारा अघि बढाइएको मोफसलको पत्रकारितासम्बन्धी अध्ययन परम्पराबाट होस् प्रमोद प्रधानले आफूलाई एउटा गम्भीर अनुसन्धाताका रूपमा स्थापित गराइसकेका छन् । त्यति मात्र नभएर नेपाली कविता र बाल साहित्यको सिर्जनात्मक लेखनमा समेत प्रमोद प्रधान एउटा स्थापित नाम हो । यसरी नेपाली बाङ्मयको क्षेत्रमा एउटा गम्भीर लेखनलाई अघि बढाएर प्रधानले आफ्नो दरिलो उपस्थिति जनाइसकेका छन् ।
नेपाली बालसाहित्यका विविध विषय र विधाहरुमा प्रकाशित लगभग १३ सय नेपाली भाषाका पुस्तकहरुको सङ्क्षिप्त परिचय दिने काम आफैँमा कष्टसाध्य साधना हो । बालकाव्य, बालआख्यान, बालनाटक, बालोपयोगी जीवनी, निबन्ध, अन्तर्वार्ता, अनुवाद साहित्य र बालसाहित्यसम्बन्धी नेपालीमा लेखिएका कृतिहरुको परिचयलाई विभिन्न सोह्र अध्यायमा विभक्त समीक्ष्य पुस्तकमा नेपाली बाल वाङमयमा ऐतिहासिक महत्वका दुई कृतिको बारे पनि जानकारीमूलक चर्चा गरिएको छ । यसरी लेखकले एउटै कृतिमा नेपाली बालवाङ्मयको सङ्क्षिप्त र्सवेक्षण उपलब्ध गराएर ठुलै गुन लगाउनु भएको छ । यो कष्टसाध्य काम थोरै समय र कम धैर्यबाट सम्भव हुनसक्दैन । अझ विदेशी सहयोग र परियोजनाका पछिलाग्नेहरुबाट त यस्तो धैर्य र कष्टसाध्य परिश्रमको अपेक्षै गर्न सकिदैन । प्रमोद प्रधानहरु नै हुन, जो कुनै आर्थिक लाभको आशा बेगर नै राष्ट्रलाई केही दिने यस्तो इमान्दार दात्विय पूरा गर्छन । हो, यसमा पनि अपूर्णता होलन छन् । निरन्तर अद्यावधिक गरिनु पर्ने काममा केही छोडनु केही बिर्सिइनु अस्वभाविक पनि होइन । जे होस् यति महत्वपर्ूण्ा कृति दिएकामा लेखक बधाईका पात्र भएका छन् ।
नेपाली बासाहित्यको सुरुआत नै मौलिक बालसाहित्यका रूपमा भन्दा बालपाठसामग्री लेखनका रूपमा विकसित भएको नेपाली बालसाहित्य नेपाली वाङ्मयको इतिहास सम्भवतः त्यति लामो छैन । यही छाटो अवधिमै पनि नेपाली वाङ्मयमा लगभग १३ सय वटा कृति प्रकाशित हुनुलाई सन्तोषजनक नै मान्नु पर्छ । प्रस्तुत कोशले दिएको जानकारी अनुसार सबैभन्दा बढी बालकथा (३३७) प्रकाशित भएको देखिन्छ । यसबाट बालकथाको लोकप्रियता र बालपाठकहरुमा रहेको यसप्रतिको आकर्षा पनि स्पष्ट भएको छ र यसरी नै दोस्रो बढी प्रकाशित कृतिमा बालकविता बालगीत, बालकाव्य, गजल, हाइकु (२३२) देखिएका छन् सबैभन्दा कमी बाल नाटक (१५) र निबन्ध (१५) को देखिएको छ भने अर्का लोकप्रिय बिधा बालउपन्यासमा पनि धेरै कलम चलेको देखिदैन । यस दृष्टिले प्रस्तुत कृति भावी बालसाहित्य लेखनका लागि मार्गदर्शक पनि बन्न सक्ने देखिन्छ । नेपाली बालसाहित्यको सुरुआत नै मौलिक खालका बालसाहित्यबाट नभएर बालपाठ्यसामग्री तयार गर्ने क्रममा भएको हुँदा वि.सं. २०३० सम्मका केही बालपाठ्समग्रीको परिचयलाई पनि स्वभाविक मान्नुपर्छ । प्रस्तुत परिचय कोशले बालसाहित्यका अन्वेषक, अनुसन्धानकर्ता र बालसाहित्यका पाठकलाई आफूले चाहेकोजस्तो पुस्तकको चयन गर्ने काममा ठुलो सहयोग पुर्याउने निश्चित छ । त्यसैले यो कृति बालसाहित्यका लेखक र अन्वेषकहरुका लागि मात्र नभएर बालसाहित्यका पाठक पुस्तकालय विद्यालय महाविद्यालयका लागि पनि उपयोगी हुने देखिन्छ ।
यसरी सम्पादन, शोध र मौलिक सिर्जना सबै क्षेत्रमा दरिलो स्थान सुरक्षित गर्न सफल प्रधानको यो पछिल्लो कृति नेपाली बालवाङ्मय परिचयकोश नेपाली वाङमय भण्डारकै एउटा महत्वपूर्ण प्राप्ति बनेको छ भन्दा अतिशयोक्ति नहोला । लेखकबाट यस्तै अरु महत्वपूर्ण कृतिको अपेक्षा त रहन्छ नै ।
गोरखापत्र२०६५साउन३२(शनिबार) -'ख'







