बौद्धिक खेती

2021-10-07

समकालिन नेपाली समाजमा बौद्धिक बहसको अलि गतिलो फोरमको पहिचान बनाएको मार्टिन चौतारीले पछिल्लो चरणममा गतिला पुस्तक प्रकाशकको पनि पहिचान बनाएको छ । मूल्याङ्कनका लागि प्राप्त यस पुस्तकको समीक्ष्य प्रति हेर्दा उसले ६७ औँ कृति प्रकाशन गरिसकेको छ । र, यो कृति हो 'नेपाली राष्ट्रयताः चिन्तन र अभिव्यक्ति' ।

यो पुस्तक राष्ट्रियतासम्बन्धी देशभरी बहस र छलफलका क्रममा व्यक्त विचार र आर्जन गरिएका अनुभवहरु समेटेर तयार पारिएको दोस्रो संस्करण हो अर्थात् सीके लालले नेपाली राष्ट्रियतासम्बन्धी विमर्शका लागि मार्टिन चौतारीकै आग्रहमा लेखेको 'नेपालीय हुनलाई…' रमेश पराजुलीको सम्पादनमा थप सामग्रीसहित प्रकाशन गरिएको हो । यस पुस्तकको रोचक र राम्रो पक्ष भने राष्ट्रियतालाई सीके लालले त एक स्तरमा वैचारीकरण गरेका छन् तर नागरिकहरु यसलाई कसरी बुझ्दा रहेछन्, त्यो थाहा दिनुमा रहेको छ । सीके लालको विचारलाई बहसमा लैजाने यात्रीहरुको अनुभव पनि कम रोचक छैन ।

मूल्याङ्कन, जेठ-असार २०६९, वर्ष ३०, पूर्णाङ्क २०३


About the Author

More Blogs