शकबहादुर बुढाथोकी
नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई विभिन्न किसिमका तालिम नियमित रुपमा प्रदान गर्दै आईरहेको छ । अहिले सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम (सन् २०१६-२०२३) ले शिक्षक तालिम, शिक्षण प्रक्रियामा सूचना प्रविधिको प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण विधि आदि विषयलाई निकै जोड दिएको छ । शिक्षक तालिमको प्रमुख उद्देश्य शैक्षिक गुणस्तर अभिबृद्धि गर्नु रहेको हुन्छ । तसर्थ, सो उद्देश्य प्राप्तीका लागि सरकारले अहिले सम्म प्रदान गर्दै आएका तालिम के कति प्रभावकारी भए? भन्ने विषय उठ्नु स्वभाविक हुन्छ ।
नेपाल सरकारका नीति एवं कार्यक्रम अन्तर्गत रहेर मर्सीकोर नेपाल र व्याकवार्ड सोसाइटी इजुकेसनले कैलाली जिल्लाका ३० वटा सामुदायिक विद्यालयमा विगत तीन वर्षदेखि सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना सञ्चालन गर्दै आएको छ । सो परियोजनाले गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम वा कार्यशाला निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ (यस लेखमा शिक्षक तालिम र कार्यशाला शब्दलाई परिपुरक वा समानार्थी अर्थको रुपमा प्रयोग गरिएको छ ) । ती तालिम विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र समग्र पक्ष सुधार गर्न प्रभावकारी सावित भएका छन् । यो लेख सो प्रतिफल कसरी सम्भव भयो भन्ने बारे केन्द्रित छ ।
कस्तो तालिम ?परियोजना अन्तर्गत सञ्चालित शिक्षक तालिम शिक्षण प्रक्रिया वा विधिलाई कसरी विद्यार्थी मैत्री बनाउने भन्नेमा बढी केन्द्रित रहेको छ । कक्षाकोठामा गरिने सिकाइ प्रक्रियामा बढीभन्दा बढी विद्यार्थीलाई नै सहभागी एवं सक्रिय बनाउने, समुहकार्य एवं परियोजना कार्य गराउने, प्रस्तुतिकरण गर्न लगाउनु पर्ने जस्ता विषयलाई जोड दिइन्छ र सुक्ष्म शिक्षण गर्ने अवसर पनि दिईन्छ । तालिममा बढीभन्दा बढी शिक्षकलाई नै सक्रिय बनाएर, उनीहरुबीच विचारको आदान प्रदान गर्ने अवसर प्रदान गरिन्छ । यसोगर्दा सहभागीले तालिममा धेरै सुन्ने भन्दापनि उहाँहरु आफै छलफल एवं अभ्यास गर्ने र नयाँज्ञान एवं सीपको विकास गर्ने अवसर पाउछन् जसले उहाँहरुको क्षमता अभिबृद्धि गर्न टेवा पुर्याउँछ ।
तसर्थ, शिक्षक तालिमले शिक्षकलाई पूणर् रुपमा नयाँ ज्ञान दिने भन्दा पनि उहाँहरुमै अन्तरर्निहित अनुभव, सीप एवं ज्ञानप्रबर्दन गर्न सफल भयो । यद्यपी केही नयाँ ज्ञान एवं सीप सिक्ने र सिकाउने काम पनि जारी रह्यो । शिक्षकलाई ज्ञान एवं सीपका साथै उत्प्रेरणाको पनि उत्तिकै आवश्यक हुन्छ । एउटा अर्थमा परियोजनाले तालिमको माध्ययमबाट उनीहरुलाई निश्चित समयको अन्तरालमा उत्प्रेरणा जगाइदिने काम गर्न सफल भयो ।
परियोजनाले शिक्षक तालिम सञ्चालन गर्ने क्रममा विभिन्न किसिमका प्रक्रिया अपनाउँछ । सर्वप्रथम त सहभागीलाई कस्तो तालिमको आवश्यकता छ वा तालिममा के के विषय वस्तु समेट्नु पर्दछ वा तालिमको ढाँचा कस्तो हुनु पर्दछ भन्ने बारे प्रश्नावलीको प्रयोग गरी तालिममा सहभागी हुने शिक्षकबाटै तथ्यांक संकलन गरिन्छ । सो तथ्यांकलाई विश्लेषण गरी सोही अनुसार तालिमको ढाँचा तयार गरिन्छ । यसका साथै आवश्यक परेको खण्डमा तालिमकै क्रममा पनि उपयुक्त लागेको विषयवस्तु समेटी थप सुधार गर्ने प्रयत्न गरिन्छ । यसरी शिक्षक तालिमले सहभागीका आवश्यकतालाई समाधान गर्ने लक्ष्य राखिएको हुन्छ ।
अनुगमन प्रक्रियाशिक्षक तालिम पश्चात् पनि परियोजनाका कर्मचारी नियमित रुपमा अनुगमन गर्ने कामजारी नै राख्छन् । सो अनुगमन परियोजनाले तयार गरेको फारमको माध्ययमबाट गरिन्छ । अहिले सम्मका यी अनुगमनले पुष्टी गरेको छ कि शिक्षण प्रक्रिया वा विधिमा विस्तारै सकारात्मक परिवर्तन आइरहेको छ । अर्थात्, शिक्षकले अपनाउने शिक्षण विधि अन्तर्गत विद्यार्थीलाई सहभागी गराउने र उनीहरुको आवश्यकतालाई सम्बोधन गरेको पाईन्छ ।
यद्यपी कतिपय अवस्थामा अभैm पनि सुधारको आवश्यकता देखिन्छ । उदाहरणकालागि परियोजनाले समुहकार्य गराउने र प्रस्तुतिकरण गर्न लगाउने विषयलाई जोड दिएको छ र शिक्षकले सो विधि प्रयोगको शुरुआत त गरेका छन् तर केही हदसम्म त्यससँग सम्बन्धित अन्य सीप अभैm पनि सिक्नु पर्ने देखिन्छ । जस्तो, समुहकार्य गराउँदा पूणर् निर्देशन दिने, अनिमात्र सो कार्यको शुरुवात गर्ने । यस्ता सहजीकरण सम्बन्धीक ेही सीप अभ्यासबाट मात्रै सिक्न सकिन्छ र सो कामको शुरुवात भएको छ ।
यसरी विद्यार्थीलाई नै सक्रिय बनाएर अध्यापन गर्ने शिक्षण विधिको प्रयोग गर्दा विद्यार्थीमा रहेको अन्तरर्निहित क्षमता प्रस्फुटन हुने गर्दछ । उनीहरुलाई प्रस्तुतीकरण गर्न लगाउँदा विषयवस्तुबारे सिक्नुका साथै बोल्ने सीपको पनि बिकास हुने गरेको छ । साथै, उनीहरुको आत्मविश्वास पनि बढेको पाईन्छ । यसरी अहिलेको विश्व परिवेशमा आवश्यक पर्ने सफ्ट स्किल पनि सिक्ने मौका पाएका छन्, जुन शिक्षाको प्रमुख लक्ष्य अन्तर्गत पर्दछ ।
