मिडिया अध्ययन प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास

2021-10-11

नेपाली सञ्चार माध्यमसम्बन्धी पुस्तक प्रकाशक प्रकाशनको बढ्दो क्रमले सञ्चार माध्यमसम्बन्धी अध्ययन अनुसन्धान कार्य सहज बन्दै गएको छ । यसैक्रममा नेपाली सञ्चार माध्यमसम्बन्धी प्राज्ञिक अनुसन्धानका पूर्वाधारबारे चर्चा गरिएको मिडिया अनुसन्धान प्राक्षिक पर्ुवाधार निर्माणका केही अभ्यास नामक पुस्तक प्रकाशित भएको छ ।

सञ्चार माध्यमका विविध पक्षहरुलाई समेटिएको यस पुस्तकमा समावेश गरिएका सामग्रीहरुलाई पाँच अध्यायमा विभाजन गरी विश्लेषण गरिएको छ । नेपाली सञ्चार माध्यममा खोजमूलक पुस्तक प्रकाशन गर्ने प्रवृत्ति कम भएकोले यस्ता पुस्तकहरुको प्रकाशन अपरिहार्य भएको धारणा राख्ने पुस्तकका लेखक देवराज हमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी लामो समयदेखि सञ्चार माध्यमसम्बन्धी अनुसन्धान कार्यमा संलग्न रहँदै आउनुभएको छ । नेपाली सञ्चार माध्यमसम्बन्धी अध्ययन, अध्यापन र स्नातकोत्तर तहमा गरिने शोधपत्र लेखन अभ्यासबारे विश्लेषण गरिएको पहिलो खण्डमा नेपालमा पत्रकारिताको अध्ययन र अध्यापन विस्तार गर्न गरिने प्राज्ञिक अनुसन्धानका अभ्यास कार्यहरु र त्यसको उपदेयतासम्बन्धमा व्याख्या गरिएको छ । अध्ययन र अनुसन्धान गर्न त्यससम्बन्धी प्राज्ञिक पर्ूवाधारहरु बलियो भयो मात्रै अनुसन्धान कार्य गुणात्मक हुन्छ ।

नेपालमा सञ्चार माध्यमसम्बन्धमा हुने गरेका कार्यक्रमहरुबारे कतै अभिलेख राख्ने प्रचलन छैन तर मार्टिन चौतारीले सङ्कलन गर्दै आएको कार्यपत्रहरुलाई आधार मानेर गरिएको विश्लेषणले यस्ता सामग्रीहरु सञ्चार माध्यम अनुसन्धान कार्यमा आवश्यक पूर्वाधार बन्न नसक्ने निष्कर्ष प्रस्तुत गरिएको छ । नेपाली सञ्चार माध्यमसम्बन्धी पुस्तक प्रकाशनको खण्डमा सञ्चार माध्यमको क्षेत्रमा प्रकाशनका विविध पक्षहरुको विश्लेषण पुस्तक वा जर्नलको प्रकार सम्बन्धित प्रकाशक, तिनका स्वरुप तथा प्रकाशनका लागि आर्थिक सहयोगको अवस्थासम्बन्धी जानकारीमूलक तथ्यहरु समावेश गरिएका छन् ।

खण्ड चारमा प्रस्तुत गरिएको सम्पादन र प्रकाशनको प्रक्रियाः मार्टिन चौतारीको अनुभव सामग्रीले सञ्चार माध्यमसम्बन्धी अध्ययन र अनुगमनमा रूचि हुनेहरुलाई थप खुराक प्रदान गर्दछ । पछिल्लो समयमा प्राज्ञिकस्तरको जर्नल प्रकाशन गर्दै आएको चौतारीले जर्नलको सम्पादन वा प्रकाशनको जिम्मेवारी सम्बन्धित अनुसन्धानकर्तालाई नै दिँदै आएको सर्न्दर्भहरु सम्बन्धित पक्षका लागि अनुसन्धानमा सहयोगी हुने सामग्रीहरु हुन ।

कुनै पनि क्षेत्रमा गरिएको अनुसन्धानका आधारमा प्रकाशित सामग्रीहरु सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि राम्रो पूर्वाधार हुनसक्छ । यसैकारण पनि प्राज्ञिक अनुसन्धानको धरातललाई बढाउन उक्त पुस्तक सहयोगी हुनेछ । साथै सञ्चार माध्यमसम्बन्धी अनुसन्धानको पूर्वाधार निर्माणतर्फ विभिन्न क्षेत्र र संस्थाबाट भइरहेका छलफललाई अगाडि बढाउने उद्देश्यबाट प्रकाशित उक्त पुस्तक सञ्चार माध्यमकर्मी विद्यार्थी र अनुसन्धानकर्मीहरुका लागि समेत अत्यन्तै पठनयोग्य सामग्री हुनेछ ।

युवामञ्च २०६५ बैशाख, पृ.४७


About the Author

More Blogs