रेडियोसँग हुर्क़दा: तीनपुस्ते नेपालीको अनुभव

रेडियोसँग हुर्क़दा: तीनपुस्ते नेपालीको अनुभव
चौतारी पुस्तक श्रृंखला २५

सम्पादकः शेखर पराजुली र प्रत्यूष वन्त
पहिलो संस्करण २०६२ / सन् २००५
पृष्ठ ४१३ , मूल्य रु. २२५
ISBN 99946-833-0-6


पुस्तक समीक्षा
कान्तिपुर, ८ असोज २०६२, पृ. ६
हिमाल खबरपत्रिका १६-२९ कात्तकि २०६२
घटना र विचार २०६२ भदौ २२,, पृ. ४
नेपाल १३ कार्तिक २०६२

नेपालीहरूले रेडियोसँग साक्षात्कार गरेको झण्डै ७५ वर्षपूरा भैसक्यो । रेडियो सुनेका हरेक व्यक्तिसँग यसबारे केही न केही अनुभव हुन सक्छन् , अमिट सम्झना हुन सक्छन् । कसैसँग धेरै होलान, कसैसँग थोरै । कसैले व्यक्त गर्न सक्छन् भने कसैले सक्दैनन् । कुनै कालखण्डमा कुनै भेकमा रहेका व्यक्तिहरूको रेडियोसँगको सम्बन्ध समाजशास्त्रीय हिसाबले समेत महत्वपूर्ण हुन्छ भन्ने सोचेर यो पुस्तक- रेडियोसँग हुर्कदाः तीनपुस्ते नेपालीको अनुभव तयार गरिएको हो ।

यस पुस्तकमा बेग्लाबेग्लै पृष्ठभूमिका ६४ जना व्यक्तिहरूले रेडियोसँग गाँसिएका आफ्ना जीवनका अविस्मरणीय क्षणहरू , सुन्दर र अमिट सम्झनाहरू र तिनले आफ्नो दैनिकीमा पारेको प्रभावलाई संस्मरणात्मक निबन्धमा उनेका छन् । जेठो पुस्ता, मध्यम पुस्ता र कान्छो पुस्ता गरी तीन खण्डमा विभाजित संस्मरणहरूको यो सँगालोले रेडियो श्रवण प्रक्रियाका विभिन्न आयामलाई उतारेको त छँदैछ नै, तत्कालीन समाजको आर्थिक, राजनीतिक र सांस्कृतिक परिवेशको पनि केही झलक प्रस्तुत गरेको छ । सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्न नसके पनि यी निबन्धहरूले तीन पुस्ताको रेडियो अनुभवको स्वाद भने चखाएकै छन् । साथै यसबारे ऐतिहासिक एवं सामाजिक अन्वेषणका लागि धरातल तयार पारिदिएका छन् ।

शेखर पराजुलीले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । दलित तथा जनजाति र मिडिया, क्षेत्रीय मिडिया, एफएम रेडियो, प्रेसमा वातावरणीय न्यायका सवाल,  रेडियो श्रोता सर्वेक्षणलगायत मिडियाका विभिन्न पक्षबारे उनका विश्लेषात्मक लेखहरु प्रकाशित छन् । उनको सह-सम्पादनमा नेपाली मिडियामा दलित तथा जनजाति (सन् २००१), नेपाली मिडिया सन्दर्भ ग्रन्थ (सन् २००३) र रेडियो नेपालको सामाजिक इतिहास (सन् २००४) प्रकाशित छन् । उनी नेपाली जर्नल रुपान्तरणः समाज अध्ययनका सह-सम्पादक पनि हुन् । 

प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया, ब्रिटेन/दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययन, आदिबारे उनका अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् । उनको सम्पादन/सह-सम्पादनमा विभिन्न पुस्तकहरु प्रकाशित छन् । तीमध्ये नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन (सन् २००४) र रेडियो नेपालको सामाजिक इतिहास (सन् २००४) पछिल्ला पुस्तकहरु हुन् । उनी Studies in Nepali History and Society जर्नलका पनि सह-सम्पादक हुन् ।



पुस्तकमा के छ

धन्यवाद

भूमिकाः तीन पुस्ताका तीन थरी श्रोता
सीके लाल

परिचयः रेडियो श्रवणको नेपाली अनुभव
शेखर पराजुली

जेठो पुस्ता
१ . रेडियो घन्कँदाको त्यो साँझ !
कमल दीक्षित

२ . जिन्दगीका धुनहरूमा रेडियो
सत्यमोहन जोशी

३ . पहिलो पटक रेडियो सुन्दा
रमेश विकल

४ . रेडियोसित गाँसिएका ती दिन
मोदनाथ प्रश्रति

५ . पोखरामा रेडियोका सुरु दिनहरू
केशवराज पराजुली

६ . श्रोताको अनुभूति
तेजनाथ घिमिरे

७ . बाबु बाकसानन्द !
हेमराज पहारी

८ . मेरो रेडियो श्रवणको कथा
दुर्गाप्रसाद भण्डारी

९ . रेडियो मेरो सम्झनामा
शिव रेग्मी

१० . रेडियोः मेरो गुरु
सनत रेग्मी

११ . रेडियोले ज्यानै जोगायो
भैरव रिसाल

१२ . कुरौटेनीको कथाः मेरो यात्रा
अभि सुवेदी

१३ . सानोमा सुनेको रेडियोको कथा
खगेन्द्र सङ्ग्रौला

१४ . मेरो स्मृतिको पानामा रेडियो
शिवेन्द्रलाल कर्ण

१५ . आर्श्चर्यको मान्छे
भुवन ढुङ्गाना

१६ लाहुरेदाइको रेडियो, तरुनीका हुल र म फुच्चे
नोवल किशोर र्राई

मध्यम पुस्ता
१७ . रेडियोका गीत र समयको फेर
वसन्त थापा

१८ . मेरो सम्झनामा पहिलो रेडियो
हेमबहादुर बिष्ट

१९ . रेडियोसँग कसरी परिचित भएँ
तुलसी भट्टर्राई

२० . रेडियोसँग चिनजानः ग्रामोफोनदेखि एफएमसम्म
विनय कसजू

२१ . म आनन्दले पुलकित भएँ
गोविन्दराज भट्टराई

२२ . रेडियो नेपालले दिएको पीडा
प्रेम कैदी

२३ . रेडियोसँग भिजेका पलहरू
शम्भुप्रसाद हुमागाईं

२४ . स्मृतिका पानामा रेडियो नेपाल
भाउपन्थी

२५ . रेडियोको सन्दर्भः सम्झना लाहुरे र केनेडीको
तीर्थ श्रेष्ठ

२६ . रेडियोसँग अटुट नाता
कृष्ण धराबासी

२७ . मेरो आपतको साथी
श्यामल

२८ . समाचारको प्रतीक्षामा बसेका क्षणहरू
गोविन्दचन्द्र क्षेत्री

२९ . गीत सङ्गीतसँगको मेरो नाता
प्रमोद प्रधान

३० . मेरो जीवनको परिसरमा रेडियो
सुधा त्रिपाठी

३१ . हजुर्बाको रेडियो र मेरा कविताहरू
केदार शर्मा

३२ . मेरो जापानी रेडियो
विप्लव प्रतीक

३३ . रेडियो नेपालले तानेका मेरा चञ्चल क्षणहरू
सुलोचना मानन्धर

३४ . रेडियोसँगका मेरा नाता सम्बन्धहरू
गोविन्द वर्तमान

३५ . स्मृतिमा रेडियो र म
शशिकला मानन्धर

३६ . रेडियोको कथा
रमण घिमिरे

३७ . जीवन यात्रामा रेडियो
जगन्नाथ अधिकारी

३८ मेरो अतीतमा रेडियो
गुणराज लुइँटेल

३९ . मेरो बौद्धिक ज्ञानको स्रोत रेडियो
चक्रमान विश्वकर्मा

४० . रेडियोसँग चिनापर्ची
झलक सुवेदी

४१ . रेडियोको क्रेज र हाम्रो परिवार
दीपा गौतम

कान्छो पुस्ता
४२ . रेडियो नेपालः गोलार्धका दुई छेउमा
रघु मैनाली

४३ . छापाको सपनाः रेडियोको यात्रा
रवीन्द्र मिश्र

४४ . अमृत फल्ने विषवृक्ष
धीरेन्द्र प्रेमर्षी

४५ . रेडियोः सोखदेखि ' करिअर' सम्म
भगीरथ योगी

४६ . भुजेलको आँगनको कालो बट्टा !
युवराज नयाँघरे

४७ . विदेशमा बस्ने नेपालीहरूका लागि कार्यक्रम
अनिल भट्टराई

४८ . रेडियो सुन्दै तरकारी केलाएका दिनहरू
रमा पराजुली

४९ . मेरो रेडियो अनुभव
राजेन्द्र ज्ञवाली

५० . मेरो बाल्यकालको साथी
बबिता बस्नेत

५१ . रेडियो र हजुर्बा
कमल बस्ताकोटी

५२ . बादेखिको बीबीसी सुन्ने बानी
रमेश पराजुली

५३ म, मेरी आमा र ' नेशनल पानासोनिक' रेडियो
जितेन्द्र साह

५४ किशोर वयको सम्झना
बीना शर्मा

५५ . रेडियो, म र मेरा वरिपरिका कुराहरू
सिर्जना सुब्बा

५६ मलाई ब्युँझाउने रेडियो नेपाल
शरद केसी

५७ . रेडियो सम्भँदा
देवान र्राई

५८ सहरी र्सार्वजनिक वृत्त र रेडियो
भास्कर गौतम

५९ . रेडियोसँग सहयात्रा
देवराज हुमागाईं

६० . सम्झनाको अवशेषमा रेडियो
सुरेश रानाभाट

६१ . एउटा रेडियोको अन्त
कैलाश राई

६२ . रेडियोसँगको सङ्गत
हर्षमान महर्जन

६३ . एकान्तको साथी
कोमल भट्ट

६४ . समय दिने रेडियो
भवसागर घिमिरे ' माइलो'

सन्दर्भ सामग्री
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: