Call for Papers for the Workshop of Women Researchers – 2026

Discussion Type: Conferences and Workshop | Date: 29 Mar 2026 | Time: 09:15 AM

Details

Martin Chautari is organizing a one-day “Workshop of Women Researchers” on Sunday, March 29, 2026 (Chaitra 15, 2082). Research papers are invited from women researchers who are currently conducting or have completed their research in various fields of the humanities and social sciences. Six selected research papers will be included in the workshop. The workshop, to be held at Martin Chautari’s seminar hall in Thapathali, Kathmandu, has the following two objectives: 1) to promote women researchers working in the humanities and social sciences in Nepal and 2) to promote women’s voices in the public sphere.

The papers that meet the following criteria will be selected for the workshop.

  • The research paper should be at least 5,000 words long. It should not be incomplete.
  • All sources cited in the research paper should be included in the reference list. Any citation style can be chosen and used consistently.
  • The research paper should be either in Nepali or English.
  • A one-page maximum bio-data of the paper writer(s) should be attached.
  • The research paper should be submitted to the following email address mcannualconf@gmail.com by 10 am on February 27, 2026 (Falgun 15, 2082).

Six research papers will be selected after reviewing all the submitted research papers. Those who have not previously presented a research paper in the past editions of the “Workshop of Women Researchers” will get priority. The list of selected research papers will be published on March 4, 2026 (Falgun 20, 2082).

For more information:
Workshop Organizing Committee
Martin Chautari
27 Jeetjung Marg, Thapathali, Kathmandu
Telephone: 01-5338050; 01-4102027
www.martinchautari.org.np

-----

महिला अनुसन्धाता कार्यशाला – २०८२ का लागि अनुसन्धान-पत्र आह्वान

 

मार्टिन चौतारीले आइतबार, चैत १५, २०८२ (मार्च २९, २०२६) मा एक दिने महिला अनुसन्धाता कार्यशाला आयोजना गर्दैछ । मानविकी तथा समाज विज्ञानका विभिन्न विषयमा अनुसन्धान गरिरहेका वा अनुसन्धान कार्यलाई अन्तिम चरणमा पुर्‍याएका महिला अनुसन्धानकर्ताबाट यस कार्यशालाका लागि अनुसन्धान-पत्र आह्वान गरिन्छ । छनोट भएका ६ ओटा अनुसन्धान-पत्र कार्यशालामा समावेश गरिनेछ । कार्यशालाका निम्न दुई उद्देश्य छन् : १) नेपालमा मानविकी तथा समाज विज्ञानको क्षेत्रमा कार्यरत महिला अनुसन्धानकर्तालाई प्रवर्द्धन गर्ने र २) सार्वजनिक क्षेत्रमा महिला आवाजलाई प्रवर्द्धन गर्ने ।

निम्न मापदण्ड पूरा गरेको अनुसन्धान-पत्र मात्र कार्यशालामा समावेश गरिनेछ ।

  • अनुसन्धान-पत्र कम्तिमा ५,००० शब्दको हुनुपर्ने । अपूरो हुन नहुने ।   
  • अनुसन्धान-पत्रमा उद्धृत सबै स्रोतहरू सन्दर्भ-सामग्री सूची (References) मा समावेश गरिएको हुनुपर्ने । सन्दर्भ-सामग्रीको शैली (Citation Style) जुनै रोज्न सकिने, तर रोजेको शैलीमा एकरूपता हुनुपर्ने ।
  • अनुसन्धान-पत्र नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने ।
  • अनुसन्धान-पत्र प्रस्तोताको बढीमा एक पृष्ठको बायोडाटा संलग्न गर्नुपर्ने ।
  • अनुसन्धान-पत्र फागुन १५, २०८२ (फेब्रुअरी २७, २०२६) बिहान १० बजेसम्म निम्न इमेल mcannualconf@gmail.com मा आइसक्नुपर्ने ।

प्राप्त अनुसन्धान-पत्र अध्ययन गरी उपयुक्त पत्र छनोट गरिनेछ । यस अघि महिला अनुसन्धाता कार्यशालामा अनुसन्धान पत्र प्रस्तुत नगरेकालाई प्राथमिकता दिइनेछ । चयन भएका अनुसन्धान-पत्रको सूची फागुन २०, २०८२ (मार्च ४, २०२६) मा प्रकाशन गरिनेछ ।

थप जानकारीको लागि :
कार्यशाला आयोजक समिति
मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
टेलिफोन: ०१-५३३८०५०; ०१-४१०२०२७
www.martinchautari.org.np

 

 

Past Events