Last Updated on Thursday, 26 January 2012 07:25 Friday, 25 March 2011 09:31
मिडिया अनुसन्धानः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास| नेपाली मिडियाको विकाससँगै यसमाथि प्राज्ञिक अध्ययन गर्ने प्रक्रियाले गति लिन थालेको छ । मिडिया अनुसन्धानको प्रमुख पूर्वाधारका रूपमा विश्वविद्यालयमा हुने सम्बन्धित विषयको अध्ययन अध्यापनदेखि समाजमा हुने अन्तर्किया, बहस, स्रोत सामग्रीमाथि अनुसन्धानकर्ताको सहज पहुँच र प्रकाशनको वातावरण आदिलाई लिन सकिन्छ । नेपाली समाजमा त्यस्ता पूर्वाधार पनि विस्तारै निर्माण हुँदै छन् । यद्यपि नेपाली मिडियाको क्षेत्रमा अनुसन्धान गर्न खोज्ने व्यक्तिले त्यस्ता पूर्वाधार तथा अवसरहरूबारे सहज रूपमा जानकारी प्राप्त गर्न सक्ने अवस्था छैन । आफ्ना वरिपरि उपलब्ध पूर्वाधारबारे पर्याप्त जानकारी नहुँदा मिडिया अनुसन्धान हुन सक्ने जति सहज बन्न सकेको छैन । यो पुस्तक मिडिया अनुसन्धानः प्राज्ञिक पर्ूवाधार निर्माणका केही अभ्यास ले नेपालमा मिडिया अनुसन्धानका लागि निर्मित संरचनाबारे जानकारी दिन्छ । परिचयबाहेक पाँच अध्यायमा विभाजित यस पुस्तकमा नेपाली विश्वविद्यालयमा पत्रकारिताको पढाइ र शोध, नेपाली मिडियाबारे हुने विभिन्न छलफल, कार्यपत्र र पुस्तक प्रकाशनका विविध आयामलाई समेटिएको छ । पुस्तक तथा जर्नल प्रकाशनमा चौतारीले सँगालेको अनुभव प्रस्तुत गरिएको छ भने अन्तमा मिडिया अनुसन्धानका लागि उपलब्ध स्रोत सामग्री तथा त्यसमाथि अनुसन्धानकर्ताको पहुँचबारेको चर्चा छ । यो पुस्तकले मिडिया अनुसन्धानको पूर्वाधार निर्माणतर्फ विभिन्न क्षेत्र र संस्थाबाट भइरहेका अभ्यासमाथिको छलफललाई अगाडि बढाउनेछ । मिडियाकर्मी, विद्यार्थी र अनुसन्धानकर्मीलाई यो पुस्तक उपयोगी हुनेछ । |
देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी मार्टिन चौतारीमा आवद्ध अनुसन्धानकर्मी हुन् । मिडियाका विभिन्न पक्षबारे उनीहरूका विश्लेषणात्मक लेखहरू प्रकाशित छन् । उनीहरूको सह-सम्पादनमा मार्टिन चौतारीबाट नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ -२०६०), रेडियो नेपालको सामाजिक इतिहास -२०६१) र रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद -२०६२) नामक पुस्तक तथा वाषिर्क जर्नल मिडिया अध्ययन प्रकाशित छन् ।
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge