सर्न्दर्भ ग्रन्थको महत्व

2021-10-08

कमलराज लम्साल

नेपाली राजनीतिमा हाल चरमचुलीमा रहेको विषय हो संविधानसभा । संविधानसभाले नेपाल राज्यको पुनःसंरचना गर्नेछ, देशलाई द्वन्द्व तथा हिंसाबाट मुक्ति दिलाउने प्रयत्न गर्नेछ । देशमा असल राजनीतिक संस्कारको विकास गर्न मद्दत गर्नेछ । राज्यको भौगोलिक, आर्थिक तथा सामाजिक पुनःसंरचना गरी 'नयाँ नेपाल'को निर्माणमा प्रमुख भूमिका खेल्नेछ । अतः संविधानसभा सबै समस्याको अपेक्षाकृत समाधान हो ।

संविधानसभा तथा राज्य पुनःसंरचनाका अर्न्तर्वस्तुलाई केलाउन तथा अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने हेतुले मार्टिन चौतारीले हालै 'राज्य पुनःसंरचना र संविधानसभा सर्न्दर्भ ग्रन्थ' नामक पुस्तक प्रकाशन गरेको छ ।

कुनै विषयबस्तुमा मात्रै केन्द्रित रहेर सर्न्दर्भ ग्रन्थ प्रकाशनको अवधारणा नेपालमा नितान्त नौलो हो । यस्ता सर्न्दर्भ ग्रन्थ प्रकाशनमा मार्टिन चौतारीले पाइला अघि सारेको छ । यस्ता पुस्तककारमा पाइने सर्न्दर्भ ग्रन्थले नेपाली समाजमा हुने अध्ययन अनुसन्धान तथा चिन्तनलाई चित्रित गर्दछन् ।

जननिर्वाचित संविधानसभा 'नयाँ नेपालक'ो खाका निर्माणमा दत्तचित्त छ । पत्रपत्रिका, गोष्ठि, सभा-सम्मेलन, परामर्शमार्फ संविधान निर्माण प्रक्रियमा विभिन्न समूहले हस्तक्षेप गरिरहेका छन् । संविधानको अर्न्तर्वस्तुबारे वहस र छलफल चलिरहेको छ । यो पुस्तक राज्य पुनःसंरचना र संविधानसभा सर्न्दर्भ ग्रन्थ तिनै वैचारिक धरातल र दुष्टिकोणबाट लेखिएका संविधानसभा र राज्य पुनःसंरचनासम्बन्धी सामग्रीहरूबारे जानकारी दिने संग्रह हो ।

संकलित सामग्रीको स्रोतका आधारमा यो पुस्तकलाई जम्मा पाँच अध्याय-पुस्तक, सम्पादित पुस्तक तथा जर्नलमा प्रकाशित लेख रचना, प्रकाशित तथा अप्रकाशित प्रतिवेदन, कार्यपत्र, म्यागेजिन तथा बुलेटिनमा बाँडिएको छ । यो ग्रन्थले संविधानसभा र राज्य पुनःसंरचनाबारे नेपालमा उठेका मुद्दा र भैरहेको वहसको छनक त दिन्छ नै, यी मुद्दाहरुको सेरोफेरोमा अध्ययन अनुसन्धान गर्न चाहनेलाई आधारबिन्दु पनि उपलब्ध गराउँछ । नेपालको वर्तमान राजनीतिक संक्रमणबारे चासो राख्ने अध्येता, राजनीतिकर्मी, नीति-निर्माता, बौद्धिक प्रज्ञिक वर्ग र र्सवसाधारणका लागि समेत यो ग्रन्थ उपयोगी हुन सक्नेछ ।

मार्टिन चौतारीसँग आवद्ध अनुसन्धानकर्ता कैलाश र्राई र चिरन मानन्धरको संकलनमा राज्य पुनःसंरचना र संविधानसभा सर्न्दर्भ ग्रन्थ तैयार पारिएको हो । मार्टिन चौतारीको ५७ औँ पुस्तक श्रृंखलाको रुपमा प्रकाशित ९० पृष्ठ लामो उक्त ग्रन्थको मूल्य एक सय रूपैया रहेको छ ।
राजधानी-२०६६माघ८, पृ११


About the Author

More Blogs