समाज अध्ययन जर्नल अंक २० का लागि लेख/रचना आह्वान

समाज अध्ययन जर्नल मार्टिन चौतारीले वि.सं. २०६३ (सन् २००६) देखि नियमित प्रकाशन गर्दैआएको मिडिया अध्ययनकै विस्तारित स्वरूप हो । नेपाली भाषाको यो “पियर रिभ्युड” जर्नल वार्षिक रूपमा प्रकाशन हुन्छ । यस जर्नलमा समाज विज्ञानका महत्त्वपूर्ण विधा समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्रका साथै आमसञ्चार, भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका सामग्री छापिन्छन् । ती विषयका अनुसन्धानमूलक लेख, टिप्पणी, पुस्तक समीक्षा, अन्तर्वार्ता एवं महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजले समाज अध्ययनमा ठाउँ पाउँछन् ।

जर्नलको १९ औँ अंक प्रकाशनको तयारीमा छ । २० औँ अंकका लागि आवश्यक सामग्री जुटाउन हामी लागेका छौँ । उक्त अंक सन् २०२५ को शुरूतिर प्रकाशन हुनेछ । यस अंकका लागि लेख, टिप्पणी, पुस्तक समीक्षा, आदि लेख्न चाहनुहुने लेखकहरूलाई जुन २, २०२४ (जेठ २०, २०८१ ) भित्रमा आफ्ना रचना बुझाउन अनुरोध गर्दछौँ । त्यसपछि आउने लेख/रचनाहरूलाई भने आगामी अंकहरूमा स्थान दिइनेछ ।

विश्वविद्यालयमा एमए, एमफील वा पीएचडी शोधपत्र लेखन गरिरहेका/गरिसकेका शोधार्थीहरूलाई यस जर्नलमा लेख लेख्न हामी विशेष प्रोत्साहन गर्दछौँ ।

समाज अध्ययनको सम्पादकीय निर्देशिकाका लागि हेर्नुहोस् : https://martinchautari.org.np/journal-details/samaj-adhyayan/samaj-adhyayan-journal-ko-sampadakiya-nirdeshika

समाज अध्ययनका पुराना अंकहरूको विषयसूचीका लागि हेर्नुहोस् : https://martinchautari.org.np/mc-book-series/journals/Samaj-Adhyayan

धन्यवाद

सम्पादक समूह
समाज अध्ययन जर्नल 
मार्टिन चौतारी, काठमाडौँ
Email: samaj.adhyayan@gmail.com 
फोन न‌ं. ५३३८०५० | ४१०२०२७