चौतारी वार्षिक सम्मेलन, २०२५ का लागि स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना [call closed]
मार्टिन चौतारीले यही मंसिर १०-१२, २०८२ (नोभेम्बर २६-२८, २०२५) मा आयोजना गर्न लागेको चौतारी वार्षिक सम्मेलनका लागि केही स्वयंसेवक आवश्यक परेको छ।
यदि तपाईं स्नातक/स्नातकोत्तर तह अध्ययनरत हुनुहुन्छ र अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा स्वयंसेवा (volunteering) गर्न चाहनुहुन्छ भने आफ्नो संक्षिप्त बायोडाटा सहित यही कात्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) भित्र तल दिएको इमेल मार्फत आवेदन दिनुहोस्।
तपाईं छानिनु भएमा सम्मेलन आयोजक समितिका सदस्यहरूसँग सहकार्य गर्दै सम्मेलनको तयारी तथा व्यवस्थापनमा तपाईंले सहयोग पुर्याउनु पर्नेछ।
आवश्यक स्वयंसेवक संख्या : ८ जना
शैक्षिक योग्यता : स्नातक वा स्नातकोत्तर अध्ययनरत
काम गर्नुपर्ने दिन र समय :
मंसिर ७-९, २०८२, (नोभेम्बर २३-२५, २०२५) बिहान १०:०० बजेदेखि साँझ ४ बजेसम्म
मंसिर १०-१२, २०८२, (नोभेम्बर २६-२८, २०२५) बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्म
मानविकी तथा समाज विज्ञान विषय अध्ययनरत वा यस विधामा काम गरेको पृष्ठभूमि भएका व्यक्तिहरूलाई ग्राह्यता दिइनेछ ।
थप जानकारी चाहिएमा तल दिइएको ठेगानामा सम्पर्क गर्नुहोस्।
मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
फोन : ०१-५३३८०५०, ४१०२०२७, ४१०२२४३
इमेल : chautari@mos.com.np