Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 08:05 Sunday, 20 March 2011 00:00
नेपाली मिडियामा दलित तथा जनजाति|
२०४६ पछिका वर्षरू नेपाली सञ्चार जगतका लागि अत्यन्तै उर्बर रहेका छन् । तर यसै अवधिमा जनसंख्याको हिसाबले आधाभन्दा बढी स्थान ओगटेका दलित र जनजाति समुदायलाई भने सञ्चार क्षेत्रले यथोचित स्थान दिन सकेको छेन । सीमित मात्रामा दलित र जनजातिसम्बन्धी समाचार, लेख कार्यक्रमहरू छापा, रेडियो र टेलिभिजनमार्फ प्रकाशित र प्रसारित हुने गर्दछन् । यसो किन भइरहेछ भनेर सामाजिक विकास तथा अनुसन्धान केन्द्रले २०५७ सालमा सयवटाभन्दा बढी प्रकाशन गृह र केही रेडियो स्टेसनमा दलित र जनजातिको उपस्थितिबारे र्सर्वेक्षण गर्योा । साथसाथै दलित र जनजाति सवालहरूले नेपाली मिडियामा पाएका स्थानबारे पनि अनुसन्धान गर्योा । यो पुस्तक त्यही अनुसन्धानको विश्लेषणात्मक विवरण हो ।
सञ्चार क्षेत्रमा दलित र जनजातिका प्रतिनिधित्व प्रतिशतलाई हालको न्यून स्थितिबाट उनीहरूको जनसंख्या प्रतिशतको हाराहारीमा पुर्यािउनका लागि तथा मिडियाले उनीहरूका विभिन्न सवाललाई बढी स्थान दिनका लागि भविष्यमा गर्नु पर्ने कार्यहरू पनि यस पुस्तकमा उल्लिखित छन् ।
|
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ ।
शेखर पराजुलीले तथ्यांक शास्त्रमा एमएस्सी गर्नु भएको छ । नेपाली मिडियाबारे उहाँ थप अनुसन्धान गर्दै हुनुहुन्छ ।
| Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge