क्षेत्रीय मिडियाः विगत र वर्तमान

क्षेत्रीय मिडियाः विगत र वर्तमान
चौतारी पुस्तक श्रृंखला ४


सम्पादकः प्रत्यूष वन्त
प्रकाशकः मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र
थापाथली , काठमाडौ
पहिलो संस्करण , २०५८/ सन् २००२
पृष्ठ ३२६ , मूल्य रु २००
ISBN 99933-396-0-1


पुस्तक परिचय
जनधारणा २०५९ वर्ष ११, अंक १७
देशान्तर साप्ताहिक ५ जेठ, २०५९

प्रजातन्त्र पुनःस्थापनापछि देशमा आएको खुला वातावरणले गर्दा राजधानी काठमाडौं सँगैसँगै देशको अन्य क्षेत्रको मिडियामा परिवर्तन भएको तर काठमाडौँ उपत्यकाबाहिर भएका ती परिवर्तन के कस्ता छन् भन्नेबार अहिलेसम्म खासै अध्ययन भएको थिएन क्षेत्रीय मिडियाको विकास विस्तारलाई एकै ठाउँमा राखेर गरिएको साङ्गोपाङ्गो अध्ययनको प्रतिफल हो - क्षेत्रीय मिडियाः विगत वर्तमान यस पुस्तकमा क्षेत्रीय मिडियाको अवस्थितिबारे अध्ययन विश्लेषण सहितका दुईथरी लेखहरू छन् पहिलोमा नेपालको विभिन्न भागमा उत्पादित मिडियाको विगतबारे सञ्चारकर्मीहरूले लेखेका लेखहरु पर्छन् भने दोस्रोमा वर्तमान अवस्थाको चर्चा गर्ने अनुसन्धनात्मक लेखहरू पर्छन्

दोस्रो खाले लेखहरूमा मिडियाको क्षमता निर्धारण गर्ने केही महत्वपूर्ण सवालहरूबारे चर्चा गरिएको क्षेत्रीय मिडियामा भएका लगानीको ' स्केल' प्रकार; त्यस्तो लगानी गर्ने संस्था वा व्यक्तिको प्रकृति; प्रेस रेडियोको उत्पादन क्षमता; वितरण प्रसारणको काइदा/ व्यवस्था; विज्ञापनको बजार आदि पक्षहरू समेटिएका छन् त्यस्तै सम्बन्धित क्षेत्रीय मिडियाको क्षमता अभिवृद्धिका लागि कार्यरत शैक्षिक संस्था, तालिम प्रदायक संस्था, स्रोत केन्द्र, पत्रकारका संस्थाहरूको भूमिकाबारे पनि चर्चा गरिएको क्षेत्रीय मिडियामा खोज पत्रकारिताको प्रयास, स्तर प्रभावकारिताको के कस्तो - मिडियाले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी प्रजातान्त्रिक बनाउन के गरिरहेको - क्षेत्रीय मिडियाले नेपाली समाजलाई अझ बढी प्रजातन्त्रीकरण गर्ने दिशामा कत्तिको स्वतन्त्र प्रभावकारी भूमिका निर्वाह गरिरहेको - यिनै प्रश्नहरूको जवाफ यो पुस्तकले दिन्छ

प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । नेपाली राष्ट्रियता, गोर्खालीहरुको इतिहास, मिडिया र दक्षिण एसियामा क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धनात्मक लेखहरु प्रकाशित गर्नु भएको छ । उहाँको सह-सम्पादनमा छापामा दलित (२०५६), नेपाली मिडियामा दलित तथा जनजाति (२०५८) एवम् मिडियाको अन्तरवस्तुः विविध विश्लेशण (२०५९) पुस्तकहरु प्रकाशित छन् ।


पुस्तकमा के  

धन्यवाद


परिचयः क्षेत्रीय मिडियाको अधययन

पूर्वाञ्चल
. झापाली पत्रकारिताको सङ्क्षिप्त इतिहास
मोहनकाजी न्यौपाने

. मोरङको पत्रपत्रिकाको इतिहास
प्रमोद प्रधान

. धरानको पत्रकारिताः हिजो आज
चन्द्रमणि अधिकारी

. पूर्वाञ्चलमा मिडियाः सम्भावना चुनौतीबीच केही प्रयास केही प्रवृत्ति भास्कर गौतम
भास्कर गौतम

मध्यमाञ्चल
. वीरगञ्जेली पत्रकारिताः एक अभिरेखाङ्कन
चन्द्रकिशोर

. मकवानपुरको पत्रकारिताः एक अध्ययन
देवराज हुमागाईं

. चितवनमा पत्रकारिताः सकारात्मक पाइलातर्फ
देवराज हुमागाईं

पश्चिमाञ्चल
. रुपन्देहीको पत्रकारिताः विगतका पानाहरुमा
बसन्तध्वज जोशी

. रुपन्देही पाल्पाको पत्रकारिताः केही आशलाग्दा प्रयासहरु
शेखर पराजुली

१० . पोखराको पत्रकारिता
केशवराज पराजुली

११ . पोखरेली मिडियाः व्यावसायिकताको सँघारमा
शेखर पराजुली

मध्य तथा सुदूरपश्चिमाञ्चल
१२ . बाँके जिल्लाको पत्रकारिता सङ्क्षिप्त इतिहास
पर्ूण्ालाल चुके

१३ . नेपालगञ्ज दाङको मिडियाः केही आशा केही निराशा
कृष्ण अधिकारी

१४ . सुदूरपश्चिमाञ्चलमा पत्रकारिता
डा . देवीप्रसाद ओझा

१५ . पत्रकारिताको आँखीझयालमा धनगढी महेन्द्रनगर
कृष्ण अधिकारी

निष्कर्ष

सर्न्दर्भ सामाग्री
देवराज हुमागाईं

अनुसूचिः क्षेत्रीय पत्रिकाका नमूनाहरु

लेखक परिचय

Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: