रेडियो नेटवर्क

2021-10-08

अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा रेडियो सञ्जालको अवस्था र प्रभावका विषयमा चर्चा गरिएको छ । चार अध्यायमा विभक्त पुस्तकको परिचय भागमा नेपालमा भएका रेडियो नेटवर्कको बहस समावेश गरिएको छ । महिलो अध्यायमा नेटवर्कको विकास र सुरुआत, दोस्रोमा नेटवर्कअन्तर्गत बज्ने कार्यक्रमको समीक्षा, तेस्रोमा नेटवर्कको अभ्यासका विषयमा उल्लेख छ जसमा नेपाल एफएम र उज्यालो एफएमबारे चर्चा गरिएको छ । अन्तिम अध्यायमा नेपालका विभिन्न ठाउँका स्थानीय रेडियोको अवस्था र नेटवर्कले पारेका प्रभावबारे बताइएको छ । यो पुस्तक मिडियासम्बन्धी अध्ययन गर्नेका लागि उपयोगी हुनसक्छ ।

नागिरक(घुमफिर)-२जेठ२०६६


About the Author

More Blogs