कार्यलय विदा तथा पुस्तकालय सेवा बन्द रहने सम्बन्धी सूचना

नेपाल सरकारले भोलि मिति २०८२ असोज १ (सेप्टेम्बर १७, २०२५) का दिन राष्ट्रिय शोक घोषणा गरेकोले चौतारी कार्यालय र पुस्तकालय बन्द हुनेछ । साथै, पाठ्य सामग्रीको आन्तरिक व्यवस्थापन गर्नका लागि मिति २०८२ असोज २ देखि असोज ८ (सेप्टेम्बर १८-२४) सम्म पुस्तकालयका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराइन्छ । यसबाट पाठकमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ ।