Workshop of Women Researchers - 2024

Discussion Type: Conferences and Workshop | Date: 17 Mar 2024 | Time: 10:00 AM

Details

 

महिला अनुसन्धाता कार्यशाला – २०८० का लागि एब्स्ट्रयाक्ट आह्वान

मार्टिन चौतारीले चैत ४, २०८० (मार्च १७, २०२४) आइतबार महिला अनुसन्धाता कार्यशालाको आयोजना गर्दैछ । काठमाडौँमा हुने यस कार्यशालाका निम्न उद्देश्यहरू छन् – १) नेपालमा मानविकी तथा समाज विज्ञानको क्षेत्रमा कार्यरत महिला अनुसन्धानकर्तालाई प्रवर्द्धन गर्ने, र २) सार्वजनिक क्षेत्रमा महिला आवाजलाई प्रवर्द्धन गर्ने । त्यसैले मानविकी तथा समाज विज्ञानका विभिन्न विषयमा अनुसन्धान गरिरहेका वा अनुसन्धान कार्यलाई अन्तिम चरणमा पुर्‍याएका महिला अनुसन्धानकर्ताबाट यस कार्यशालाका लागि अनुसन्धान पत्रको सार (एब्स्ट्रयाक्ट) आह्वान गरिन्छ ।

एब्स्ट्रयाक्ट सम्बन्धी जानकारी : एब्स्ट्रयाक्ट बढीमा ४०० शब्द सम्मको हुनु पर्नेछ । एब्स्ट्रयाक्टकै आधारमा पहिलो चरणको छनोट हुनेछ । एब्स्ट्रयाक्ट, अनुसन्धान पत्र र प्रस्तुति अङ्ग्रेजी वा नेपाली दुवै भाषामा गर्न सकिनेछ । एब्स्ट्रयाक्टका साथमा प्रस्तोताको बढीमा एक पृष्ठको बायोडाटा बुझाउनु पर्नेछ । एब्स्ट्रयाक्ट र बायोडाटा तलको इमेल ठेगानामा पठाउन अनुरोध छ ।

 

इमेल : mcannualconf@gmail.com; conference@martinchautari.org.np
एब्स्ट्रयाक्ट बुझाउने अन्तिम मिति : पुस २३, २०८० (जनवरी ८, २०२४)
एब्स्ट्रयाक्ट छनोट सम्बन्धी जानकारी : पुस २९, २०८० (जनवरी १४, २०२४) 
अनुसन्धान पत्र बुझाउने मिति : फागुन १८, २०८० (मार्च १, २०२४); कम्तिमा ४,००० शब्द
कार्यशाला हुने मिति : आइतबार-सोमबार, चैत ४, २०८० (मार्च १७, २०२४)
कार्यशाला हुने स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ

 

थप जानकारीको लागि :

मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
टेलिफोन: ०१-५३३८०५०; ०१-४१०२०२७
www.martinchautari.org.np

Past Events