उपयोगी पुस्तक रेडियो नेटवर्क

2021-10-08

एक दशकयता नेपालमा रेडियोको विकास द्रुत गतिमा भएको छ । खासगरी एफ एम रेडियो त अहिले मुलुकको कुना काप्चामा पुगेको छ । दोस्रो जनआन्दोलनपछि एफएम रेडियो खोल्ने लहर नै चल्यो । यो लहरसँगै एफएम रेडियोले सञ्चार क्षेत्रमा अप्रत्यशित फड्को नै मारेको छ । गएको ०६५ कात्तिकसम्म करिब तीनसयको हाराहरीमा एफएम रेडियो प्रसारणका लागि सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजतपत्र दिइएको छ । यो त्रम अझ जारी छ । रेडियो प्रसारणलाई स्तरीय एवं विश्वसनीय बनाउन रेडियोकर्मीहरु अथक प्रयासरत छन । यिनै प्रयासका बीच रेडियोको प्रसारणलाई उपभोक्ता स्रोताअनुकुल बनाउने दिशामा रेडियो नेटवर्कले महत्वपूण भूमिका निर्वाह गरेको छ । रेडियोबीचको सम्बन्धसँगै आमस्रोतालाई आकषिर्त गर्ने किसिमको कार्यक्रम उत्पादन वितरणलगायत कार्य नेटवर्किङ्मार्फ भइरहेको छ ।

यिनै रेडियो नेटवर्कका विषयमा अध्ययन अनुसन्धान गरी 'रेडियो नेर्टवर्कः अभ्यास, अन्तरवस्तु र स्थानीय प्रभाव नामक पुस्तक बजारमा आएको छ । मार्टिन चौतारीले प्रकाशन गरेको त्यस पुस्तकका लेखकहरु देवराज हुमागाईं, कोमल भट्ट र हर्षान महर्जन हुनुहुन्छ । एफएम रेडियोले सञ्चार विकासमा स्थानीय तहमा गरेको विकास प्रभावलाई समेटेर तयार गरिएको पुस्तकमा रेडियो नेटवर्किङ् कसरी भइरहेको छ भन्ने् विषय स्पष्ट चित्रण गरिएको छ । अहिले निकै बहस चलिरहेको रेडियो नेटवर्किङसम्बन्धी सामग्रीको अध्ययन, रेडियो स्टेसन तथा कार्यक्रम उत्पादन गृहहरुको अलोकन भ्रमण समेत लेखकहरुले गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा रेडियोका सञ्चालनक, व्यवस्थापक तथा रेडियोकर्मी श्रोताक्लबका प्रतिनिधि, अन्य मिडिया तथा पत्रकारहरुको पेशागत संगठनमा आवद्ध व्यक्तिहरुसँग कुराकानी गरिएको थियो । कुराकानीकै आधारमा लेखकहरुले विकसित रेडियो नेटवर्किङका विषय पुस्तकमा उल्लेख गर्नुभएको छ ।

रेडियो नेटवर्किङ हाम्रो नेपालमा तीन थरिका अभ्यास भइरहेका छन् । रिले प्रसारण, नेटवर्क रेडियो र रेडियो नेटवर्क रहेका छन् । राजधानी रहेका रेडियोले विभिन्न स्थानमा रिले स्टेसन स्थापना गरेर कार्यक्रम प्रसारणमा कान्तिपुर र इमेज एफएम छन् । दोस्रो थरिको नेटवर्क रेडियोमा रेडियो नेपाल पर्दछ । रेडियो नेपालले क्षेत्रीय प्रसारण केन्द्रमार्फ केही स्थानीय तहमा उत्पादन सामग्री र बाँकी समय केन्द्रीय सामग्रीलाई रिले प्रसारण गर्दछ यस्तै अर्काे थरिको नेटवर्किङमा उज्यालो नेटवर्क र नेपाल एफएम लगायतका पर्छन । यस्तो अभ्यासमा एउटा उत्पादनगृहले कार्यक्रम उत्पादन गरी विभिन्न एफएम रेडियोमा एकै समय वा फरक फरक समयमा प्रसारण गर्ने गर्दछन् । तेस्रो थरिका अभ्यास अहिले निकै लोकप्रिय पनि बनेको छ । यद्यपि यो अभ्यासले स्थानीय रेडियोको पहिचानलाई नै सङ्कटमा पारेको परम्परागत केन्दीकृत सामन्ती राज्यप्रणालीकै अवधारणालाई बल पुर्‍याएको र केन्द्रबाट मोफसललाई सूचनाको एकतर्फी प्रवाहलाई नै जोड दिएको जस्ता आक्षेपपूर्ण तर्क छ भने अर्का तर्फस्थानीय स्तरमा निर्माण हुने कार्यक्रमलाई  स्तरीय बनाउन र राष्ट्रिय तहमा भइरहेका महत्वपूर्ण सूचना र समाचार दिएर सूचनामा जनताको पहुँचलाई बढाएको पनि तर्क प्रस्तुत गरिएको छ । स्थानीय रेडियोको पहिचान बलियो पार्न रेडियोको नेटवर्कले सहायक र सहयात्रीको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रकाशित उक्त पुस्तकलाई चार अध्यायमा बाँडेर लेखिएको छ । पहिलो अध्यायमा एफएम नेटवर्किङ सुरू भएको प्रसङ्ग र त्यसको विकासलाई समेटिएको छ भने दोस्रो र तेस्रो अध्यायमा रेडियोको नेटवकिङमार्फ प्रवाह भइरहेका सामग्रीका बारेमा जानकारी दिइएको छ । यो अध्यायमा शिक्षा तथा विकासमूलक कार्यक्रमबारे चर्चा छ । यस्तै काठमाडौँ बाहिरका एफएम रेडियोको अवस्था र तिनमा नेटवर्किङले पारेको प्रभावमाथि चौथो अध्याय केन्द्रित छ । रेडियो वा नेटवर्किङ क्षेत्रमा संलग्न तथा सञ्चार क्षेत्रसम्वद्ध व्यक्तिका लागि यो पुस्तक अत्यन्त उपयोगी देखिएको छ ।

 
गोरखापत्र२०६६जेठ९ शनिबार 'ग'


About the Author

More Blogs