सहरीकरणः जीविकाको विविध आयाम

सहरीकरणः जीविकाको विविध आयाम
चौतारी पुस्तक शृङ्खला ३०

सम्पादकः भास्कर गौतम र जगन्नाथ अधिकारी
पहिलो संस्करणः २०६३ - सन् २००६)
पृष्ठः ३५६ मूल्यः २००/-
ISBN: 978-99946-833-6-9

०४६ सालपछिको राजनीतिक खुलापनसँगै आर्थिक उदारीकरणको नीतिले पनि तीव्र रूप लियो । यस्तो उदार र खुला परिवेशमा एकाएक नेपाली समाजमा धेरै किसिमको उथलपुथल भएको प्रस्टै छ । यिनै चौतर्फी उथलपुथलको एउटा असर सहरीकरण र जीविकाका विविध आयामहरूमा पनि देखिन्छ । अन्तर्राट्रिय परिवेशमा ' सहरी पक्षपाती' नीति र्सवत्र हावी रहेको आरोप छ । तर यस पुस्तकमा समावेश लेखहरूबाट थाहा हुन्छ राजनीतिक नेतृत्व वर्गले ' ग्रामीण विकास' लाई नै अर्थतन्त्रको मेरुदण्ड मानेका छन् । यसले सहरी क्षेत्रमा गरिबी निवारण वा जीविकोपार्जन सुदृढ गर्ने सवाल भने छायामा पर्दै आएको छ । तथापि सहरी क्षेत्रमा सम्पत्तिको केन्द्रीकरण, भौतिक संरचनाको निर्माण, बजार र बसोबासको अव्यवस्थित सहरीकरण बढिरहेको तथ्य उत्तिकै सत्य हो । परिणाम नेपाली समाजमा विद्यमान आर्थिक असमानता सहरी क्षेत्रमा पनि व्यापक रहेको पुस्तकमा समावेश अधिकांश लेखहरूमा पाइन्छ । सँगै योजनाबद्ध रूपमा सहरको विकास गर्ने र सहरबासीको जीवनलाई गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण छ । यो वास्तविकताको अनुभूति पुस्तकमा समावेश लेखहरूले सहजै दिन्छन् । नेपालको गाउँ मात्र हैन सहर पनि राज्यद्वारा उत्तिकै उपेक्षित भएको दृष्टान्त हो यो पुस्तक ।

भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । उनको सहसम्पादनमा छायामा जनजाति - २०५८), नेपालमा गरिबीको बहस - २०६१), स्वास्थ्य समाज र राजनीति ¬- २०६२) लगायत पुस्त्कहरू प्रकाशित छन् । विभिन्न पुस्तक र पत्रिकामा नेपाली छापा र दृश्य मिडिया, चन्दागुठी र नेपाली राजनीतिसम्बन्धी उनका लेखहरू प्रकाशित छन् ।

जगन्नाथ अधिकारी मार्टिन चौतारीसँग संलग्न अनुसन्धाता हुन् । मानव भूगोलमा विद्यावारिधि गरेका अधिकारीले नेपालको प्राकृतिक स्रोत , कृषि, ग्रामीण अर्थतन्त्र, खाद्यसुरक्षा तथा सहरीकरण र वैदेशिक रोजगारसम्बन्धी अध्ययन, अनुसन्धान गरेका छन् । उनका करिब एक दर्जन पुस्तक र प्रशस्त लेखहरू प्रकाशित छन् ।

विषयसूची

धन्यवाद

परिचयःसंवृद्ध सहर , जीविका र गरिबी
भास्कर गौतम र जगन्नाथ अधिकारी

नेपालमा सहरीकरणः एक सिंहावलोकन
पीताम्बर शर्मा

परम्परागत सहरहरूबाट सिक्नुपर्ने पाठ सहरी जीवन पद्धतिका लागि खुला स्थल र सञ्जालहरू
सुदर्शनराज तिवारी

नेपालमा सुकुमबासी आन्दोलनको एक दशक
मासाको तानाका

सहरीवृत्तमा अपाङ्गताको संघर्षका आयाम
समिता भट्टर्राई

सहरी गरिबी र राज्य
झलक सुवेदी

नेपालमा सहरी शासन
राजेन्द्र गिरी

नगरपालिकाको वित्तीय व्यवस्थापन
पवन लोहनी

अमेरिकाद्वारा आकषिर्त काठमाडौँको गार्मेण्ट उद्योग र जीवनयापन
सीजू उपाध्याय

नेपालमा नर्सिङ , सहरी स्वास्थ्य र जीविका
राधा अधिकारी र इयान हार्पर

सहरी खाद्यसुरक्षा र काठमाडौँको सर्न्दर्भ
जगन्नाथ अधिकारी

काठमाडौँमा गरीबलाई खानेपानी
प्रकाश अमात्य

सडक खानाको संस्कृति
चिरन मानन्धर

काठमाडौँको अनौपचारिक क्षेत्रमा जीविकोपार्जन सहभागीहरूको अनुभव
जगन्नाथ अधिकारी

लेखक परिचय
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: