शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा
Last Updated on Thursday, 26 January 2012 07:25
Friday, 25 March 2011 09:30
शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा
चौतारी पुस्तक शृङ्खला ३४

२०६४ ( सन् २००७ )
लेखकः विनोद ढुङ्गेल
पृष्ठः ३३८ , मूल्य रु. १५०
ISBN: 978-99946-8339-0
| स्थानीय प्रसारणको खास परिभाषा रेखांकन गर्ने एफएम रेडियो नै हुन्। प्रसारणको पेशागत स्वरूप पनि यिनैले पैदा गरेका हुन् । तर २०६१ माघ १९ पछिको परिस्थिति भने बेग्लै रह्यो । त्यस दिनदेखि सुरु भएको राजाको प्रत्यक्ष शासनकालमा नेपाली मिडियाले निकै ठूलो हण्डर खानुपर्यो । त्यसमा पनि एफएम रेडियो त शाहीसत्ताको आक्रमणको मुख्य तारो नै बनेका थिए । इतिहासको महत्वपूर्ण त्यो कालखण्डमा नेपालका स्वतन्त्र रेडियोले भोगेको दमन–चक्र र त्यसको प्रतिरोधमा भएका संघर्षको क्रमबद्ध प्रस्तुति हो यो पुस्तक— शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा । राजाको प्रत्यक्ष शासनारम्भपछि नेपालका स्वतन्त्र रेडियोविरुद्ध भएको दमनको शृंखला, त्यसको प्रभाव, प्रतिरोध र रेडियो आन्दोलनमा भएको समर्थनका नालीबेलीलाई चार खण्डमा यहाँ प्रस्तुत गरिएको छ । पाँचौँ खण्डमा दमन र प्रतिरोधको यो प्रकरणबाट सिक्नुपर्ने पाठलाई सामेल गरिएको छ । प्रसारण पत्रकारितामा सक्रिय पत्रकारले आफ्ना अनुभवका साथमा विभिन्न स्रोतसामग्रीलाई आधार बनाई पुस्तक तयार पारेका हुन् । पत्रकारिताका विद्यार्थी, अध्येता, इतिहासकर्मी लगायत रेडियोबारे रुचि राख्ने सबै पाठकका लागि यो पुस्तक उपयोगी छ । |
विनोद ढुङ्गेल २०४५ सालदेखि विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका र रेडियोमार्फत पत्रकारितामा क्रियाशील छन् । हाल नेपाल एफएम ९१.८ का सम्पादक रहेका उनी शाही शासन सुरु हुँदासम्म कम्युनिकेसन कर्नरका सम्पादक थिए ।रेडियो नेपालबाट प्रसारण हुने समाचारमूलक कार्यक्रम घटना र विचारका सञ्चालक र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भइसकेका ढुङ्गेल शाही शासनले स्वतन्त्र रेडियोहरूमाथि गरेको दमनको प्रतिकारमा गठन गरिएको स्वतन्त्र रेडियो बचाऊ आन्दोलन, केन्द्रीय संर्घष समितिका सदस्य र स्वतन्त्र रेडियो पत्रकार संर्घष समितिका संयोजक हुन् । उनले पंक्षीजगत -२०६१) र फोटोग्राफी दिर्ग्दर्शन -२०६१) को सम्पादन तथा टेकोले धानेको घर -२०६१) को संयुक्त सम्पादन पनि गरेका छन् ।
विषयसूची
लेखकीय : दमन र प्रतिरोधको कथा १
एक : दमन १३
भौतिक दमन १९
राजधानीमा सैन्यराज २१
राजधानीबाहिर ज्यादती २५
कानुनी दमन ३२
कानुनको सहारा ३२
कानुनको नाममा स्वेच्छाचारिता ४२
कानुनमाथि नै हमला ४७
आर्थिक दमन ६१
प्रतिकूल बजार ६१
आर्थिक नाकाबन्दी ६२
प्राधिकरणको नाममा षड्यन्त्र ६४
शक्तिको चरम दुरुपयोग ६८
समाचार बन्देजको बाटो ६८
सत्ताको दुरुपयोग ७८
हतियारको आवाज सुनाउने साधन ८८
जनआन्दोलनसँगै दमन र प्रतिरोध ९८
दुई : दमनको असर १०९
आमसञ्चारको चरित्र समाप्त ११३
असत्यभित्र सत्यको खोजी ११५
कारोबार कटौती ११८
संकटमा रेडियो पत्रकारिता १२२
विकल्पको खोजी १२७
समाचारको भोक र राष्टि्रयता १२८
प्रविधिमा प्रतिगमन १३०
प्रस्तुतिका नयाँ उपाय १३२
आत्मसंघर्ष १३४
तीन : प्रतिरोध १३९
सडक संघर्ष १४५
'कू' विरुद्धको आन्दोलनमा रेडियो १४५
रेडियोको विशिष्ट आन्दोलन १५५
रेडियो पत्रकारहरूको सचेत भूमिका १७६
स्टुडियोबाट अवज्ञा १८५
कानुनी बाटो १८७
उपचारात्मक १८९
प्रतिकारात्मक १९७
स्वतन्त्रताका लागि संवाद २१८
चार : समर्थन स्वतन्त्रताका पक्षमा २२५
राष्ट्रिय जीवनका विभिन्न अंग २२६
सञ्चार जगत् २२६
अधिकार पक्षधर २४०
राजनीतिक मुद्दा २५७
विश्व भाइचारा २६५
सञ्चारजगत् २६६
अधिकारका पक्षपाती २८५
देशको दृष्टिकोण २९१
समर्थनको विरोध २९४
सुखद समापन २९८
पाँच : शाही सत्ताले सिकाएको पाठ ३०३
सफलताको परिणाम ३०३
चक्रवर्ती असरभित्र ३०६
सबैको आफ्नै लडाइँ ३०९
सबैका लागि, सधैँका लागि ३१०
सन्दर्भ सामग्री ३१५
अनुसूची
१. स्वतन्त्र रेडियो बचाऊ आन्दोलन ३२७
काठमाडौँ घोषणापत्र
२. स्वतन्त्र रेडियोहरूका तर्फबाट ३२९
राजालाई चढाएको विन्तीपत्र
३. स्वतन्त्र रेडियोको आत्मकथा ३३३
४. वार्ताका लागि स्वतन्त्र रेडियो बचाऊ ३३५
आन्दोलन केन्द्रीय संघर्ष समितिको अवधारणा २०६२