मिडिया उत्पादन र अन्तर्वस्तु

मिडिया उत्पादन र अन्तर्वस्तु
चौतारी पुस्तक श्रृंखला १४

मिडिया उत्पादन र अन्तर्वस्तु
सम्पादकः रमेश पराजुली र प्रत्यूष वन्त
प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द
पहिलो संस्करण २०६० / सन् २००३
पृष्ठ १७६ , मूल्य रु १२५
ISBN 99933 782 9 1


पुस्तक समीक्षा
जन एकता साप्ताहिक पु. ४ २०६० मंसिर ८


प्रकार , प्रस्तुति र पहुँच सबै हिसाबले दिनदिनै फैलँदो मिडिया क्षेत्रप्रति मानिसहरूको, अध्येताहरूको रुचि पनि बढ्दैछ । मिडियाका विभिन्न अवयवमाथि विविध कोण र पक्षबाट प्रक्रियाबद्ध अध्ययन, खोज हुन थालेका छन् । मिडिया अध्ययनको महत्वपूर्ण पाटो रहेको मिडिया उत्पादन प्रक्रियालाई केन्द्रमा राखी तयार गरिएका अनुसन्धानमूलक सामग्री मिडिया उत्पादन र अन्तर्वस्तुमा परेका छन् । मिडिया- संस्थाको स्वरूप र मिडिया उत्पादन प्रक्रियाले अन्तर्वस्तुमा पार्ने/ पारिरहेको प्रभावको लेखाजोखा पुस्तकमा गरिएको छ ।

परिचयबाहेक पुस्तकमा छ वटा अनुसन्धानमूलक लेखहरू समावेश छन् । पहिलो तीनवटा लेखहरूमा मिडिया उत्पादनमा भैरहेको गैरसरकारी संलग्नताको चर्चा छ । त्यसपछिका दुईवटा लेखमा मिडिया कन्टेन्ट उत्पादनमा रहेका कठिनाइ र प्रयास केलाइएको छ । माथिल्लो ' गेट' या ' फिल्टर' ले मिडियाको कन्टेन्ट तय गर्नमा निर्वाह गर्ने भूमिकाको अन्तिम लेखमा चर्चा गरिएको छ ।

मिडियाकर्मी , मिडिया अध्ययनका विद्यार्थी र मिडियामा रुचि र चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ ।

तथ्यांकशास्त्र/समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका रमेश पराजुली अनुसन्धाता हुनुहुन्छ । उहाँको सम्पादन/सह-सम्पादनमा मिडियाको अन्तरवस्तुः विविध विश्लेशण र मिडिया चिरफारः केही सामाजिक सन्दर्भ प्रकाशित छन्। 

प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । स्टडिज इन नेपाली हिस्ट्री एण्ड सोसाइटीका सम्पादक वन्तका नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया र दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् । उहाँको सम्पादन/सह-सम्पादनमा १० पुस्तक प्रकाशित छन् ।


पुस्तकमा के छ -

धन्यवाद

परिचय
रमेश पराजुली र प्रत्यूष वन्त

वैकल्पिक पत्रिकाः व्यवसायिकता र आत्मनिर्भरताको चुनौती
पूर्ण बस्नेत

नेपालमा फिचर सेवाको अभ्यास
कृष्ण अधिकारी

खोज सामग्री उत्पादनः खोज पत्रकारिता केन्द्रको प्रयास
कोमल भट्ट

इन्टरनेट र नेपाली मिडिया
गौरब राज उपाध्याय

' खोज खबर' को खोजी
देवराज हुमागाईं

महिला र लैङ्गकितासम्बन्धी सवालहरूमा सकारात्मक हुँदैछ
नेपाली सञ्चारमाध्यम
मञ्जु थापा

लेखक / सम्पादक परिचय
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: