मीठो सम्झना रेडियोको अनुभव

2021-10-18

अचेल प्रायसँग हुन्छ रेडियो । जति पुरानो हुँदैछ उति सहज पहुँच, फैँलदै गएको यसको दायरा र सजिलो बन्दै गएको आकार । मान्छेका निम्ति समयसँगै सामान्य हुँदै गएको एउटा अभिन्न प्रविधि । तर मिन यससँग जोडिएको विगत सम्झायो भने सबै भावुक हुन्छन्‍, केटाकेटी ताकाको मामाघर सम्झे जस्तो ?

रेडियोको यही विशेषातालाई विषय बनाएर मार्टिन चौतारीले मीठो पुस्तक तयार पारेको छ । 'रेडियोसँग हुँर्कदा' । यसलार्य मुलुकका परिचित लेखकहरुले उत्तिकै मीठो रुपमा उल्लेख गरेका छन्‍ । अनि यसमा रेडियोले दिँदै आएको रसको मिठास मात्र होइन सूचना बाँड्‍ने यसको यात्राले भोगेको तानाशाही प्रहारहरुसमेत छन्‍ ।
गीत सुन्नुपर्‍यो भने कलाकारको 'महफिल' लगाउनुपर्ने युगलाई चिरेर करिब ७५ वर्षअघि मुलुकमा रेडियो भित्रिएको अनुमान लगाइन्छ ।

९५ सालताका काठमाडौँका कमलमणि दीक्षितको सगोल घरमा 'खास बेलाइत' देखि मगाइएको एउठा डब्बासँगै बढेको चहलपहलबाट सुरु हुन्छ पुस्तक । लगत्तै अंग्रेजहरुले युद्ध हार्दै गएको खबर फैलन थालेपछि राणाहरुद्धारा थोरैको घरमा रहेको त्यही दुर्लभ रेडियो पनि खोसिएको रहेछ ।

त्यस्ता रेडियो फर्किएपछि  पनि ढोका थुनेर सुन्नुपर्ने समयबाट सुरु हुन्छ सँस्कृतिविद्‍ सत्यमोहन जोशीको अनुभव । पुस्तक पढ्‍दै जाँदा रेडियोको यात्रा पनि राजधानी बाहिर सर्दै हुँदै पहाडी सदरमुकाम र डाँडा काँडासम्म रेडियो घन्केको आवाज पुस्तकले सुनाउने थाल्छ ।

तिनै अजुभूतिहरुमा कतिले रेडियोलाई सिरानीमा राखेर आफूसँगै सुताएको त कतिले सन्तानलाई भन्दा बढी माया र जतन गरेको घटनाहरु आउन थाल्छन । रेडियोसँगै जोडिएका इतिहासका कतिपय घटनाहरुले उतिबेलाको समाजको दृष्यसमेत देखाउँछ ।

जस्तो कि पोखराका व्यापारी चन्द्रबहादुर भारीले तत्कालीन वडाहाकिम धनशमशेरलाई घोडा नदिँदा पाएको सजाय प्रत्यक्षदर्शी तेजनाथ घिमिरेले वर्णन गरेका छन्‍ । आफ्‍नै सम्पत्तिमाथि हक लाग्न नदिने क्रुर तानाशाही भोगेपछि इख लिएर व्यापारी भारीले कांग्रेसी बनेको र वडाहाकिमको मेख मार्न उनको जस्तै रेडियो समेत भित्र्याएको वर्णन पुस्तकमा छ ।

यता काठमाडौँमै लेखक रमेश विकल गाउँकै यकिन मास्टरको कोठामा बज्ने रेडियो नजिक पुगेर जनताका खबर र राजनीतिक घटनाहरु सुन्न नपाइँदा चिन्तित हुन थालिसकेका थिए ।

सनत रेग्मी आफू जसै(जसै ठूलो हुँदै गए रेडियोको आकार उसै गरी सानो हुँदै गएको अनुभव व्यक्त गर्छन्‍ । एकहातले बोकेको सानो रेडियो (ट्रन्जिस्टर) बाट गीत सुन्दै हिँड्‍ने दिन लाहुरेबाट सुरु भएको ठहर उनको छ । त्यसपछि उपत्यकाबाटै पत्रकार भैरव रिसाल कृषि गणनाको सिलसिलामा गाउँ डुल्न पूर्वी नेपालतर्फ रेडियो बोकेर पुगेका छन्‍ । काँधमा झुन्डिएकै रेडियोले उनलाई त्यतिबेला ताप्लेजुङको हाङपाङ राम्रो गाँस(बास जुराएको मात्र होइन खतराहरुबाट पनि बचाएको छ । पूर्वी पहाडमै एक बालक पहिलोपटक म्याङलुङ बजार गएको थियो । पछिल्लो जीवनमा उनले संसारकै ठूला सहरहरुको डिपार्टमन्टल स्टोरहरु देखिसकेका छन्‍ । तर त्यो पहाडी बजारको रेडियो बज्ने पसलजस्तो प्रभाव आजसम्म उनले अन्त कतै पाएका छैनन्‍ । ती बालक अहिलेका चर्चित लेखक अभि सुवेदी हुन्‍ ।

अर्का लेखक वसन्त थापाको रेडियोसँग जोडिएका अनूभूतिहरु पनि कम्ती रोचक छैनन्‍ । विशेष गरेर धनकुटाबाट ट्रन्जिस्टर बोकेर आएका फूपाले 'बजाउ न' भनेको बेला रेडियो छातीमा राखेरै निदाएको थापाको सम्झनामा पुग्दा मन अडिन्छ ।

पुस्तकमा रेडियो वर्णन भित्रै पनि लेखकहरुको मौलिक रुप झल्कन्छ । जस्तो कि बाल्यकालका खगेन्द्र संग्रौला आफ्‍नो गाउँमा आएको  'रेडुइ बाजा' मा बज्ने गीतको आनन्दभन्दा त्यहाँभित्र थुनिएका गायकको छट्‍पटीले बढी बेचैन छन्‍ ।

रेडियोसँग जोडिएका कहिल्यै नबिर्सिइने नामहरु चाहे त्यो सिलोनका अमिन सयानी होस्‍ वा रेडियो नेपालकी कृष्णा ताम्रकार अथवा असंख्या गायक गायिका सबैलाई लेखकहरुले थुप्रै ठाउँमा सम्झेका छन्‍ ।

यसरी रेडियोसँग जोडिएका तीन पुस्ताका अनुभवहरुको यो संगालोमा ६४ लेखकका भोगाइहरु अटाएका छन्‍ । पहिलो खण्डमा बाकसजस्तो रेडियो वरिपरि परिवारैले आनन्द लिएको, दोस्रो खण्डमा ट्रान्जिस्टर भिरेर यात्रा गर्नेहरु र तेस्रो खण्डमा अहिले एफएमका रुपमा रेडियोले नयाँ अवतार लिएपछि 'मार्निङ वाक' गर्दै रेडियो सुन्ने झुन्डको दृष्य राखेर तीनैवटा समयलाई सटिक रुपले खण्डित गरिएको छ ।

यति समाइलो विषयमा थुप्रै माझिएका लेखकहरुको संस्मरण हुँदा हुँदा पनि पुस्तक कतै कतै पट्‍यार लाग्दो छ । जस्तो कि कुनै एकै सहरका एकै खाले परिवेश दिने लेखकहरु दिक्क लाग्दो गरी एउटै कुरा घरि(घरि सुनाउन आएका छन्‍ । विशेष गरेर पोखराको हकमा । साहित्यकार भुवन ढुँगानाको अनुभवमा उतिबेला रेडियोमा बजेका गीतहरु जसरी सम्झनामा बस्ने गर्थे आजकल टेलिभिजनमा देखेका गीतहरु बस्दैनन्‍ यो ढुँगानामात्र होइन बहुमत श्रोताको अनुभुति हो । किनभने सुनिने गीतमा संवेदना थप्न श्रोताका कल्पनासम्मले सघाएका हुन्छन्‍ । देखिनेमा त्यसो हुँदैन । शायद त्यसैले सिके लालले भूमिकामा भनेका छन्‍ 'हरेक नयाँ सञ्चारले पुरानोलाई विस्थापित गर्नुको साटो झन्‍ विस्तारित र परिस्कृत गर्दै लगेको छ ।'

 

स्रोतः कान्तिपुर, ८ असोज २०६२ पृ. ६


About the Author