तालिमकै क्रममा उठेका प्रभावकारी शिक्षण प्रक्रिया वा विधिसम्बन्धी २५ वटा सूचकहरुको एउटा संगालो तयार गरी शिक्षक एवं विद्यालयलाई उपलब्ध गराईएको छ । सो सूचक शिक्षकले मासिक रुपमा आपैmले अपनाएका शिक्षण सम्बन्धी विधिको बारेमा मूल्यांकन गर्न प्रयोग गर्दछन् । यसले उनीहरुलाई आफुले थप सुधार गर्नुपर्ने क्षेत्र वा पक्षबारे सचेत बनाओस् भन्ने लक्ष्य राखिएको छ । यसरी, शिक्षक आपैm स्वः स्फुर्त रुपमा निरन्तर सुधारको प्रयासमा लाग्न सघाउनु यस सूचकको मुख्य उद्देश्य हो । परियोजनाका यस्ता कामले गर्दा पनि शिक्षण विधिमा सुधार ल्याउन सम्भव भएको छ र विद्यार्थीको सिकाइमा सकारात्मक सुधार आएको छ ।
निश्कर्षतालिममा सिकेका ज्ञान एवं सीप शिक्षकले कक्षाकोठामा प्रयोग गर्न थालेका छन् । विशेषगरी, विभिन्न खालका स्थानीयतहमा उपलब्ध शैक्षिक सामग्रीको प्रयोग गरेको पाईन्छ । साथै, शिक्षण प्रक्रियालाई सकेसम्म विद्यार्थी केन्द्रित गर्न प्रयास गरेका छन् किनकी परियोजनाको मुख्य लक्ष्य नै विद्यार्थीको सृजनात्मक एवं समालोचनात्मक सोचाईको विकास गर्नुका साथै लेखन एवं पठन सीपको विकास गर्नु रहेको छ । यी प्रयासको फलस्वरुप विद्यार्थीको सिकाइ उपलब्धिमा उल्ल्ेख्य सुधार आएको छ । बाह्यमूल्यांकन कर्ताले गरेको परियोजनाको प्रारम्भिक एवं मध्यकालिन अध्ययनले यो कुरा पुष्टी गरेका छन् । परियोजना सञ्चालन गरेका विद्यालयको सिकाइ उपलब्धि अन्य विद्यालयको भन्दा गणितीय सीप र नेपाली पठन सीपमा क्रमशः १० र ४ प्रतिशतबढी रहेको छ ।
परियोजनाले शिक्षक तालिम गर्ने क्रममा शुरुवात देखि अन्त्य पछि पनि विभिन्न किसिमका प्रक्रिया अपनाउने गरेकोले शिक्षक तालिम उपलब्धिमूलक भएका छन् । ती प्रक्रियाले गर्दा शिक्षक तालिम फलदायी एवं सान्दर्भिक हुने गरेको छ । उदाहरणको लागि तालिममा समाबेश गर्नुपर्ने विषयवस्तु उनीहरुबाटै लिएर र त्यसै अनुसार तालिमको ढाँचा तयार गर्दा शिक्षक तालिम अभैm सान्दर्भिक एवं अर्थपूणर् हुने गर्दछ ।
सम्भवतः तालिम सञ्चालन गर्नु पूर्व अपनाउनु पर्ने पक्रियाहरु नेपाल सरकारले सञ्चालन गर्ने तालिमको क्रममा पर्याप्त मात्रामा गरिदैन । नेपाल सकारले प्रदान गर्ने तालिम बढी सैद्धान्तिक र कम व्यवहारिक हुनुको साथै व्यवस्थापकीय पक्ष पनि त्यती प्रभावकारी भएको पाईदैन । साथै, सबै ठाउँमा एउटै किसिमको तालिम सञ्चालन गर्ने भएकोले पनि तिनमा सृजनशिलताको अभाव हुन्छ । वास्तवमा, कुनै पनि तालिम सहभागीको आवश्यकता एवं परिवेश अनुसार सञ्चालन गर्न सकेको खण्डमा मात्रै उपयोगी सावित हुन्छ ।
लेखक मर्सिकोर नेपालका शिक्षा संयोजक हुन् । यस लेखमा उल्लेखित धारणा विचार लेखकका स्वयंका विचार हुन्, उल्लेखित धारणा विचार यस अनलाईनका आधिकारिक धारणा हुन् भन्ने छैन ।
प्रकाशन : १८ पुष २०७७स्रोत : https://www.eprabhatnews.com/details/9608