Last Updated on Thursday, 26 January 2012 08:01 Tuesday, 22 March 2011 06:04
वातावरणीय न्याय शब्दावली
चौतारी पुस्तक श्रृंखला ७
जगन्नाथ अधिकारी र शरद घिमिरे
प्रकाशकः मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र
थापाथली , काठमाडौ
पहिलो संस्करण , २०५८/ सन् २००२
पृष्ठ ८२ , मूल्य रु ५०
ISBN 99933-396-2-8
|
वातावरणमा देखापरेका समस्याहरूलाई नयाँ दृष्टिकोणबाट हेर्ने क्रममा वातावरणीय न्यायको अवधारणाको विकास भएको पाइन्छ । करिब एक दशकअघि मात्र विकसित यो अवधारणा नेपालको सर्न्दर्भमा प्राकृतिक स्रोतको उपयोग तथा अन्य वातावरणीय कार्यक्रम एवं नीति नियमहरूको निर्माण , कार्यान्वयन, मूल्याङ्कन र सहभागितामासमेत उत्तिकै महत्वपर्ूण्ा छ । कुनै वर्ग, वर्णरङ्ग, जातजाति, लिङ्ग वा समुदायविशेषप्रति लक्षित नभइकन वातावरणीय ह्रास वा असर तथा जोखिमहरू समानुपातिक रूपमा बहन गरिनुकासाथै प्राकृतिक स्रोतको उपयोग वा वातावरणीय सुधार तथा संुरक्षणबाट प्राप्त फाइदा तथा अवसरहरू पनि न्यायोचित रूपमा वितरण हुनुलाई नै वातावरणीय न्याय भनिन्छ ।
वातावरणीय न्यायको नामबाटै नेपालमा हालसम्म कुनै अध्ययन , अनुसन्धान तथा कार्यक्रम नभएको अवस्थामा वातावरणीय अधिकार तथा सुरक्षित जीविकोपार्जनका लागि महत्वपर्ूण्ा वातावरणीय न्याय प्रष्ट छैन । वातावरणीय न्यायको अवधारणालाई प्रष्ट पार्न यससँग जोडिएर आउने विभिन्न शब्द/ पदावलीहरू प्रष्ट हुनु जरुरी देखेर जम्माजम्मी १७३ शब्द/ वाक्यांशहरूको आवश्यक व्याख्या सहितको यो वातावरणीय न्याय शब्दावली तयार गरिएको छ । वातावरणीय न्यायको सरोकारका समुदाय, विभिन्न सामुदायिक विकासप्रति समर्पित कार्यकर्ता र संस्थाहरू तथा तत्सम्बन्धी अध्ययन, अनुसन्धानमा जुटेका विद्यार्थी, शोधर्ता, पत्रकार सबैलाई यो शब्दाकवली सहयोग हुने विश्वास गरिएको छ ।
|
जगन्नाथ अधिकारीले समाजशास्त्रमा विद्यावारिधि गर्नु भएको छ । उहाँले नेपाली समाज तथा वातावरणीय स्रोतका विविध पक्षहरुमा अध्ययन, अनुसन्धान गर्नु भएको छ । उहाँको लेखन तथा सम्पादनमा विभिन्न पुस्तक तथा लेख प्रकाशित भएका छन् ।
वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नु भएका शरद घिमिरे वातावरणीय संरक्षणमा रुचि राख्ने अनुसन्धाता हुनुहुन्छ ।
पुस्तकमा के छ
धन्यवाद
पृष्ठभूमि
शब्दावली - नेपाली वर्णानुक्रमानुसार)
अनुक्रमणिका - अंग्रेजी वर्णानुक्रमानुसार
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge