रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद

रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद
चौतारी पुस्तक श्रृंखला २६

सम्पादकः प्रत्यूष वन्त , शेखर पराजुली, देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी
पहिलो संस्करण २०६२ / सन् २००५
पृष्ठ ५२८ , मूल्य रु.
ISBN 99946-833-1-4
 
यस पुस्तको समीक्षा पढ्नुहोस्
(Review of this Book)
The Kathmandu Post, March 12, 2006,  p. 4
पत्रकारिता, २०६२ माघ
नेपाल समाचारपत्र, २०६१ फागुन २०, वर्ष ११, अंक ४३ शनिबार सीगात पे. न 'ख'
बहा: जर्नल २०६३ जेठ, वर्ष ३ अङ्क ३, पेज ९९-१०४

करिब एक दशकअघि नेपालमा एफएम रेडियो प्रसारण सुरु हुँदा यसलाई मनोरञ्जन साधनका रूपमा हेरिन्थ्यो । यद्यपि समाचार र अन्तर्संवाद कार्यक्रमका माध्यमबाट बिस्तारै यी एफएम रेडियोले नेपालमा पृथक किसिमको रेडियो पत्रकारिता सुरुआत गरे । सोही रेडियो पत्रकारिताको विकास र अनुभवको अध्ययन हो यो पुस्तक रेडियो पत्रकारिताः एफएममा समाचार र संवाद ।

एघार अध्यायमा बाँडिएको यो पुस्तकका केही लेखले एफएम रेडियोको विकासक्रम वर्णन गर्दै बितेको दशकको कानूनी तथा नीतिगत वातावरण विश्लेषण गरेका छन् जसका सन्दर्भमा एफएम रेडियो पत्रकारिता हुर्कियो । अन्य लेखमा काठमाडौँ र पोखराका एफएमका समाचार र अन्तर्संवाद कार्यक्रमलाई केलाउँदै समाचार उत्पादन प्रक्रिया र त्यसपछाडिको अर्थराजनीति अध्ययन , विश्लेषण गरिएको छ ।

२०६१ माघ १९ पछिको सरकारका क्रियाकलाप फस्टाउँदो स्वतन्त्र रेडियोप्रति सकारात्मक देखिन्न । स्वतन्त्र रेडियो सञ्चालन अदालती बहसको विषयसमेत बनिरहेको वर्तमान अवस्थामा एफएम रेडियो पत्रकारिताका विविध पक्ष केलाइएको यो पुस्तक सामयिक छ । रेडियोकर्मी , मिडिया अध्येता र मिडियामा चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ ।

प्रत्यूष वन्त
, शेखर पराजुली, देवराज हुमागाईं,  कोमल भट्ट र कृष्ण अधिकारी मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रका मिडिया अनुसन्धान समूहका सदस्य हुन् ।



पुस्तकमा के छ -

तालिका सूची
बक्स सूची
तस्बिर सूची
प्राक्कथन

खण्ड एकः परिचय
अध्याय एकः नेपालमा एफएम रेडियोको बिस्तार
देवराज हुमागाईं

अध्याय दुई रेडियो अध्ययनः सैद्धान्तिक धरातल र हाम्रो प्रयास
देवराज हुमागाईं , प्रत्यूष वन्त र शेखर पराजुली

खण्ड दुई कानून , नीति र सङ्घर्ष
अध्याय तीनः कानून , नीति तथा सरकारी रवैया
देवराज हुमागाईं

अध्याय चारः ' माघ १९' पछि एफएम रेडियोको दशा
विनोद ढुङ्गेल

खण्ड तीनः समाचार
अध्याय पाँचः काठमाडौँका एफएम रेडियोमा समाचारको अभ्यास
कृष्ण अधिकारी

अध्याय छः हालचालको हालचाल
घमराज लुइँटेल

अध्याय सातः कान्तिपुर एफएमको समाचारलाई फर्केर हेर्दा
श्रीराम पौडेल

अध्याय आठः पोखरेली एफएम रेडियोमा समाचार
कृष्ण अधिकारी

खण्ड चारः अन्तर्संवाद कार्यक्रम
अध्याय नौः एफएम रेडियोमा हुर्कंदो अन्तर्किया
कोमल भट्ट

अध्याय दसः पोखरेली एफएममा र्सार्वजनिक डबलीको खोजी
शेखर पराजुली

अध्याय एघारः तामाङ भाषाका रेडियो कार्यक्रममा बहसको स्वरूप
प्रतीक ङेसुर तामाङ

अनुसूची
सन्दर्भ सामग्री
लेखक परिचय
अनुक्रमणिका
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: