नेपालमा गरिबीको बहस

नेपालमा गरिबीको बहस
चौतारी पुस्तक श्रृंखला २१

सम्पादकः भाष्कर गौतम , जगन्नाथ अधिकारी र पूर्ण बस्नेत
पहिलो संस्करण २०६१ / सन् २००४
पृष्ठ ४६५ , मूल्य २५०
ISBN: 99933-812-7-6


पुस्तक समीक्षा
कान्तिपुर, कोसेली, ९ माघ २०६१,, पेज ६
नेपाल, ३ माघ २०६१, पृ ४६
हिमालखबर पत्रिका १-१५ चैत्र २०६१

गरिबी निवारण तथ्याङ्क इतर पनि निकै गतिशील विषय हो । नेपालमा गरिबीको बहस ले यही गतिशीलतालाई स्थापित गरेको छ । त्यसैले पुस्तकमा तथ्याङ्कको प्रस्तुति मात्र नभएर समाजमा विद्यमान अन्य विषयहरूको सूक्ष्म गुणात्मक विश्लेषण पाइन्छ । यस पुस्तकमा सङ्गृहीत लेखहरूले नेपालमा गरिबीको बहसलाई ठोस र सार्थक आयाम दिएका छन् । समाजमा गरिबी व्याप्त भएकोले राज्यका असफल योजना र गैसस एवं दाता समूहका कार्यक्रमहरूमा गरिबी निवारणको हाउगुजी विशाल छ । यो पुस्तकले यिनै हाउगुजीलाई मसिनोसँग उत्खनन् गर्दै मूलतः अर्थ - राजनीतिक अन्यौल र सामाजिक जटिलताबीच समाज परिवर्तनका सम्भावनालाई जीवित राखेको छ ।

भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । उनको सह-सम्पादनमा छापामा जनजाति प्रकाशित छ । नेपाली छापा र दृश्य मिडिया, चन्दागुठी र नेपाली राजनीतिसम्बन्धी उनका लेखहरु प्रकाशित छन् । 

जगन्नाथ अधिकारी मार्टिन चौतारीका संयोजक हुन् । मानव-भूगोलमा विद्यावारिधि गरेका अधिकारीले नेपालको प्राकृतिक स्रोत, कृषि, ग्रामीण अर्थतन्त्र, खाद्य-सुरक्षा तथा सहरीकरण र वैदेशिक रोजगारसम्बन्धी अध्ययन, अनुसन्धान गरेका छन् । उहाँका करिब एक दर्जन पुस्तक र प्रशस्त लेखहरु प्रकाशित छन् । 

पूर्ण बस्नेत पेशाले पत्रकार हुन् । लामो समय विकास पत्रिकाको सह-सम्पादन गरेका उनी हाल नेपालको समाजशास्त्रीय विषयसम्बन्धी प्रकाशन हुने जर्नलको संयोजनमा व्यस्त छन् । नेपाली मिडिया, विकास पत्रिका र राजनीतिक द्वन्द्वसम्बन्धी उनका लेखहरु प्रकाशित छन् ।

पुस्तकमा के छ
धन्यवाद

गरिबीको बहसबारे संक्षिप्त झलक
जगन्नाथ अधिकारी र भास्कर गौतम

१. गरिबीकोसैद्धान्तिकपक्ष
गरिबी र गरिबी मापनसम्बन्धी केही सैद्धान्तिक विश्लेषण
जगन्नाथ अधिकारी

नेपालमा गरिबीको स्थितिः ऐतिहासिक विवेचना
जगन्नाथ अधिकारी

हामी किन गरीब
दीपक ज्ञवाली

नेपाली दरिद्रता र संरचनागत समायोजन कार्यक्रम
हरि रोका

विकासको नाममा गरिबीको व्यापार
मेरी डेशेन

असफल राज्य , गरिबी र वैदेशिक हस्तक्षेपको भूमिका
सेरा तामाङ

२. गरिबी, समाज र राजनीति
नेपाली श्रमः संकटमा श्रमशक्ति
राजन शर्मा

कस्तो कठिन जिन्दगानी
केभिन बुब्रिस्की

विपन्न अर्थतन्त्रको जिउँदो तस्वीर नेपाली भरिया
कनकमणि दीक्षित

पदयात्रा व्यवसायका कमाराहरू
डग स्कट

बाँच्नका खातिर
कृष्ण अधिकारी

कमैया आन्दोलन र धैर्यताको राजनीति
तात्सुरो फुजिकुरा

दलितको नाममा अरूको रजाइँ
भूपराज खड्का

बन्दुक , बर्दी र बूटः द्वन्द्वले खोस्यो दलितको रोजीरोटी
बाबुराम विश्वकमा

जीविकाको खोजीमा हिस्दुस्तान जाने नेपालीहरू
कनकमणि दीक्षित

वैदेशिक रोजगार र गरिबी न्यूनीकरणः सम्भावना र चुनौती
जगन्नाथ अधिकारी

सघन गरिबी उन्मूलन र माओवादी
मोहन मैनाली

मानवअधिकार आन्दोलनको प्राथमिकता र गरिबी निवारण
कृष्ण पहाडी

नेपाली प्रजातन्त्रको चुनौती
टी लुइस ब्राउन

३. क्षेत्रगत असमानता, पहुँच र स्रोत
कर्णाली राजमार्गः दुई दशकको निर्रथक प्रयास
मीनबहादुर शाही

कर्णालीः पीडा र मुक्तिको उपाय
सौभाग्य शाह

तराईमा जीविकाको बदलिँदो स्रोत
चन्द्रकिशोर

जीविकाको घट्दो स्रोतः चितवन राष्ट्रिय निकुञ्ज र बोटे - माझीको सन्दर्भ
सोमत घिमिरे

अन्तिम घना वनको अन्त्येष्टि
हस्त गुरुङ

भूमिसुधारः एउटा नसकिएको कार्य
उल्फ लेडेजिस्की

भूमि अधिकार , सामाजिक न्याय र गरिबी निवारण
जगत देउजा र जगत बस्नेत

गरीबको लागि उर्जा
विकास पाण्डे

४. अर्थतन्त्र, योजना र विकास
गरिबी हटाउने जिम्मा गरीबहरूकै थाप्लामा
गोपाल गुरागाईं

नेपालमा विदेशी सहयोगः हिसाब धेरै काम शून्य
कनकमणि दीक्षित

सहायताको रहस्य
देवेन्द्रराज पाण्डे

विकासे फर्मूलाका विकासे योजना
डिल्लीराम दाहाल

विकास कसका लागि
वीपी कोइराला

गरिबी न्यूनीकरणसम्बन्धी नीति र बजेट
झलक सुवेदी

बढ्दो सुरक्षा खर्चले बढाएको चिन्ता
खिम घले

जनताबाट अलग्गिएको विकास
महेश पन्त

५. सम्भावना र बहस
गरिबी न्यूनीकरण रणनीति पत्रः एक विश्लेषण
जगन्नाथ अधिकारी

गरिबीमुक्त नेपालको सम्भावना
निशिमिजु

पहाडी विकासको रणनीति
पीताम्बर शर्मा

सामुदायिक र राजनीतिक संगठनहरूको दायित्व
चैतन्य मिश्र

थप अध्ययन सामग्री

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: