समाज अध्ययन

मार्टिन चौतारीले वि.सं. २०६३ (सन् २००६) देखि नियमित प्रकाशन गर्दैआएको मिडिया अध्ययन जर्नलकै विस्तारित स्वरुप हो समाज अध्ययन । नेपाली भाषामा वार्षिक रुपमा प्रकाशन हुने यस 'पियर रिभ्युड' जर्नलमा समाज विज्ञानका कोर विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र लगायत आमसञ्चार, भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका सामग्री छापिने छन् । ती विषयका अनुसन्धानात्मक लेख, टिप्पणी, साहित्य समीक्षा, पुस्तक समीक्षा, अन्तर्वार्ता, चित्रकथा, सन्दर्भ सूची र महत्त्वपूर्ण एवं ऐतिहासिक दस्तावेजले समाज अध्ययनमा ठाउँ पाउनेछन् । तसर्थ, प्रकाशनका लागि आफ्ना लेख-रचना उपलब्ध गराउन समाज विज्ञानमा रूचि राख्ने समस्त लेखक वर्गसँग हामी हार्दिक आग्रह गर्दछौँ । लेख-रचना सम्बन्धी मापदण्ड यस जर्नलको सम्पादकीय निर्देशिकामा उल्लेख भए अनुसार हुनेछ।
|
|
मार्टिन चौतारीले वि.सं. २०६३ (सन् २००६) देखि नियमित प्रकाशन गर्दैआएको मिडिया अध्ययन जर्नलकै विस्तारित स्वरुप हो समाज अध्ययन । नेपाली भाषामा वार्षिक रुपमा प्रकाशन हुने यस 'पियर रिभ्युड' जर्नलमा समाज विज्ञानका कोर विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र लगायत आमसञ्चार, भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका सामग्री छापिने छन् । ती विषयका अनुसन्धानात्मक लेख, टिप्पणी, साहित्य समीक्षा, पुस्तक समीक्षा, अन्तर्वार्ता, चित्रकथा, सन्दर्भ सूची र महत्त्वपूर्ण एवं ऐतिहासिक दस्तावेजले समाज अध्ययनमा ठाउँ पाउनेछन् । तसर्थ, प्रकाशनका लागि आफ्ना लेख-रचना उपलब्ध गराउन समाज विज्ञानमा रूचि राख्ने समस्त लेखक वर्गसँग हामी हार्दिक आग्रह गर्दछौँ । लेख-रचना सम्बन्धी मापदण्ड यस जर्नलको सम्पादकीय निर्देशिकामा उल्लेख भए अनुसार हुनेछ। |