मिडिया अध्ययन

मिडियाका विविध पाटामाथि अनुसन्धान र बहस प्रवर्द्धन गर्न चाहनेहरूका लागि सन् २००६ मा प्राज्ञिक जर्नलको रूपमा मिडिया अध्ययन सुरु गरिएको थियो। त्यति बेला मिडिया अध्ययनका क्षेत्रमा देखिएका वस्तुगत र विश्लेषणात्मक सामग्रीको अभाव कम गर्ने उद्देश्य यसको थियो। सन् २००६ देखि २०१५ सम्मको दश अंकमा मिडियाका विभिन्न क्षेत्र जस्तै छापा, रेडियो, टेलिभिजन, चलचित्र, इन्टरनेट, पुस्तक प्रकाशन, सूचना प्रविधि आदिबारे अनुसन्धानमूलक तथा प्राज्ञिक लेख, विचार, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा, अन्तर्वार्ता, प्रतिवेदन, सन्दर्भ सामग्री र अन्य सान्दर्भिक दस्तावेज प्रकाशन गरिएको थियो। मिडिया अध्ययनको १ देखि ८ अङ्कसम्मको प्रकाशक मार्टिन चौतारी थियो। सन् २०१४ को नवौँ अंक भृकुटी एकेडेमिक पब्लिकेसन्सले प्रकाशन गरे पनि दशौँ अंक पुनः मार्टिन चौतारीले नै प्रकाशन गरेको थियो।

मिडियाबारे अनुसन्धान फाट्टफुट्ट हुने र भएका अनुसन्धानलाई पनि प्राज्ञिक कसरत गरी यस्ता जर्नल वा अन्य माध्यममार्फत बाहिर ल्याउने जमात अत्यन्तै सानो भएकाले मिडियामा मात्र केन्द्रित जर्नलको निरन्तरता चुनौतीपूर्ण रह्यो। अर्कोतर्फ व्यापक समाज विज्ञानको क्षेत्र समेटिने नेपाली भाषाको जर्नलको आवश्यकता उत्तिकै खट्‌किएको थियो। त्यसैले मिडिया अध्ययनलाई नयाँ नाम – समाज अध्ययन – र अन्तर्वस्तु सहित रूपान्तरण गरिएको छ। 

लेखक/लेख सूची

जर्नल समीक्षा 
मिडिया अध्ययनका आठ वर्ष: स्वमूल्यांकन
मिडिया अध्ययनका आठ वर्ष: बाह्य मूल्याङ्कन

 

 

 

पत्रपत्रिकामा प्रकाशित मिडिया अध्ययनको समीक्षा

चाहिन्छ आत्मसमीक्षा

चाहिन्छ आत्मसमीक्षा

शाहीशासनकालमा नराम्ररी कठ्याङ्ग्रिएको नेपाली मिडियाले …अप्रिल रिभोलुशन' पछि फेरि पारिलो घाम पाएको छ। सञ्चारकर्मीहरूमा पनि परिपक्वता बढेको अनुभव भइरहेको छ। पछिल्लो उदाहरण हो, ११'१२ पुसको नेपालगञ्ज घटनाको संयमित प्रस्तुति। केही अपवादबाहेक अधिकांश सञ्चारमाध्यमले त्यसलाई अतिरञ्जित गरेनन्, बरु घुमाइफिराई साम्प्रदायिक सद्भावको सन्देश दिए। यति हुँदाहुँदै पनि नेपाली मिडिया पूर्ण जिम्मेवार र व्यावसायिक भएको किटान गर्ने आधारहरू अझै तयार भइसकेका छैनन्। मिडियाभित्र सुखद सम्भावना मात्र हैन, दुःखद विडम्बनाहरू पनि सँगसँगै हुर्किरहेका छन्। कुनै सञ्चारकर्मी वा मिडियाका कारण अर्को सञ्चारकर्मीले लज्जित हुनुपर्ने स्थिति अझै छ। पत्रकारितामा तन्नेरी जोश मात्र छैन, बेहोसीको बग्रेल्ती उदाहरणहरू पनि छन्।

तिनलाई कसरी सुधार्ने? एउटा प्रभावकारी माध्यम हुन सक्छ' आत्मसमीक्षा। मार्टिन चौतारीको वार्षिक जर्नल …मिडिया अध्ययन' लाई त्यस्तै एउटा प्रारम्भ मान्न सकिन्छ। मिडिया उद्योगभित्रका समग्र पक्ष, तिनको प्रस्तुति, सीमितता, अपेक्षा र अर्घेल्याइँहरू केलाउने चौतारीको यो प्रयासले मिडिया'सिंहावलोकनको नयाँ बाटो खोलेको छ। जस्तो; …सफलताको शिकार' शीर्षकको टिप्पणीमा केदार शर्माले स्वीकारेका छन्, “एउटा राम्रो अग्रसरता (विकास पत्रकारिता) ले गति लिन सकेन। सफलतामा आधारित विकास पत्रकारिता बाँदरको पुच्छर भयो, विकास प्रक्रियाका लागि लौरो न हतियार।” नेपाली पत्रकारितामा यस्ता आत्मस्वीकृति/ आत्मसमीक्षाको खाँचो छ।
 
हालै सार्वजनिक मिडिया अध्ययन'१ मा रेडियो व्यवस्थापन, …माघ १९' को असर, पत्रकारितामा दलित र जनजाति, टिभी विज्ञापनमा शक्तिको प्रयोग, पोखरामा छापाखाना, ग्रामीण र विकास पत्रकारिता, प्रेस काउन्सिल नेपाल, सञ्चार माध्यममा भाषिक त्रुटि, स्नातकोत्तरमा पत्रकारिता जस्ता जनचासोका विषय र तिनको उत्खनन भेट्न सकिन्छ। आलेखहरू विश्लेषणात्मक र विचारोत्तेजक पनि छन्। कुनै कुनै लेखले सम्बन्धित विषयको नसा'धमनीसमेत केलाउने प्रयास गरेका छन्। ग्रामीण पत्रकारिताको अवधारणा र अभ्यास बुझ्न विनय कसजुकोे एउटै समीक्षा पर्याप्त छ। कमलराज सिग्देलको टेलिभिजन विज्ञापनसम्बन्धी अध्ययनले मान्छेको आँखा'आँखामा हुर्किदै गरेको भोएरिजम (गोप्य रुपमा अन्य व्यक्तिका यौनाङ्ग चिहाउने) र फेटिसिजम् (प्राकृतिक संभोगका लागि अनुपयुक्त अङ्ग हेरी यौनानन्द लिने प्रक्रिया) माथि कटाक्ष मात्र गरेको छैन, शहरी उपभोक्ता, उत्पादक र प्रचारकहरूको स्वाद र हेराइ कसरी र कति विसंगत बन्दै/बनाइँदैछ ' त्यसको रोचक आँकलन गरेको छ। विनय गुरागाइँ, केशवराज पराजुली, खगेन्द्र नेपाली, गुणराज लुइँटेल र यशोदा तिम्सिनाका संस्मरणात्मक लेखले सञ्चारकर्मको उन्नयनसँगै त्यहाँभित्र हुर्किरहेका विभिन्न आयाम तथा प्रवृत्तिहरूको चिरफार गरेका छन्। कुनै कुनै संस्मरण निकै आत्मगत छन्। तर तिनमा समेत अनुभव र सु‰ावको चास्नी भेट्न सकिन्छ। संस्मरणभित्र आएका तथ्य'तथ्याङ्क नेपाली पत्रकारिताको समीक्षात्मक इतिहास लेख्नेहरूका लागि समेत उपयोगी हुन सक्छन्।

माघ १९ को असर' खण्डमा प्रकाशित रघु मैनाली र प्रशान्त अर्यालका आलेख नेपाली मिडियाले भोगेको चरम पीडाका दस्तावेज पनि हुन्। सञ्चारमाध्यममा भएको सेन्सरसीपको पराकाष्टामाथि यसअघि पनि प्रशस्त लेखिएका छन् तर मैनालीले तत्कालीन घटनाक्रम र कठ्याङ्ग्रिएका अनुभूतिहरूसँगै तिनको प्रभावको समेत विश्लेषण गरेका छन्। उनको एउटा ठहर छ्, “सम्पादकीय स्वतन्त्रता कायम गर्ने पक्ष नेपालमा अझै पनि चुनौतीका रूपमा रहेको छ।” यो नेपाली मिडियाले अनुभव गरिरहेको तीतो यथार्थ हो।
पत्रकारितामा जनजाति र अल्पसंख्यक समुदायको यथोचित प्रतिनिधित्व नरहेको तथ्य नेपाली मिडियाको अर्को यथार्थ हो। सत्य हो, नेपाली मिडिया समावेशी हुन सकिरहेको छैन। त्यो पृष्ठभूमिमा जनजाति समुदायमा पत्रकारिताको लहरमा समाहित हुने आकाङ्क्षा पलाउनु स्वागतयोग्य कुरा हो। खिम घले र प्रतीक ङेसुर तामाङका टिप्पणीले प्रकारान्तरले त्यही आकाङ्क्षाको उद्बोधन गरेका छन्। तथापि, दुवै लेख संस्था'परिचयको सेरोफेरोमा सीमित छन्। जेबी विश्वकर्माको …दलित सवाल र नेपाली छापाखाना' ले भने स्थिति र कारणसमेतको लेखाजोखा गरेको छ।

नेपाली पत्रकारितामा यसरी नै उठाउनुपर्ने अर्को विषय हो, भाषिक त्रुटि। भाषाप्रेमीहरू यो विषयमा चिन्तित पनि छन्। त्यस्तै चासोको परिणाम हो …हाम्रो भाषा' (हिमाल एसोसिएशन, २०६३) जस्ता पुस्तकको प्रकाशन। तथपि, यस्ता प्रयास र बहस अपर्याप्त छन्। …मूल कुरा सञ्चार हो, भाषा किन चाहियो?' भन्दै प्रस्तुतिको दोहोलो काढ्नेहरूलाई चंकी श्रेष्ठको आलेखले मीठो झापड दिएको छ। र, समाएको छ ' भाषिक क्षमता पत्रकारिताको अलङ्कार मात्र हैन, पत्रकारको आधारभूत योग्यता पनि हो।

सँगालोमा सङ्गृहीत पत्रकारिता शिक्षणसम्बन्धी तीन आलेखले भने एउटा विरोधाभासको चित्रण गरेका छन्। लालदेउसा राईको समीक्षाले त्रिविको पत्रकारिता र आमसञ्चार विभागको दयनीय अवस्था एक्काइसौं शताब्दीको …वेक अप कल' भएको यथार्थ बोलेको छ। तर रामकृष्ण रेग्मी र मञ्जु मिश्रका आलेख आ'आˆना कलेज र कोर्सको विज्ञापनमा केन्द्रित छन्। राईको लेखमा पत्रकारिता शिक्षणका कमी, कमजोरी र दुरावस्थाको तस्बिर देख्ने पाठकहरूले रेग्मी र मिश्रका शब्दहरूमा आत्मविज्ञापन पाउँछन्। तब प्रश्न उठ्छ' निजी क्षेत्रमा स्नातकोत्तर तहको आमसञ्चार शिक्षण पाँच वर्षमै यति समुन्नत, सुविधासम्पन्न भइसक्यो त? हो भने त्रिविले त्यसबाट किन नसिक्ने? हैन भने यो अतिरञ्जना किन?

एउटै सँगालोमा धेरै चीज अटाउने रहरलाई जर्नलको विशेषता वा कमजोरी जे भने पनि हुन्छ। पुस्तक समीक्षा, प्रतिवेदन जस्ता सामग्रीलाई समेत वजनदार तरिकाले प्रस्तुत गर्नु …मिडिया जर्नल' को अर्को सकारात्मक पक्ष हो जसरी एउटै अन्तर्वार्ताले प्रेस काउन्सिल नेपालको साङ्गोपाङ्ग तस्बिर दिएको छ। र, जर्नलले मिडियामाथि सक्दो समालोचना हुनुपर्ने तथ्य बारम्बार औंल्याएको छ। यसले भविष्यका निम्ति उपयुक्त बाटो बनाउने आधार तयार गर्छ। जर्नलका सम्पादकहरूले भनेझैँ मिडियामाथि अनुसन्धान गर्न आवश्यक प्राज्ञिक संरचना बन्न बाँकी नै छ। त्यसनिम्ति पनि आत्मसमीक्षा, अनुसन्धान, विश्लेषणको आँधीबेहरी सिर्जना गर्नु आवश्यक छ।

 

स्रोतः हिमाल खबरपत्रिका १६-२९ माघ २०६३

The Kathmandu Post

The Kathmandu Post

Martin Chautari has come up with a yearly journal in Nepali to provide to people interested in journalism a platform to debate on different issues related to media studies. The journal covers interesting topics such as radio management, the role of dalits and jananjatis in journalism, the after-effects of the royal move, rural and development journalism, the role of Nepal Press Council, and so on. It is hoped that annual publication of such a journal would systematize the tradition of media studies, which has recently started in the country. The first section of the journal incorporates media-based analytical essays, while the succeeding sections consist of reports, comments, reviews and interviews related to press, radio, television, films, internet and information technology.            

Although targeted at students of media and communication, Kundan Aryal's review of the works of cartoonist Durga Baral in ''Batsyan and his works'', Khagendra Nepali's reminiscence of his radio career in '' Radio Jeewan ko mero Samjhana: Ek Asan Ma'' are an interesting read for anyone interested in journalism and Nepali media.

Source: The Kathmandu Post, 21 Jan 2007, p. 4

मिडिया चासो

मिडिया चासो

नेपालमा मिडियामाथि अनुसन्धान गर्न आवश्यक प्राज्ञिक संरचना बन्न नसकेको परिप्रेक्ष्यमा मार्टिन चौतारीले 'मिडिया अध्ययन' नामको वार्षिक जर्नल सुरु गरेको छ ।

देवराज हुमागाईं, प्रत्यूष वन्त, शेखर पराजुली, कोमल भट्ट र कृष्ण अधिकारीको सम्पादनमा निस्किएको पहिलो अंकमा मूलधारको पत्रकारितामा क्रियाशील पत्रकार र अनुसन्धाताहरुका लेख समावेश गरिएका छन् । जर्नललाई लेख, माघ १९ को असरसम्बन्धी विशेष टिप्पणी, संस्मरण, अन्तर्वार्ता, प्रतिवेदन र पुस्तकसमीक्षा गरी विभिन्न भागमा बाँडिएको छ ।

ग्रामीण पत्रकारितादेखि टेलिभिजनको विज्ञापनसम्म र रेडियो व्यवस्थापनदेखि पोखराको छापाखानासम्म यसमा अटाए पनि यो जर्नलले धेरै कुरा अझै समेट्न सकेको छैन । केही संस्थागत र केही व्यक्तिगत विज्ञापनजस्ता लाग्ने लेखले नेपालको सञ्चारक्षेत्रको प्रतिनिधित्व गर्न सक्दैनन् । मिडिया जर्नल एउटा गहकिलो वार्षिक दस्तावेज हुनुपर्छ, जसमा अनुसन्धानात्मक सामग्री समेटिएको होस् ।

स्रोतः नेपाल समाचारपत्र 'सौगात', १३ माघ २०६३, पृ. ख

पत्रकारिताको दस्तावेज

पत्रकारिताको दस्तावेज

प्रतिमा माखिम

मार्टिन चौतारीले 'मिडिया अध्ययन १' नामक पुस्तक प्रकाशन गरेको छ । पत्रकारितामा रुचि राख्ने, अध्ययन र अनुसन्धान गर्नेका लागि यो कृति उपयोगी हुने देखिन्छ । मिडियासम्बन्धी खँदिलार वस्तुपरक विश्लेषणको अभावलाई यसले राहत दिने प्रयास गरेको छ । छापा तथा विद्युतीय सञ्चार माध्यमका लागि खोजमूलक तथा प्रज्ञिक लेख, विचार, टिप्पणी, संस्मरण र प्रतिवेदनलगायत यसमा समेटिएको छ ।

ग्रामीण पत्रकारिता, राजनीतिक रिपोर्टिङ, रेडिया र टिभीलगायतका विषय यसमा समाविष्ट छ । पत्रकारिता तथा आमसञ्चारमा भाषिक अशुद्धिले दिने गलत सन्देशबारे उदाहरण दिएर पत्रकारिताका विद्यार्थीलाई सचेत गराइएको छ । डेढ दशकको अवधिमा नेपाली सञ्चारमाध्यमले मारेको फड्को र उतार-चढावसँगै ग्रामीण पत्रकारिताको महत्त्वलाई केलाइएको छ । पत्रकारिताको भौतिक र आर्थिक उन्नति एवं भाषिक विकासलाई उत्तिकै महत्त्व दिइएको छ ।

पुस्तकमा विनयकुमार कसजूले 'ग्रामीण पत्रकारिताः अहिलेको सन्दर्भमा', चंकी श्रेष्ठले 'नेपाली आमसञ्चारमा भाषिक त्रुटि', र गुणराज लुइँटेलले 'राजनीतिक रिपोर्टिङको मेरो अनुभव' शीर्षकमा लेखेका छन् । यसलाई पत्रकारिताको दस्तावेज मान्न सकिन्छ ।

स्रोतः कान्तिपुर, २६ जेठ २०६४

State of Nepali Media

State of Nepali Media

Kathmandu: Media Adhyayan - 1, the inaugural issue of the annual journal by the same name, analyses the state of media in Nepal as of 2006 through the eyes of various media experts. The book aims to engage the curiosity of those interested in social commentary on all forms of media and researchers in the field.

Brought out by Martin Chautari, it follows the development of free media that began to take root following the success of 1990 revolution. The book looks to fill in the void left by the dearth of objective study of media-related issues and covers all forms of popular media like print, radio, television, films, internet, book publishing and information technology.

The Himalayan Times, 18 March 2006, p.7

मिडियाको अन्तरकथा

मिडियाको अन्तरकथा

नेपाली मिडिया सम्बन्धी जर्नल मिडिया अध्ययन १ निकालेको ६ महिनापछि नै मार्टिन चौतारीले मिडिया अध्ययन २ निकालेको छ । पहिलो अङ्कमा पाठक तथा शुभेच्छुकहरुले देखाएको रुचि र अत्सुकताका कारण दोस्रो अङ्कका लागि काम गर्ने जाँगर बढेको बताएका छन् जर्नल सम्पादकहरुले ।

मिडिया अध्ययन २ मा राजधानी र मोफसलका छापा, रेडियो र टेलिभिजन मिडियाका विगत र वर्तमान खोतल्दै यसका चुनौती झल्कने विभिन्न अनुसन्धानमूलक लेखहरु समेटिएको छ । कृष्णराज सर्वहारीको 'थारू पत्रकारिताको विगत र वर्तमान' अनुभव अजीतको 'नेपाली चलचित्रकव आरम्भ' र तिलक पाठकको 'साप्ताहिक पत्रिकामा दलीय राजनीति' सम्बन्धी उत्खनन् गहकिला लेख हुन् ।

टिप्पणी खण्डअन्तर्गत विजय घिमिरेद्वारा लेखिएको 'नेपालमा आर्थिक पत्रकारिता', डा. सुशील कोइरालाद्वारा गरिएको 'नेपाली मिडियामा स्वास्थ्य' को विवेचना निकै पठनीय छन् । सुजित महतद्वारा गरिएको वीरगञ्जको पत्रकारिताको आलोचनात्मक विश्लेषण र मोहन मैनालीको पत्रकारिता तालिम सम्बन्धी टिप्पणी सटिक छन् । जर्नलमा लेख, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा र सन्दर्भ सामग्री गरी पाँच खण्डमा छन् । हर्षमान महर्जनद्वारा तयार गरिएको 'नेपाली प्रेस स्वतन्त्रताः सन्दर्भ सामग्री' ले नेपालको प्रेस स्वतन्त्रताको बारेमा अध्ययन गर्न चाहने सबैलाई गतिलै सहयोग पुर्याउने छ । नेपाली मिडिया बुझ्न चाहने सबैका लागि राम्रो चौतारी भएको छ मार्टिन चौतारीको मिडिया जर्नल ।

स्रोतः हिमाल खबरपत्रिका, १-१५ भदौ २०६४, पृ.६०, वर्ष १७, अङ्क ९

शब्दश्री

शब्दश्री

आमसञ्चारसम्बन्धी पुस्तक प्रकाशनको शृंखला नै चलाई रहेको 'मार्टिन र्चातारी'ले मिडियासम्बन्धी अर्को पुस्तक बजारमा ल्याएको छ । 'मिडिया अध्ययन ३' नामको यो पुस्तकमा आमसञ्चार क्षेत्रका विविध पाटालाई विभिन्न शैलीसहित प्रस्तुत गरिएको छ ।

पुस्तकले आमसञ्चारका विभिन्न पक्ष र पाटाहरुलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेको छ । कतिपय प्रसङ्गहरु अनुभवमा आधारित छन् त कतिपय चाहिँ अनुसन्धानमा । पुस्तकमा १२ जनाले कलमको मसी खर्च गरेका छन् भने सम्पादन गरेका छन् देवराज हुमागाइँ, प्रत्यूष वन्त, शेखर पराजुली र कोमल भट्टले ।

जतिजति आमसञ्चार क्षेत्रबारे पुस्तकहरू प्रकाशन हुँदै जान्छन्, विषय र सर्न्दर्भहरू पनि थप हुँदै जान्छन् । ती कति त एकदमै नौलो पनि लाग्छन् । यस मेसोमा घिमिरे युवराजको 'छापामा कलाको स्थान', सुधीर शर्माको 'नेपालमा म्यगेजिन पत्रकारिता', रमा पराजुलीको 'न्यूजरुम संस्कृति' असाध्यै पठनीय लाग्छन् । त्यतिमात्र होइन, अन्य थुप्रै सामग्रीहरू आमसञ्चारसँग जोडिएका सबैका लागि उपयोगी मात्र छैनन्, रोचकसमेत छन् ।

राजधानी, २०६५ असार १६, पृ. ६

मार्टिन चौतारीको अर्को गहकिलो पुस्तक

मार्टिन चौतारीको अर्को गहकिलो पुस्तक

  • नेपालमा श्रमजीवी पत्रकारको अवस्थालार्इ कतिपयले बाधा मजदुरको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । अहिले पनि 'अरूका आङमा जुम्रा देख्ने पत्रकार आफ्नै आङमा भैंसी हिँडेको देख्दैनन्' भनेर पनि टिप्पणी हुने गरेको छ । कुनै कारखानाका मजदुरले दुर्इ महिनादेखि तलब पाएनन् भनेर पत्रकार स्वयं चाहिँ चार महिना भन्दा बढी समयदेखि तलब नपाइरहेको हुन्छ भन्ने 'जोक' पत्रकारिता क्षेत्रमा व्यापक छ ।
     
  • दैनिक पत्रिकारहरू आफ्नो प्रकृतिअनुरूप मूलत घटना केन्द्रित भए । तर एकथरी पाठकको चाहना घटना विशेषबारे जानकारी पाउनेमा मात्र सीमित थिएन, उनीहरू घटना-प्रवृत्तिनै बुझाउने खालको गहन समाचार वा विश्लेषण चाहन्थे । त्यो रिक्तता भर्ने काम म्यागजिनकारिताले गर्यो ।
     
  • समग्र पत्रकारिताको विगत र वर्तमानलार्इ हेर्दा कलाको विकास सँगै कला पत्रकारिताको विकास भएको देखिँदैन । यस अध्ययनका आधारमा भन्नुपर्दा पत्रपत्रिकाहरूमा समाचार लेखन, समाचारको स्तर र कला समीक्षाले पाएको स्थानलार्इ हेर्दा कला पत्रकारिता ज्यादै धीमा देखिन्छ ।
     
  • सामान्यतया समाचारले सत्य, निष्पक्ष र स्वतन्त्र सूचनाको सम्प्रेषण गर्छ भन्ने मान्यता हो । तर विराटनगरका केही अभ्यासलार्इ हेर्दा सूचनालार्इ तोडमरोड गरी ब्ल्याकमेलिङ गर्ने प्रकृया केहीको नित्य कर्म जस्तै बनिसकेको छ । यस्तो ब्ल्याकमेलिङ पनि कुनै बेला साँच्चिकै भएको समाचारलार्इ लिएर हुन्छ त कुनै बेला कसैको नकारात्मक कुराको चर्चा नगरी सकारात्मक पक्षलार्इ मात्र राखेर गरिन्छ । जस्तै भ्रष्ट, तस्कर र खराव प्रवृत्तिभएकाहरूलार्इ प्रोत्साहन हुने खालका समाचार, लेख प्रकाशन र प्रसारण गरिदिएर पनि रकम असुल्ने गरिएको पाइन्छ ।
     
  • मिडियाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको छ । यो आम उपभोक्ताप्रति मात्रै हैन पत्रकारहरूप्रति नै उत्तरदायी र जवाफदेहि छैन । नाम नखोल्ने सर्तमा कान्तिपुर पब्लिकेसनको सम्पादकीय टोलीका एक सहकर्मी भन्छन्, "प्रत्येक दिन कान्तिपुरमा गलत समाचारहरूको लस्कर देखिन्छ । ती समाचारलार्इ कान्तिपुरले सच्याउने चेष्टा गर्दैन । हरेक दिन यति धेरै सूचना सच्याउन सम्भव पनि हुन्न । तर लेखकहरूले सीधै सूचनालार्इ आधार बनाएर विचार लेखे भने त्यो विश्लेषण सही त हुँदैन नै स्वाभाविक रूपमा राम्रो र तथ्यपरक पनि हुँदैन ।"
     
  • शिक्षा विटका पत्रकारहरूले कक्षा कोठाबाहिरका गतिविधिलार्इ उठाए पनि कक्षाभित्र प्रवेश गर्ने वातावरण बनेको छैन । अर्थात कक्षाकोठाभित्र पठनपाठनको वातावरण कस्तो छ ? निजी विद्यालयमा पढाइने पाठ्यक्रम कस्तो छ, शिक्षकले आफ्ना विद्यार्थीलार्इ कसरी बढाउँछ आदिबारेमा रिपोर्टिङ गर्नका लागि कक्षाकोठामा पत्रकारले प्रवेश पाउँदैनन् । यसका लागि पत्रकारिता क्षेत्रले पनि त्यति आवाज उठाएको पाइँदैन ।


माथिल्ला प्रसंगहरू मार्टिन चौतारीले हालै प्रकाशित गरेको मिडिया अध्ययन ३ को हो । यस अघि पनि मिडिया अध्ययन १ र २ प्रकाशित गरिसकेको मार्टिन चौतारी मिडियाकै बारेमा यसरी बृहत् रूपमा अध्ययन गर्ने सम्भवत पहिलो संस्था हुनुपर्छ । पुस्तकको सम्पादन देवराज हुमागार्इं, प्रत्यूष वन्त, शेखर पराजुली र कोमल भट्ट रहेका छन् । यस पुस्तकमा न्यूजरुम संस्कृति, एफएम रेडियो र श्रोता, प्रेस स्वतन्त्रता र व्यवसायिकता, पोखरा र विराटनगरमा पत्रकारिता, संरचनाको हक र श्रमजीवी पत्रकार एन, छापामा कला, एचआइभी एड्स र शान्ति प्रक्रिया, सरकारी सञ्चारमाध्यमको पुनर्संरचना, संस्मरण/अन्तर्वार्ता/पुस्तक समीक्षा, नेपालमा म्यागेजिनकारिता, मिडिया नीतिशास्त्र र शिक्षा पत्रकारिता आदिको बारेमा खोजमूलक लेख रहेका छन् । जम्मा २२ वटा लेखहरू रहेको उक्त पुस्तक ६ भागमा बाढिएको छ र ४२६ पृष्ठ रहेको छ । पुस्तकको मूल्य १५० राखिएको छ ।

देशान्तर साप्ताहिक, ५ साउन २०६५ (20 July 2008), वर्ष २६, अङ्क १५, पृ ४

मिडियामा प्राज्ञिक अभ्यास

मिडियामा प्राज्ञिक अभ्यास

तिलक पाठक

नेपालमा मिडिया अनुसन्धानका पूर्वाधार निर्माणमा विभिन्न अभ्यास हुँदै आएका छन् । तर, पछिल्लो समय उदाउँदो मिडियाको प्राज्ञिक अनुसन्धानले भने आशातीत गति समातिसकेको छैन । यसै सेरोफेरोमा मार्टिन चौतारीले नयाँ किताब ल्याएको छ, मिडिया अनुसन्धान ः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास । यसमा पत्रकारितासम्बन्धी अध्ययन, अध्यापन र शोधपत्र लेखन, बहस र अन्तरक्रियाको संस्कृति, पुस्तक लेखन, सम्पादन तथा प्रकाशन, स्रोत सामग्रीको अवस्थालगायत सम्बन्धित पक्षको पहुँचलाई समेटिएको छ ।

पुस्तकमा ‘पत्रकारिता शिक्षा र स्नाकोत्तर तहमा मिडिया शोधपत्र लेखन ः केही प्रारम्भिक टिप्पणी’ शीर्षकको लेख सामयिक छ । यसमा विश्वविद्यालयमा पत्रकारिता शिक्षाको अध्ययन÷अध्यापनको लहर, पाठ्यक्रम र स्नातकोत्तर तहमा गरिने शोधपत्रबारे टिप्पणी गरिएको छ । साथै, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयको पत्रकारिताको पाठ्यक्रम पुनःलेखन, संशोधन तथा अद्यावधिक गर्नुपर्नेमा जोड दिइएको छ । तर, पाठ्यक्रम संशोधनमा उठाइए पनि समग्र पक्षको चिरफारमा लेख अधुरै छ । लेखकले आफ्नो विचार र तर्क भन्दा पनि रिपोर्टिङ् शैलीमा अरुको भनाइलाई मात्रै उल्लेख गरेका छन् । यसबाट लेखक गहिराइमा पुग्न र आलोचनात्मक हुन नसकेको आभास मिल्दछ ।

त्यसो त परिचय खण्डमा अनावश्यक कुरा लेखिनाले शोधपत्र लेखन बोझिलो र मोटो हुने गरेको लेखकको तर्कमा असहमत हुने ठाउँ देखिँदैन । साहित्य समिक्षाका नाममा विगतमा गरिएका अनुसन्धानबाट जस्ताको तस्तै उतारिएकाले अध्ययनको औचित्य पनि खुल्न नसकिरहेको लेखकको भनाइ छ । अनुसन्धानका क्रममा त्यसका लागि अपनाइएको विधि महत्वपूर्ण हुन जान्छ । तर, पत्रकारिता विषयका अधिकांश शोधपत्रहरु सर्वेक्षण विधिमा आधारित छन् । किताबमा भनिएको छ, “त्यसमा पनि सय जनाको उत्तरदाताको छनोट एकखालको सर्वमान्य अवधारणाजस्तो देखिन्छ ।”

शोधले गुणात्मक पक्ष मागे पनि शोधकर्ताले त्यसलाई सङ्ख्यात्मक बनाइदिने प्रवृतिलाई लेखकले उठाएका छन् । उत्तरदाता किन र केका आधारमा छानिए र त्यही सङ्ख्या नै किन छान्नुप¥यो जस्ता प्रश्नको स्पष्टीकरण शोधपत्रहरुले दिन नसक्नुलाई मुख्य कमजोरीको रुपमा लिइएको छ । तथ्याङ्क विश्लेषणमा चाहिँ ‘यति प्रतिशतले यस्तो भने’ भन्नेजस्ता सङ्ख्यात्मक कुरा मात्रै समेटिने तर त्यस तथ्याङ्कको सहायताले त्यसमा गर्न सकिने थप विश्लेषण नपाइने समस्या छ । त्यस्तै सन्दर्भ सामग्री पनि कुनै निश्चित शैलीमा आधारित नभएको लेखकको धारणा छ । तर, शोधपत्रमा समस्याको उठान, त्यसका उद्देश्य र परिणामसँग तालमेल भए÷नभएको जस्तो शोध लेखनको महत्वपूर्ण पक्षबारे भने किताबमा चर्चा छैन ।

किताबमा शोधपत्र लेखनका प्रवृतिबारे पनि टिप्पणी गरिएको छ । छोटो समयमा नै अनुसन्धान सक्ने हतारोले शोधार्थी यसका विभिन्न चरण टापटिपे पाराले छल्दै र नाघ्दै अघि बढ्छ र आफ्नो शोध विषयको अवधारणा एवम् मर्मलाई आफैले राम्ररी पहिल्याउन सक्दैन । शोधपत्रलाई बाध्यता मात्र ठान्ने, मिडियालाई केन्द्रविन्दु बनाएर गरिने अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र आर्थिक कारण पनि राम्रा शोधपत्र नजन्मने समस्या पनि किताबमा औँल्याइएको छ । शोधपत्र लेखनमा गैरसरकारी क्षेत्रको आर्थिक सहयोगले गुणस्तर वृद्धिमा सहयोग पुगेको लेखकको धारणा छ । तर यस्तो सहयोग लिँदा संस्थाको प्रभाव पर्न सक्ने यसका सम्भावित नकारात्मक पाटोबारे भने लेखक मौन छन् ।

दोस्रो अध्यायमा मिडियासम्बन्धी छलफल र बहसको संस्कृतिबारे उल्लेख गरिएको छ । लेखिएको छ, “बहसको संस्कृतिबाट मिडिया अनुसन्धानको क्षेत्रमा जति लाभ प्राप्त गर्न सकिन्थ्यो, त्यो हुन सकेको देखिँदैन । मिडियासम्बन्धी गोष्ठी, कार्यशाला, सम्मेलनजस्ता कार्यक्रममा विज्ञहरुबीच बहस चलाउने भन्दा पनि औपचारिकता पूरा गर्न र आयोजक संस्थाले आफ्नो अस्तित्व देखाउन सञ्चालन गरिएको पाइन्छ । तिनमा प्रस्तुत गरिने कार्यपत्र, त्यसमाथि हुने टिप्पणी र छलफलको स्तर कमजोर छ र त्यसलाई उकास्न आवश्यक छ ।”

तेस्रो अध्यायमा नेपाली मिडियाका किताब प्रकाशनका विविध पाटाहरुबारे उल्लेख छ । पाँचौँ अध्यायचाहिँ मिडिया स्रोत सामग्रीको उपलब्धता र पहुँचको विषयमा छ । साथै, किताबमा समेटिएको मिडियासम्बद्ध शोधपत्रहरुको सूचीसमेत समाविष्ट छ । समग्रमा, मिडिया अनुसन्धानमा चाख राख्नेहरुका लागि पुस्तक उपयोगी छ ।

स्रोतः नेपाल,८ पुस २०६४, वर्ष ८ अङ्क १८

मिडियामैत्री

मिडियामैत्री

अशोक सिलवाल

पत्रकारिता र आमसञ्चार जगत सधैँ समाचार र विचारको खेतिमा व्यस्त हुन्छ । कृषि बालीमा जस्तो वषर्ा र हिउँदको 'सिजन' हुँदैन यसमा । समाचार विचारको खेति सदावहार हुन्छ, यो रोकिँदैन । हरेक समय चाप र तापको स्थिति हुन्छ ।

सधैँ आफू भन्दा परको व्यक्ति र विषयमा अक्षर, आवाज र दृश्यको संकलन, सम्पादन र सम्प्रेषणको नियमितताभित्र आमपाठक, श्रोता र दर्शकलाई सुसूचित, प्रेरित र रोमाञ्चित गर्न सक्ने सामर्थ्य हुन्छ । तर, तिनै व्यस्त दैनिकीबीच सञ्चारकर्मीका अनुभव र अनुभूति कस्तो होला - समाचारभित्रको समाचारको खोजी थप रोचक हुन सक्छ । मार्टिन चौतारीले 'मिडिया अध्ययन ४' प्रकाशित गरेर त्यही रोचकता प्रदर्शन गर्ने प्रयास गरेको छ ।

पत्रकारका अनुभव र अनुभूति रोचक त हुन्छन् नै पीडादायीसमेत हुन्छन् । समाचार्रकर्मसँगै तिनको जीवनको संगति र विसंगतिका तस्विरहरू 'स्कुप' समाचारभन्दा कम छैनन् । पत्रकारितावरिपरि घुमेको यो पुस्तक पढिसकेपछि त्यस्तै लाग्छ । नेपाली पत्रकारिताका विभिन्न पक्ष र त्यसबारेका जिज्ञासाहरुको उत्तररुप बनेको छ पुस्तक ।

आमसञ्चार सक्षरता के हो - धेरैलाई यो विषयबारे थाहा नहुन सक्छ । पुस्तकले यसबारे प्रस्ट्याएको छ । खोज पत्रकारिताका चुनौतिबारे पनि पुस्तक बोलेको छ । नेपाल पत्रकार महासंघमा महिला उपस्थितिको स्थितिबारे पनि पुस्तकमा वर्णन गरिएको छ । मिडियाको लोकतान्त्रिकरण र सामाजिक आन्दोलन एक-आर्कासँग कसरी सम्बन्धित छन् भन्नेबारे बुझन पनि पुस्तकले सहयोग पुर्‍याउनेछ ।

रिपोर्र्टर्स क्लव र त्यसका सञ्चालकबारे कति सकारत्मक वा नकारात्मक चर्चा चल्ने गरेको छ, त्यो वेग्लै हो । तर, त्यो 'आमजानकारी'को विषय बनिसकेको छ । पुस्तकमा समेटिएको सो क्लवको चिरफार पनि पठनीय लाग्छ । अनि यसबाहेक पनि थुप्रै प्रसंग छन् जो पत्रकारिताभित्र र बाहिरकालाई समेत रोचक र जानकारीमूलक हुन सक्छन् । शेखर पराजुली, प्रत्यूष वन्त र देवराज हुमागाईँको सम्पादनमा प्रकाशित यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका विषयको सैद्धान्तिक पाटो र व्याबहारिक अनुभव दवै समेटिएको छ । 'एनजीओकारिता' नै सही तर पुस्तक पठनीय छ ।

राजधानी, २०६६ साउन २०, पृ. ६

पत्रकारता पढ्ने र पढाउनेलाई उपयोगी

पत्रकारता पढ्ने र पढाउनेलाई उपयोगी

मार्टिन चौतारीले प्रकाशन गर्दै आएको नेपाली मिडियासम्बन्धी जर्नलको पछिल्लो अंक मिडिया अध्ययन-४ बजारमा आएको छ । जर्नलमा पत्रकार विनय कसजू, कुन्दन अर्याल, शिव गाउँले, स्तम्भकार सीके लाल, अनुसन्धानकर्ता हर्षमान महर्जन, अनुभव अजित, दीपक अर्याल र केही थप लेखक-पत्रकारका गरी १८ वटा सामग्री समेटिएका छन् ।
 
जर्नलमा राष्ट्रिय सूचना आयोगका अध्यक्ष विनय कसजूले 'मिडियाको लोकतान्त्रीकरण र सामाजिक आन्दोलन' लेखमा नयाँ संविधानमा आफूलाई नचाहिने, हानिकारक सूचना, विज्ञापन तथा अन्य विषयवस्तुबाट सुरक्षित हुन पाउने जनताको सञ्चार अधिकार स्पष्ट पारेका छन् । जनतालाई सूचनाले कसरी भ्रमित पार्नसक्छ भन्ने विश्लेषण गर्दै कसजूको लेखमा उल्लेख छ, 'जुन मिडियाले महिलालाई विज्ञापनको रुपमा प्रस्तुत गर्छन्', नांगो चित्रण गरेर समाचार, फिल्म आदि उत्पादन गर्छन्, महिलालाई गहनामा लोभ्याएर विज्ञापन बढाउँछन्, महिलालाई परम्पागत रुपमा प्रस्तुत गर्छन्; तिनै मिडियाबाट लैंगिक समानताका कुरा कसरी उठ्नसक्छ ?'

जर्नलमा पत्रकार कुन्दन अर्यालले नेपाली सन्दर्भमा जागरुक सञ्चार उपभोक्ताको कल्पना गरेका छन् । एउटै घटनाबारे जान्न पनि दुई वा त्योभन्दा बढी सञ्चारमाध्यमको समाचार सुनेर विश्लेषण गर्नुपर्ने वर्तमान अवस्थामा मिडियाका सामग्री जस्ताको तस्तै ग्रहण गर्नु हुँदैन भन्ने उनको लेख तर्कसंगत छ ।

जर्नलमा चौतारीमै आबद्ध अनुसन्धानकर्ता हर्षमान महर्जनको 'पञ्चायती शासनमा विकासका लागि सञ्चार अवधारणको राजनीति' लेखले पञ्चायती व्यवस्थामा सञ्चार क्षेत्रको प्रयोग तथा नियन्त्रण गर्ने भन्नेजस्ता पक्षलाई प्रस्ट्याएको छ । महर्जनले लेखेका छन्, 'राष्ट्रिय सञ्चार सेवा योजनामा जनताकी अपनत्व थिएन । यो पञ्चायत सरकारद्वारा नेपाली जनतामाथि लादिएको थियो । तर त्यस बेलाको दरबारले नेपाललाई आधुनिकीकरणको अवधारणाअनुसार परिवर्तन गरिरहेको थियो ।'

शिव गाउँले 'नेपालमा खोजपत्रकारिताका चुनौती' मा नेपाली पत्रकारको सुरक्षास्थिति, प्रकाशकको अनावश्यक डर तथा सम्पादक आफ्ना कामप्रति त्यति गम्भीर नहुने पक्षलाई उठाएका छन् । स्तम्भकार सीके लालको 'नेपाली सञ्चारको गन्जागोल' शीर्षकमा टिप्पणी छापिएको छ । 'नेपाल पत्रकार महासंघको चुनाव र महिला उम्मेदवार' विषयमा संगीता लामाको टिप्पणी, मिडिया सर्वेक्षणः एक सिंहावलोकनमा अर्जुन पन्थीले सर्वेक्षणका कतिपय प्रश्नावली आफैँले भर्ने गरेको उल्लेख गरेका छन् । राजेन्द्र पराजुलीको 'कतै नटिक्ने मान्छे' र आन्वका गिरीको 'रेडियोमा मेरो अनुभव' छ । नेपाली मिडियाबो वस्तुस्थिति विश्लेषण गरिएका लेखहरु चौतारीको जर्नलमा छापिएकाले जर्नल सञ्चारसम्बद्ध व्यक्तिलाई सहयोगी सिद्ध हुँदाहुँदै पिन जर्नलमा समेटिएको केही विषयप्रति भने अहिले नै त्यो लेखिने बेला भइसक्यो भन्ने प्रश्न उठाइदिएको छ ।

अन्नपूर्ण पोष्ट, ३० भदौ २०६६, पृ. ७

Worthy Initiative in Media Research

Worthy Initiative in Media Research

Yuba Nath Lamsal

Martin Chautari, a media research institute, has come tip with it new publication called "Media Aadhvan" (vledia Research). '['his is the fifth annual journal of the organization which has collie in the form of a book. This is fifty eighth publication of the organization's series of published books so far. The book has focused entirely on media related issues, host of :which are relevant and important.

The book is voluminous covering diverse issues on crass Media and journalism. The work is a compilation of research based articles and commentaries on media issues written by various authors having their own reputation in the field of media in Nepal. Devraj Humagain, Sekhar Parajuli and Pratyoush Onta are the editors who have labored hard to bring this publication into the present shape.

Based on the nature and contents of the chapters. the book has been divided into five sections. Category One contains research based articles commissioned by the publisher. Category Two has taken the documents and articles presented in the media related seminar, Category Three comprises commentaries on media issues, Category Four contains memoirs and Category Fifth is the book reviews section.

In Category One, Krishna Adhikari, P Kharel, HarikalaAdhikari and Shiva Regmi have dwelt on various issues pertaining to media and media practices in Nepal. These articles range from internal conflict within the media houses, trend in the use of quotes, language and theme in the editorials of  the Nepali media to history of Nepal's department of information.

Of these articles, P Kharel has labored much to investigate the trend and practices of the use of quotes and sources in Nepali media, which is well researched with the application of due methodology. It has given a clear picture as to how media outlets use quotes and sources. Sources and quotes are the lifeline of the news but there are many lapses in Nepali media so far as their use is concerned. According to Kharel, the proper use of quotes and sources is better in dailies. But the weeklies still do not use and reveal sources clearly. They use either fake or anonymous Sources or do not use the sources at all. T'his is against the universally accepted norms of journalism.

The other analytical articles are Harikala Adhikari's 'Editorial Writing: Use and Deviation' and Krishna Adhikari's "Conflict in the Publishing Houses and Rights of the Workers'. Krishna Adhikari has dealt with the conflict and confrontation within the publishing houses and the issue concerning the right and facilities of the employees work n hi the publishing industries. This has given a clear picture and perspective with the history of Nepal's publishing business and its growth along with the condition and situation of the employces, their rights and laws governing their interests.

Harikala Adhikari has done some research in her articles regarding the language and substance in the editorial contents of the Nepali newspapers. This is informative and analytical. Similarly Shiva Regnti's article on the history on Information Department of Nepal is also informative which is useful r those who are interested in the media history of Nepal.

The other part contains the articles on various issues written by various writers like CK Lal, Indradhoj Chhetri. Harsaman Maharjan, Anubhav Ajit and Arun Panthi. In this section, Indradhoj Chhetri has dealt with the money politics in the business news of broadsheet dailies. This article is well researched and has tried to reach into inner depths of the trend of business news. As the competition grows and revenue shrinks, the media houses are adopting new approaches and technique to attract advertisers even crossing journalism's basic ethics. As a result, the demarcation between the advertisement and news is getting thinner. Although this has been a global trend in the present financial crisis, this is more glaring in Nepal's newspapers which can be called a questfor survival. Other articles in the section are also worth reading that give knowledge on different issues and subjects.

In the section of commentaries, Dipak Jung Hamal has thoroughly dwelt on Civic Journalism in Televisions in Nepal. Hamal has tried to present the global trend of citizen journalism and its practice in Nepali televisions. The citizen journalism is a concept of ensuring people's participation in the media and information dissemination, winch is different from the present consumererist journalism. The article is in formative. Rabindra Mishra's write up on public interest, use, and journalism is also worth reading which gives a new insight on how media are used for public good.

In the section of memoirs, Khagendra Shangraula and Syamdas Vaisnav have done their best to tell the readers how they felt about media. Shangraula has dealt with his own experiences as a columnist whereas Syamdas Vaisnav's write up helps us understand the insight of Radio Nepal.

In the book review section. different authors have reviewed different books on different media issues, which are informative. On the whole, the book is informative and useful for all in general and those keen to know more about Nepal's media in particular.

The Rising Nepal, 7 Aug 2010

मिडिया समीक्षाको सत्प्रयास

मिडिया समीक्षाको सत्प्रयास

जनकराज सापकोटा

सधैँ अरुको विषयमा समाचार र समीक्षामा व्यस्त नेपाली मिडियाको स्वभाव र प्रवृत्तिबारे भने कमै मात्र टिप्पणी हुने गरेको छ । यही कमीलाई पूर्ति गर्ने प्रयास गरेको छ, मार्टिन चौतारीले प्रकाशन गरेको पुस्तक मिडिया अध्ययन–५ ले ।

पुस्तकमा मिडियासम्बन्धी टिप्पणी, अनुसन्धानमुलक सामग्री, विद्यमान समस्या एवं तिनका प्रवृत्तिको विवेचना गरिएको छ । त्यति मात्र होइन, मिडियासँग जोडिएका केही अनुभव र अनुभूतिको पाटोलाई पनि पुस्तकमा समेटिएको छ ।

प्राध्यापक पी खरेल, सीके लाल र रवीन्द्र मिश्रको लेख÷ टिप्पणीले पुस्तकलाई खँदिलो बनाएको छ । खरेलले आफ्नो अनुसन्धानमुलक लेखमा नेपाली मिडियामा स्रोतको प्रयोगका विषयमा गहन अध्ययन गरेर गल्ती मात्रै औँल्याएका छन् । राजनीतिक विश्लेषक सीके लालले मिडिया र प्रेसबीचको फरक मात्रै छुट्याएका छैनन्, मिडियामा विद्यमान अति राष्ट्रवाद र त्यसले निम्त्याउने खताराको समेत ब्याख्या गरेका छन् । सञ्चारकर्मीलाई संवादकर्मी र नेपाली मिडियालई न्पालीय प्रेस बनाउनका निम्ति के के आवश्यक छ भन्ने कुरा पनि उनले उल्लेख गरेका छन् ।

लेखक रवीन्द्र मिश्रले भने नेपाली मिडिया व्यापारिक स्वार्थकेन्द्रको अड्डा बन्न थालेकामा चिन्ता व्यक्त गर्दै सामाजिक स्वार्थमा मिडियाको उपयोग हुनुपर्ने धारणा व्यक्त गरेका छन् । पुस्तकभित्र दीपकजंग हमालले नेपालका टेलिभिजनमा नागरिक पत्रकारिताको अभ्यासको अवस्थालाई केलाउने प्रयास गरेका छन् । तुलानारयण साहले भने मध्यमधेसमा विद्यमान सामाजिक द्वन्द्वका बहुआयाम र त्यसका कारण मिडियाकर्मीले खेप्नुपरेको सास्तीको वर्णन गरेका छन् । केही प्रतिनिधि घट्नाको सहारा लिएर साहले जटिल सामाजिक संरचनाबीचको अन्तर्य पनि केलाउने प्रयास गरेका छन् । त्यसैगरी, उपभोक्तामुखी संस्कारको प्रवद्र्धनमा नेपाली मिडियाहरु कसरी उपयोग भइरहेका छन् भन्ने सन्दर्भको व्याख्या गरेका छन् इन्दध्वज क्षेत्रीले आफ्नो अनुसन्धानमुलक लेखमा । क्षेत्रीले नेपालमा भित्रिएका बहुराष्ट्रिय कम्पनीहरू र विज्ञापन स्वार्थका निम्ति राष्ट्रिय दैनिकहरुले तिनीहरुको समाचारलाई कसरी अनावश्यक प्राथमिकतामा राखिरहेका छन् भन्ने अध्ययन गरेका छन् । स्तम्भ लेखनका विविध अनुभूतिहरु समेटिएको खगेन्द्र संग्रौलाको संस्मरणले स्तम्भकारहरुले झेल्नुपर्ने समस्याहरुको उजागर गरेको छ ।

मिडियासँग सम्बन्धित विविध सामाग्रीले पुस्तकलाई गहन बनाएको छ । पुस्तकले नेपाली मिडियाका विविध प्रवृत्ति, सिद्धान्त र व्यवहारबीच बढ्दै गएको दूरी र यसका विविध आयामको व्याख्या गर्ने प्रयास गरेको छ ।


नेपाल १०(५०)ः ५५ २ साउन २०६७

सञ्चारकर्मीका लागि उपयोगी

सञ्चारकर्मीका लागि उपयोगी

सन्त गाहा मगर

पत्रकारिता र आमसञ्चारसम्बन्धी पाठ्यसामग्रीलाई विशेष महत्त्व दिँदै आएको मार्टिन चौतारीको ५८ औँ प्रकाशन श्रृंखला हो, मिडिया अध्ययन ५ । २०६३ देखि बर्सेनि प्रकाशन हुँदै आएको मिडिया अध्ययनको पाँचौँ अंकमा लेख, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा, सन्दर्भ सामग्री र मिडिया अनुसन्धान सम्मेलन २०१० मा प्रस्तुत अनुसन्धानपत्र गरी १८ रचना समावेश छन् । 'उद्धरण स्रोतको परिचय र प्रयोग', 'मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरु', 'प्रकाशन गृहभित्रको कलह र मजदुर हक', 'ब्रोडशिट दैनिकमा व्यापारिक समाचारको अर्थ-राजनीति', 'नेपाली टेलिभिजनमा नागरिक पत्रकारिता' आदीमा लेखक/अनुसन्धानकर्ताहरुले मनग्ये मिहिनेत गरेको देखिन्छ ।

पत्रकारिता र आमसञ्चारका प्रध्यापक पी खरेलको उद्धरण स्रोत र यसकव प्रयोगसम्बन्धी लेख छापामाध्यममा कार्यरत सञ्चारकर्मीका लागि निकै उपयोगी हुनेछ । ११ वटा साप्ताहिक र ६ राष्ट्रिय दैनिकमा प्रयोग भएका उद्धरणसहितको उक्त विश्लेषणात्मक लेख गैर-पत्रकारिता क्षेत्रका पाठकलाई पनि रुचिकर हुने देखिन्छ । यो लेख पढ्दा हरेक विषयलाई अतिशय नकारात्मक रुपले हेर्ने प्रवत्तिबाट प्रा. खरेल पनि मुक्त हुन नसकेको अनुभव हुन्छ ।

सञ्चारगृहभित्रको कलह र त्यहाँ कार्यरत मजदुरको हक सम्बन्धी लेखमा कृष्ण अधिकारी खासगरी एनेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न सञ्चार गृहमा भएका वितण्डा र मजदुर हकमा केन्द्रित छन् । दुई ठूला सञ्चारगृहका घटनालाई केस स्टडी बनाइएको भनिएको यस लेखमा तथ्यलाई भने निकै तोडमोड गरिएको छ । जस्तो, ६ पुस २०६५ मा माओवादीबाट हिमाल खबरपत्रिकामाथि भएकव आक्रमणलाई 'एकाएक हातपात भएको' भनिएको छ । त्यस दिन आक्रमण गर्ने उद्देश्यले नै आफूहरु हिमालको कार्यालय गएको माओवादीसम्बद्ध मजदुर नेताहरुले स्वीकारिसकेको अवस्थामा अधिकारीले उनीहरुलाई वार्तामा बोलाएर हातपात भएको भनेका छन्, जसलाई लेखकीय धर्म भन्दा बाहिरको कुरा भन्न सकिन्छ ।

मिडिया अध्ययन ५ को २७६ पृष्ठमा तुलानारायण साहले जनकपुरकी पत्रकार उमा सिंहको हत्या हुनुमा पत्रकारिता कारक नरहेको ठोकुवा गरेका छन् । यति ठूलो विषयमा कुनै बेनामे प्रहरीको भनाइको आधारमा यस्तो निर्णय दिनु कति उचित हो ?  बहसको विषय हुनसक्छ । पुस्तकमा रवीन्द्र मिश्रको 'सार्वजनिक हित, प्रयोग र पत्रकारिता' शीर्षक टिप्पणी खगेन्द्र सङ्ग्रौलाको 'स्तम्भ लेखनः एक वक्र यात्रा' संस्मरणमा विषयवस्तुको एक रुपता छ । ती दुवै (टिप्पणी र संस्मरण) मा लेखकहरुले जीवनमा अनुभूत गर्नुपरेको व्यावसायिक असन्तुष्टि र असहमतिलाई मन खोलेर पोखेका छन् ।

हिमाल, १६-२९ मंसिर २०६७, पूर्णाङ्क २७५, पृ. ५५

मिडिया अध्ययनको अर्को पाइलो

मिडिया अध्ययनको अर्को पाइलो

नरेश अपाङ्गीमगर

नेपाली मिडियाका विभिन्न आयामहरुमाथि वर्षेनी अनुसन्धानात्मक जर्नल प्रकाशन गर्दै आएको मार्टिन चौतारीले यस पटक पनि मिडिया अध्ययन ६ बजारमा ल्याएको छ । विगतका पाँच ओटा जर्नलझैँ यस जर्नलमा पनि अनुसन्धानात्मक लेख, संस्मरण, टिप्पणी र पुस्तक समीक्षा र विशेष सन्दर्भ भन्दै संविधान सभाबारे दुई वटा विषयका छापा कभरेज समेटिएका छन् ।

मिडिया अध्ययनको पाँच वर्ष शीर्षकको सम्पादकीयमा नेपाल मिडिया जर्नलको प्रयास, मिडिया अध्ययन सुरुआत र त्यस यताको अनुभव समेटिएको छ । लेखमा प्रस्तुत अवस्थाले मिडिया अध्ययनकव मात्र नभएर समग्र नेपाली मिडियाकै अनुसन्धानको प्रतिविम्व उतार्छ । बहुदलीय व्यवस्थापछि सबैभन्दा बढी फस्टाएको क्षेत्र भनिए पनि मिडियाको अध्ययन अनुसन्धानमा भने सोचेभन्दा धेरै कम विकास हुन सकेको छ । नेपालकव मिडिया अध्ययनको अवस्थालाई यही एउटा वाक्यले बुझ्न काफी मद्दत गर्छ । "..अर्थात् सम्पादकहरुको अनुरोधबिना नै प्राप्त सामग्रीमा भर पर्ने हो भने जर्नलको १० प्रतिशत स्थान पनि त्यसले भरिँदैन" (पृष्ठः ३) । लेखमा विभिन्न सन्दर्भ कोट्याइए पनि मिडिया अध्ययनमा किन कम रुचि र पहलकदमी छ भन्ने पाटोमा भने मौन छ ।

अनुसन्धानात्मक लेखहरुतर्फ सफल घिमिरेको ग्रामीण जीविकामा सूचना-प्रविधिको प्रभावः नांगी गाउँको अध्ययन, विनोद ढुंगेलको विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयनको अवस्था, टंक उप्रेतीको नेपाली वृत्तचित्रमा महिलाको सवाल, चित्रण र सहभागिता, निर्मलमणि अधिकारी लिखित दैनिक पत्रिकाका सम्पादकीयको पठनीयता, दीपक अर्यालको नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (२००८-२०१३) र बन्दना ढकालको साहित्यिक पत्रिकाबारे नेपाली विषयका शोधपत्र छापिएका छन् ।

घिमिरेको लेखमा नांगी गाउँलाई सूचनाप्रविधिसित जोड्ने महावीर पुनको कार्यको समीक्षा गरिएको छ र महावीरपछि वा दाताले हात झिकेपछि सो परियोजनाको भविष्य के हुने भन्ने गम्भीर प्रश्न उठाइएको छ । त्यस्ती ढुंगेलको लेखमा विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयन नभएको निष्कर्ष निकालिएको छ भन् उप्रेतीले आफ्नो लेखमा नेपाली वृत्तचित्रमा महिलाको उपस्थिति अत्यन्त न्यून (१४ प्रतिशत) रहेको उल्लेख गरेका छन् । अधिकारीले आफ्नो लेखको निष्कर्षमा नेपाली अखबारको सम्पादकीयको पठनीयता कम रहेको स्पष्ट गरेका छन् भने अर्यालले २००८ देखि २०१३ को अवधिमा प्रकाशित पत्रिका प्रवृत्ति केलाएका छन् । ढकालले आफ्नो लेखमा नेपाली साहित्यिक पत्रिका बारेका शोध अपूर्ण रहेको निचोड निकालेकी छिन् । लेखको राम्रो पाटो उनले स्तरीयता किन आउन सकेन भन्ने जिज्ञासाको उत्तर खोजेकी छिन् ।

लेखका लागि उल्लिखित विषयवस्तु लेखक स्वयंको रुचि हो वा जर्नल सम्पादन समूहबाट दिइएको कार्यभार ? भन्नुको मतलब कतिपय लेखका विषयले आमचासोलाई छुँदैनन् । यदि अध्ययन गरिने विषयवस्तु आम सरोकारको पनि भइदिएको भए त्यसले वर्तमान गर्जो पनि टार्ने थियो ।

विशेष सन्दर्भ शीर्षकमा तीर्थ विष्टको संविधानसभाको सन्दर्भः मधेसका सवालबारे छापामा बहस र वसन्त महर्जनको नेवार समुदायमा संविधान निर्माणसम्बन्धी बहसः सन्ध्या टाइम्सको कभरेज छापिएका छन् । विष्टले लेखमा एक मधेस एक प्रदेश र हिन्दी भाषालाई नेपाली भाषासरह मान्यता दिनुपर्छ भन्ने विपक्षमा नेपालका अखबारहरुका पक्षधरता रहेको निष्कर्ष निकालेका छन् । त्यस्तै, महर्जनको लेखमा पनि सन्ध्या टाइम्स पत्रिकामा संघीयता, नेपा स्वायत्त राज्य तथा बहुभाषा नीतिका विरोधीहरुलाई स्थान नदिइएको र उल्लिखित विषयमा पत्रिकाको प्रष्ट पक्षधरता देखिएको निष्कर्ष निकालिएको छ ।

सीके लालको सत्तावृत्त र मिडियाको अर्थ-राजनीति तथा राजेन्द्र महर्जनको मिडियाको वर्ग चरित्र र वर्चस्व गहन छन् । जनताका लागि, लोकतन्त्रका लागि भनेर जतिसुकै दुहाइ दिए पनि 'नेपाली मिडिया सत्तावृत्त छोडेर जनवृत्तमा आउने सम्भावना नदेखिएको' (पृष्ठः २३१) कटुसत्य लालले लेखमा प्रस्तुत गरेका छन् । विकाशोन्मुख देशमा सामाजिक उत्तरदायित्वकव सिद्धान्तमा आधारित प्रेस उपर्युक्त हुने विद्वानहरुको प्रेसक्रिप्सन भए पनि नेपाली प्रेसमा सम्भ्रान्त वर्गकै हालीमुहाली रहेको महर्जनको लेखमा उल्लेख छ ।

बबिता बस्नेतको साप्ताहिक पत्रिकाको राजनीतिक, आर्थिक र व्यावसायिक पक्ष लेखमा धेरै विषय छुने कोसिस गरिए पनि लेख अपूरो लाग्छ । साप्ताहिक नै किन भन्ने प्रश्नको जवाफ लेखकले 'साप्ताहिकको आयु हप्ताभरिको हुने र साताभरिको महत्त्व र सान्दर्भिकता हुने' (पृष्ठः २५५) दिए पनि नेपालको सन्दर्भमा साप्ताहिकको औचित्य त्यसले चित्तबुझ्दो दिन सकेकी छैनन् । दैनिक पत्रिकाले विश्लेषणात्मक सामग्री पस्केर साप्ताहिकको सामग्री ओगटिदिए भने पनि साप्ताहिकले आफूलाई समयसापेक्ष कसरी परिमार्जन गर्ने खुलाइएको छैन । साप्ताहिकको आर्थिक पक्ष कमजोर रहेको बताइएको छ तर अरु व्यवसाय नगर्ने धेरै साप्ताहिकहरुको काठमाडौँमा आफ्नै घर कसरी ठडियो विरोधाभाषपूर्ण छ ।

जर्नलमा खगेन्द्र संग्रौलाको वाम प्रकाशनसँगको अनुभव, केदार शर्माको रेडियो नाटकबारे सम्झना र अनुभव समेटिएका छन् । त्यस्तै लालदेउसा राई,  विमल आरोहि, कैलाश राई र सीता भट्टराई र प्रभाकर गौतमले विभिन्न पुस्तकको समीक्षा गरेका छन् । जर्नलमा समेटिएका लेखकहरुमा महिला, मधेसी र जनजातिको प्रतिनिधित्व भए पनि दलितको उपस्थिति देखिँदैन ।

जर्नलमा समेटिएका प्रायः विषयहरु नकारात्मक प्रवृत्ति वा परिणाम निस्केकाहरु छन् । सम्पादकीयमा …मिडिया सकारात्मक वा नकारात्मक अभ्यास र प्रवत्तिलाई प्राज्ञिक ढंगले केलाउने र नेपाली मिडियाको गुणस्तर उकास्न सघाउने कार्यका लागि नियमित रुपमा निस्कने जर्नलले महत्त्व राख्छ (पृष्ठः १३) भनिए पनि यस अंकमा सकारात्मक प्रवृत्ति वा अभ्यास समेटिएको सामग्री भने कम (करिब एउटा) मात्र छ ।

नेपालीपत्र, ८-१० कात्तिक २०६८, पृ. १८

मिडिया अध्ययन का सातवां संस्करण

मिडिया अध्ययन का सातवां संस्करण

नेपाल के विभिन्न सञ्चार माध्यम, उस में कार्यरत पत्रकार तथा कर्मचारी एवं समग्र सञ्चार माध्यम के बारे में खोज-अनुसन्धान करकें हरेक साल प्रकाशित होनेवाले मिडिया अध्ययन का सातवां संस्करण बाजार में आया है । मार्टिन चौतारी द्वारा प्रकाशित यस पुस्तक की इस अंक में पत्रिका विक्रेता (हकर) सम्बन्धी गौरव केसी द्वारा लिखित अनुसन्धानमूलक लेख, पत्रकार हरिबहादुर थापा द्वारा लिखित 'भ्रष्टाचारविरुद्ध छापा रिपोर्टिङ' सम्बन्धी लेख, अच्युत अर्याल द्वारा लिखित 'नेपाली छापामा तिब्बती शरणार्थीको कभरेज' मुख्य आकर्षण के विषय है ।

इसीतरह वीरगन्ज और कैलाली में सञ्चालित रेडियो सम्बन्धी खोज रिपोर्ट, पत्रकार महासंघ के संस्थागत विकास के लिए पत्रकार विनोद ढुंगेल द्वारा लिखे गए अवधारणापत्र भी पुस्तक में समावेश है । ढुंगेल के अवधारणापत्र ने सञ्चार माध्यमों को विकास के लिए सकारात्मक मार्गदर्शन किया है, यस विश्वास कर सकते है । इसीतरह चर्चित कार्टुनिष्ट बात्स्यायन के संस्मरण तथा नेपाली टेलिभिजन में कार्यरत पत्रकारों की दयनीय आर्थिक अवस्था के बारे में भी संस्मरणात्मक लेख जरनल में प्रस्तुत है ।

हिमालिनी, १६ भदौ २०६९, पृ. २४, वर्ष १५, अंक १