Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 07:31 Friday, 25 March 2011 07:48
बदलिँदो खाद्य शृङ्खला|
अहिले खाद्य शृङ्खलामा परिवर्तन आइरहेको छ । यसको नियन्त्रण किसानबाट बिस्तारै कर्पोरेट क्षेत्रको प्रभावमा जाँदैछ । यसलाई विश्वव्यापीकरण र नव उदारवादी नीतिले अरू तीव्र पारेको छ । यो परिवर्तनले विभिन्न क्षेत्र , वर्ग तथा समूहका परिवार र व्यक्तिको खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ । खाद्य सुरक्षामाथि पर्ने यस्तो असरको विश्लेषणमा यो अध्ययन केन्द्रित छ । अध्ययनमा कर्पोरेट क्षेत्रबाट उत्पादित तयारी तथा पुरियाबन्द खाद्यवस्तुको उपभोगको स्तर तथा प्रवृत्ति र त्यसको परिणामको विश्लेषण गरिएको छ । यस्तो प्रचलनले निम्त्याउने मुख्य असरहरूमा परम्परागत खाद्यवस्तुको विस्थापन र खानेबानीमा आएको परिवर्तन, खाद्य शृङ्खला सीमित नाफामुखी सङ्गठित व्यापारिक समूह वा कर्पोरेट क्षेत्रको बढ्दो पकड तथा आम परिवारको खाद्य असुरक्षा पर्छन् ।
खाद्य शृङ्खलामा कर्पोरेट क्षेत्रको प्रभावबारे अध्ययन नभइरहेको सन्दर्भमा यो अध्ययनले त्यसको आवश्यकता पूरा गर्नेछ । कर्पोरेट क्षेत्रको नियन्त्रणबाट खाद्य शृङ्खलालाई बचाउन , खाद्य सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले गरिने पैरवीको रणनीति तयार पार्न, त्यस अनुकूल नीति नियम विकास गर्न, उपभोक्ता हित र सचेतना बढाउन र यसबारे निगरानी गर्न यो पुस्तक उपयोगी हुनेछ । |
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge