रेडियो नेपालको सामाजिक इतिहास

रेडियो नेपालको सामाजिक इतिहास
चौतारी पुस्तक श्रृंखला २३


सम्पादकः प्रत्यूष वन्त , शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी र कोमल भट्ट
पहिलो संस्करण २०६१ / सन् २००४
पृष्ठ ४४८ , मूल्य १५०
ISBN 99933-812-8-4


Book Review/पुस्तक समीक्षा
The Himalayan Times-10, 2005 April 7 April 7
राजधानी १५ फागुन, २०६१
समय, असार, वर्ष २, २०६१
हिमाल, जेठ १६-३१, २०६२, पृ. ४८
नेपाल, ३० साउन २०६३

सूचना र मनोरञ्जनको प्रसारणमा अर्धशताब्दीभन्दा लामो समयदेखि अविछिन्न सक्रिय रेडियो नेपाल अचेल आम बहसबाहिर परेको छ । यद्यपि जनशक्ति , भौतिक पर्ूवाधार, प्रसारणको देशव्यापी पहुँच, अनुभव इत्यादि कारणले यसको प्रभाव र भूमिका महत्वपूर्ण छ । धेरै नेपालीहरूको अभिन्न अनुभवका रूपमा स्थापित रेडियो नेपालबारे विस्तृत अनुसन्धान र अध्ययन आवश्यक भए पनि यस्तो हुन सकेको छैन । यस सन्दर्भमा ' नेपाली समाजमा रेडियो' भन्ने बृहत र्शीषकअन्तर्गत गरिएको अध्ययनको परिणाम स्वरूप यो पुस्तक रेडियो नेपालको सामाजिक इतिहास तयार भएको हो ।

यस पुस्तकमा परिचयबाहेक तीन मुख्य खण्डहरू छन् । संस्थागत पक्षहरू , कार्यक्रम र उत्पादन तथा श्रोता र समाज र्शीषकका यी तीन मुख्य खण्डभित्र २३ वटा लेखहरू संयोजन गरिएको छ । संस्थागत पक्षहरूअन्तर्गतका लेखहरूले रेडियो नेपालको ऐतिहासिक विकासक्रमको नालीवेली पेश गरेका छन् । कार्यक्रम र उत्पादन खण्डमा केही कार्यक्रमको चर्चाका साथसाथै समग्र कार्यक्रमको उत्पादन र प्रसारण प्रक्रियाको प्रतितिधिमूलक झलक पाइन्छ । श्रोता र समाज खण्डमा परेका लेखहरूले रेडियो नेपाल र नेपाली श्रोताहरूबीचको अन्तरसम्बन्ध केलाएका छन् । यस खण्डका केही लेखले रेडियो नेपालमा विभिन्न पिछडिएका वर्गको स्थान खोज्ने प्रयास पनि गरेका छन् ।यो पुस्तकले रेडियो नेपाललाई विभिन्न कोणबाट हेर्न मद्दत गर्छ । रेडियो नेपालबारे नेपाली समाजमा रहेको ज्ञानको प्रशोधन र विस्तार गरी नयाँ अनुसन्धानकर्ताहरूलाई यसका अन्य पक्षहरुतर्फ आकर्षा गर्न यो पुस्तक उपयोगी छ ।

प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी र कोमल भट्ट मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रका मिडिया अनुसन्धान समूहका सदस्य हुन् ।


पुस्तकमा के छ -

प्राक्कथन

परिचय
प्रत्यूष वन्त , शेखर पराजुली, देवराज हुमागाईं, कृष्ण अधिकारी र कोमल भट्ट

खण्ड एकः संस्थागत पक्षहरू
अध्याय एकः रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव
प्रत्यूष वन्त

अध्याय दुई रेडियो नेपालको जन्म
तारिणीप्रसाद कोइराला

अध्याय तीनः रेडियो नेपालको संस्थागत विकासक्रम
कृष्ण अधिकारी

अध्याय चारः सरकारी नीति योजनामा रेडियो नेपाल
देवराज हुमागाईं

अध्याय पाँचः रेडियो नेपालको आर्थिक विकासक्रम
कोमल भट्ट

खण्ड दुईः कार्यक्रम र उत्पादन
अध्याय छः रेडियो नेपालका कार्यक्रम अर्धशताब्दीको समीक्षा
देवराज हुमागाईं

अध्याय सातः पञ्चायतको प्रचारमा रेडियो नेपाल , २०१७- २०२२
प्रत्यूष वन्त

अध्याय आठः नेपालमा रेडियो पत्रकारिताको विगत र वर्तमान
ध्रुव थापा

अध्याय नौः कार्यक्रम घटना र विचारलाई खोतल्दा
प्रज्ज्वलराज चापागाईं

अध्याय दशः खोज खबरको खोजी
देवराज हुमागाईं

अध्याय एघारः कुरा हाकाहाकी
गोपाल गुरागाईं

अध्याय बाह्रः रेडियो नाटक जिउँदै छ -
सङ्केत कोइराला

अध्याय तेह्रः नेपाली सङ्गीतको विकासमा रेडियो नेपाल र संलग्न कलाकारहरू
बुलु मुकारुङ

अध्याय चौधः सम्झनाका पानाहरूमा बाल कार्यक्रम
वासुदेव मुनाल

अध्याय पन्ध्रः धार्मिक कार्यक्रमको नालीबेली
पुरुषोत्तम सापकोटा

अध्याय सोह्रः साहित्य संसारको सेरोफेरो
गोपालप्रसाद खतिवडा

अध्याय सत्रः शाही नेपाली सैनिक कार्यक्रम
मोहन थापा

अध्याय अठारः रेडियो कार्यक्रम उत्पादनः साथीसँग मनका कुराको अनुभव
विष्णुप्रसाद नेपाल र नृपराज जोशी

खण्ड तीनः रेडियो र समाज
अध्याय उन्नाईसः रेडियो नेपालमा महिला कार्यक्रम विगतदेखि वर्तमानसम्म
बीना शर्मा

अध्याय बीसः रेडियो नेपाल र जनजाति
कुमार यात्रु

अध्याय एक्काईसः रेडियोमा मधेश र मधेशी
धीरेन्द्र प्रेमर्षि

अध्याय बाईसः रेडियो नेपाल र श्रोता सर्वेक्षण
शेखर पराजुली

अध्याय तेइसः रेडियो नेपालका प्रकाशनहरू
कृष्ण अधिकारी

सन्दर्भ सामग्री
लेखक परिचय
अनुक्रमणिका
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: