मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता

मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता
चौतारी पुस्तक शृङ्खला ३७

२०६४ (सन् २००७)
शेखर पराजुली
पृष्ठः २१८   मूल्यः १५०
ISBN: 978-9937-8004-2-6

नेपाली मिडियाको गुणस्तर सुधार्न र प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका निम्ति बहस र संवाद सर्वोपरि आवश्यक हुन्छ । पत्रकारितामा देखिएका कमीकमजोरीलाई निराकरण गर्न पनि यस्तो अभ्यास उत्तिकै जरुरी हुन्छ । यिनै तथ्यलाई ध्यानमा राखेर नेपाली मिडियामा सक्रिय व्यक्तिहरूसँगको अन्तर्वार्ताको यो सँगालो- मिडिया संवादः नेपाली पत्रकारिताबारे अन्तर्वार्ता को प्रकाशन गरिएको हो । यस पुस्तकमा छापा माध्यम, प्रसारण माध्यम, क्षेत्रीय मिडिया, पत्रकारिता प्रशिक्षण र पत्रकारका संस्था गरी पाँच विषयमा १५ जनासँग गरिएका अन्तर्वार्ता समेटिएको छ । अन्तर्वार्ता दिनेहरू हुनुहुन्छ- युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षित, बबिता बस्नेत, ओम शर्मा, विकास रौनियार, रघु मैनाली, गोपाल गुरागाईं, आरती चटौत, किशोरकुमार कार्की, चन्द्रकिशोर, रामकृष्ण रेग्मी, पी खरेल, विष्णु निष्ठुरी र राजेन्द्र दाहाल । नेपाली मिडियाका विभिन्न आयामहरू खोतल्न सफल यो पुस्तक पत्रकारिताका विद्यार्थी, अध्येता, पत्रकार लगायत मिडियामा रुचि हुने सबैका निम्ति उपयोगी छ ।


शेखर पराजुली मार्टिन चौतारीका मिडिया अनुसन्धानकर्ता हुन् । नेपाली मिडियाका विभिन्न पक्षबारे उनका विश्लेषणात्मक लेखहरू प्रकाशित छन् । उनको सह-सम्पादनमा नेपाली मिडियामा दलित तथा जनजाति (२०५८), नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ (२०६०), रेडियो नेपालको सामाजिक इतिहास (२०६१), रेडियोसँग हुर्कंदाः तीनपुस्ते नेपालीको अनुभव (२०६२) र रेडियो पत्रकारिता एफएममा समाचार र संवाद (२०६२) प्रकाशित छन् । उनी दुई नेपाली जर्नल- रूपान्तरणः समाज अध्ययन र मिडिया अध्ययन का पनि सम्पादक हुन् ।


विषयसूची

धन्यवाद        छ
परिचय         १

क. छापा माध्यम
एकः युवराज घिमिरे      २१
दुईः नारायण वाग्ले       ३१
तीनः कनकमणि दीक्षित   ४३
चारः बबिता बस्नेत       ५१
पाँचः ओम शर्मा         ६७
छः विकास रौनियार      ७९

ख. प्रसारण माध्यम
सातः रघु मैनाली ८७
आठः गोपाल गुरागाईं     १२१
नौः आरती चटौत        १३५

ग. क्षेत्रीय मिडिया
दसः किशोरकुमार कार्की          १४७
एघारः चन्द्रकिशोर              १५७
घ. पत्रकारिता शिक्षण/प्रशिक्षण
बाह्रः रामकृष्ण रेग्मी             १७१
तेह्रः पी खरेल          १८१

ङ. पत्रकारका संस्था
चौधः विष्णु निष्ठुरी       १८९

पन्ध्रः राजेन्द्र दाहाल      १९९
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: