Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 07:27 Friday, 25 March 2011 07:58
काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला|
.... तेल बुहारीले होइन छोराले किनेर ल्याएका छन् । आज्ञाकारी बुहारी/ श्रीमती श्रीमान्ले जुन तेल ल्याउँछन् त्यसैमा खाना पकाउँछिन् । तैपनि गाली खान्छिन् ।
... टेलिभिजनको पर्दामा दर्शकले मूलतः पहाडी मूलका नाकमा फूली लगाएका र तिब्बती मूलका साना आँखा भएका महिलाहरूलाई नेपाली महिलाको रूपमा चिन्ने गर्दछन् ।
नेपाली टेलिभिजनमा महिलालाई कसरी प्रस्तुत गरिँदै आएको छ भन्ने सर्न्दर्भमा धेरैमध्ये यी दुई प्रतिनिधि उदाहरण हुन् । लैङ्गकि दृष्टिकोणले टेलिभिजनका प्रस्तुतिलाई हेरिँदा तिनमा देखिएका त्रुटिलाई पहिल्याउनु आवश्यक छ । त्यस्ता त्रुटिका कारकतत्वहरू के के हुन् र तिनलाई सच्याउन के कस्ता प्रयासहरू गरिनु पर्दछ भन्नेतर्फ यो पुस्तक काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला केन्द्रित छ । विगतका अन्य अध्ययनको तुलनामा टेलिभिजनमा महिलाको छविलाई केही बेग्लै , केही सरल, र मिहिन ढङ्गले यसमा प्रस्तुत गरिएको छ । टेलिभिजन कार्यक्रम तथा विज्ञापनहरूमा महिलाको प्रस्तुतिलाई केन्द्रभागमा राखी लेखिएको जम्मा चार खण्डको यस पुस्तकका अन्य खण्डहरूमा नेपालमा टेलिभिजन स्थापना तथा यससम्बन्धी विगतमा भएका अध्ययनको पृष्ठभूमि, टेलिभिजनमा महिला सहभागिता र टेलिभिजनमा महिलाका सवालसम्बन्धी नीति निर्देशिकाबारे चर्चा छ । यो पुस्तक टेलिभिजनप्रेमी दर्शक, महिला अधिकारवादी, सञ्चारकर्मी र पत्रकारिताका विद्यार्थीका लागि उपयोगी छ । |
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge