Last Updated on Thursday, 26 January 2012 07:58 Tuesday, 22 March 2011 10:09
नेपाली मिडिया सन्दर्भ ग्रन्थ
चौतारी पुस्तक श्रृंखला ११
सम्पादकः शेखर पराजुली, प्रत्यूष वन्त, कृष्ण अधिकारी, कोमल भट्ट र देवराज हुमागाईं
प्रकाशकः मार्टिन चौतारी
पहिलो संस्करण २०६० / सन् २००३
पृष्ठ ३०० , मूल्य रु २००
ISBN 99933-782-6-7
पुस्तक समीक्षा
स्पेश विशेष (स्पेसटाइम) पृष्ठ, ३ २०६० भदौ १३, शनिबार
|
नेपाली मिडियाको फाँट उर्बर र पराकिलो बन्दैछ । मिडिया उत्पादनको सङ्खया र प्रकार साथसाथै मिडियामाथि गरिने टीका-टिप्पणीमा पनि उल्लेख्य वृद्धि भएको छ । विभिन्न प्रतिवेदन, कार्यपत्र, पत्रपत्रिका, स्मारिका र पुस्तक-मार्फत मिडियाबारे गरिने थरीथरीका प्रतिक्रिया र अनुसन्धान सार्वजनिक हुन्छन् । यो क्रम बढ्दो छ । मिडियाबारे प्रक्रियाबद्ध अनुसन्धान गर्नका लागि यसबारेमा पुराना सामग्रीको अध्ययन वाञ्छनीय भए पनि तीबारे सजिलै जानकारी पाइँदैन । मिडियाका विभिन्न पक्षमा थप अध्ययन, अनुसन्धान गर्न चाहनेले यत्रतत्र छरिएर रहेका प्रकाशित/अप्रकाशित सामग्रीको जानकारी एउटै सङ्ग्रहमा पाउन सकून् भनेर नेपाली मिडिया सन्दर्भ ग्रन्थ तयार गरिएको हो । यस पुस्तकमा मिडियासम्बन्धी पुस्तक, स्मारिकालगायत २०४७ सालयताका पत्रपत्रिकामा मिडियाबारे छापिएका सामग्रीको विवरण समावेश छ । यसबाहेक गोष्ठी छलफलमा प्रस्तुत कार्यपत्र, विभिन्न अनुसन्धानका अप्रकाशित प्रतिवेदन, विश्वविद्यालयमा शैक्षिक उपाधिका लागि गरिएका अनुसन्धान, सोधपत्र इत्यादिबारेमा विवरण पनि यहाँ परेको छ । खोजबाट सङ्कलित सामग्रीलाई विषयगत आधारमा ३१ विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ । आवश्यकताअनुसार केही उपशीर्षक पनि दिइएको छ । प्रयोग गर्न सजिलो होस् भनेर लेखक अनुक्रमणिका पनि बनाइएको छ । यो पुस्तकमा भएका सामग्रीको जानकारीले मिडिया अनुसन्धान, अध्येताका लागि आफ्नो अनुसन्धानको स्तर वृद्धि गर्न र भविष्यम गरिनुपर्ने अनुसन्धानका क्षेत्र पहिल्याउन मद्दत पुर्याउनेछ भन्ने विश्वास गरिएको छ ।
|
शेखर पराजुली तथ्यांक शास्त्रमा एमएस्सी गर्नु भएको छ । उहाँको सह-सम्पादनमा नेपाली मिडियामा दलित तथा जनजाति प्रकाशित छ । क्षेत्रीय मिडिया, एफएम रेडियो, प्रेसमा वातावरणीय न्यायका सवाललगायत मिडियाका विभिन्न पक्षबारे उहाँको लेखहरु प्रकाशित छन् ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया र दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँका अनुसन्धनमूलक लेखहरु प्रकाशित छन् । उहाँको सम्पादन/सह-सम्पादनमा छापामा महिला, नेपाली मिडियामा दलित तथा जनजाति, छापामा दलित, छापामा जनजाति, मिडियाको अन्तरवस्तुः विविध विश्लेशण, स्थानीय रेडियो र क्षेत्रीय मिडिया प्रकाशित छन् ।
कृष्ण अधिकारीले समासशास्त्रमा एमए गर्नु भएको छ । क्षेत्रीय मिडिया र फिचर सेवाबारे उहाँका लेख प्रकाशित छन् ।
कोमल भट्ट बिए अध्ययनरत हुनुहुन्छ । काठमाडौंका सन्ध्याकालीन पत्रिका र खोज पत्रकारिताबारे उहाँका लेख प्रकाशित छन् ।
विषयसूची
धन्यवाद
सङ्क्षिप्त रुप
परिचय
१= पुस्तक
२= स्मारिका
३= छापा माध्यम
३=१ छापा इतिहास
३=२ साप्ताहिक पत्रिका
३=३ गोरखापत्र संस्थानका प्रकाशन
३=४ मुद्रण तथा साजसज्जा
३=५ छापा विविध
४= विद्युतीय सञ्चारमाध्यम
४=१ रेडियो नेपाल
४=२ एफएम रेडियो
४=३ सामुदायिक रेडियाे
४=४ रेडियो विविध
४=५ टेलिभिजन
४=६ विद्युतीय सञ्चार विविध
५= पत्रकार/पत्रकारका संघसंस्था
६= सरकारी सञ्चार संयन्त्र
६=१ गोरखापत्र संस्थान
६=२ प्रेस काउन्सिल नेपाल
६=३ राष्ट्रिय समाचार समिति
६=४ सूचना विभाग
६=५ सरकारी सञ्चारमाध्म विविध
७= शिक्षण/प्रशिक्षण
८= व्यावसायिकता/आचारसंहिता
८=१ व्यावसायिकता
८=२ आचारसंहिता
८=३ अश्लीलता
८=४ श्रीषा प्रकरण
९= लगानी/व्यवस्थापन
१०= मिडिया र बजार
१०=१ विक्री/वितरण
१०=२ विज्ञापन
११= नीति, नियम र ऐन
१२= मिडिया, प्रजातन्त्र र प्रेस स्वतन्त्रता
१२=१ मिडिया र प्रजातन्त्र
१२=२ प्रेस स्वतन्त्रता
१३= मिडिया र राजनीति
१३=१ राजनीति
१३=२ मिडिया र संसद
१३=३ सङ्कटकालमा पत्रकारिता
१४= मिडिया र अदालत
१५= जाति/वर्गविशेष र मिडिया
१५=१ महिला
१५=२ बालबालिका
१५=३ युवा
१५=४ दलित
१५=५ जनजाति
१५=६ मधेसी
१५=७ अपाङ्ग
१६= क्षेत्रीय मिडिया
१७= ग्रामीण/सामुदायिक सञ्चार
१८= विकास पत्रकारिता
१९= वातावरण पत्रकारिता
२०= स्वास्थ्य र सञ्चार
२१= आर्थिक पत्रकारिता
२२= खेलकुद पत्रकारिता
२३= अपराध पत्रकारिता
२४= विज्ञान पत्रकारिता
२५= रङ्ग पत्रकारिता
२६= साहित्यिक पत्रकारिता
२७= पत्रकारितामा भाषा
२८= फोटो पत्रकारिता
२९= कार्टुन
३०= विविध
३०=१ छुटेका र थप सामग्री
३२= नियमित प्रकाशनहरु
अनुक्रमणिका
सम्पादक परिचय
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge