छापामा दलित

छापामा दलित
चौतारी पुस्तक श्रृंखला २

सम्पादनः प्रत्यूष वन्त, प्रमोद भट्ट, विद्यानाथ कोइराला, खगेन्द्र संग्रौला र सी.के.लाल
प्रकाशकः एकता बुक्स, २०५८
मूल्यः रु३२५, पृष्ठ ४३५
ISBN 99933-1-918-X

सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक र अन्य सबै किसिमले पिछड्याइएका शोषित, पीडित र समाजले नै अन्त्यजा स्वीकार्न बाध्य तुल्याइएका 'छुन नहुने' समूह/समुदायर्/बर्गलाई नै हाम्रा समाजमा चलनचल्तीका शब्दमा तल्लो जाति वा अछुत वा दलित भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार यस्ता जात-जातिको संख्या नेपालको कुल जनसंख्याको १३ प्रतिशत जति छ भने अन्य तथ्याङ्कमा यिनीहरूको जनसंख्या करीब २० प्रतिशत देखाइएको छ ।
 
लामो कालखण्डदेखि भेदभाव र छुवाछूतको चरम उत्पीडिनमा शाषित पीडित भई बाँच्न बाध्य तुल्याइएका दलितहरूले अन्य अललितहरूका तुलनामा र्सार्वजनिक बस्तु र स्थलहरूको स्वतन्त्र उपभोग गर्न पाइरहेका छैनन्, शिक्षामा पिछडिएका छन्, आर्थिक गतिविधिहरूमा पर्ूण्ा रूपले संलग्न हुन पाइरहेका छैनन्, राजनीतिमा उचित प्रतिनिधित्व गर्न सकिरहेका छैनन् सरकारी-निजामती र निजी क्षेत्रमा जागिर पाइरहेकार् छनन् । फलस्वरूप उनीहरू गरीबभीत्रका सबभन्दा गरीब, अशिक्षित, प्रतिकुल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका छन् ।
 
दलित जाति मुक्तिका प्रयासहरू पनि भइरहेका छन् । २०४६ सालको जनआन्दोलनपछिका वर्षरूमा दलित जातीय उत्थान र मुक्तिका गतिबिधिहरूमा बिशेष बृद्धि भएको छ । सरकारी माध्यमबाट, गैरसरकारी क्षेत्रबाट, नागरिक समाजबाट, बर्तमान प्रजातान्त्रिक संगठनबाट र अझ केहीले 'जनवादी क्रान्ति'बाट दलित मुक्तिको संभाव्यताको खोजी, वकालत र अभ्यास गरिरहेका छन् । यस्ता खोजी, वकालत र अभ्यासले नेपाली छापामा ठाउँ पाउने क्रम बढ्दो छ । छापामा दलित दलितहरूबारे लेखिएका विभिन्न लेख, रचना, टीकाटिप्पणी, समाचारको सङ्कलन हो ।

प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ । 

प्रमोद भट्टले समाजशास्त्रमा एमए गर्नु भएको छ । उहाँले शिक्षा र मिडिया क्षेत्रमा अनुसन्धान गर्नुभएको छ । हाल उहाँ जापानको हिरोसिमा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ ।  

विद्यानाथ कोइरालाले दलित शिक्षामा विद्यावारिधि गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्रमा लामो समय रहेपछि हाल उहाँ त्रिवि को शिक्षा विभाग कीर्तिपूरमा पढाउनु हुन्छ । दलित शिक्षा र आन्दोलनबारे उहाँले धेरै लेख्नु भएको छ ।  

खगेन्द्र संगौला लेखक हुनुहुन्छ । उहाँका थुप्रै कथा तथा अरु विधाका संग्रहहरु प्रकाशित छन् । पर्वत जिल्लाको दलित वस्तीमा आधारित उहाँको वृहत उपन्यास जुनकीरीको संगीत २०५६ सालमा प्रकाशित भएको छ । दलित आन्दोलनबारे उहाँका धेरै फुटकर लेखहरु पनि प्रकाशित छन् ।  

सीके लाल सिभिल इन्जिनियर हुनुहुन्छ । उहाँले शहरी योजनाशास्त्रमा एमएस्सी गर्नु भएको छ । हाल उहाँ हिमाल र नेपाली टाइम्समा स्तम्भ लेखक हुनुहुन्छ ।

पुस्तकमा के छ-

धन्यवाद

मन्तव्य
हिरा विश्वकर्मा

सम्पादकीय
प्रत्यूष वन्त, प्रमोद भट्ट, विद्यानाथ कोइराला, खगेन्द्र संग्रोला र सी.के. लाल

प्राक्कथन
डा. विद्यानाथ कोइराला

१. नेपालमा दलितः जीवन र उत्पीडन
अछूत भएकै कारण उनीहरू पानी खान आकाशे वषर्ा कर्ुछन्
राजेन्द्र नाथ

दलित जातिले दूध किन्न माग्दा कुटाइ खानुपर्‍यो
स्वदेश शर्मा

भोटे नाम्लाङः दलित उत्पीडनको घिनलाग्दो नमूना
समता प्रतिनिधि

दलित - "उसो भए डेरा छैन"
हिरालाल विश्वकर्मा

जुत्ता सिउनेका दुःख कसले सिउने - आरो चलाएर बाँच्न चाहनेहरूका पीडा
श्रीराम के.सी.

डोम बस्तीको पीडा कसले सुन्ने
शंकर श्रेष्ठ

पेशागत रूपमा पनि अपमानित छन् दलितहरू
कमल अर्याल

छुवाछूत र जातीय भेदभावबाट पीडित छन् तर्राईका दलित समुदाय
शंकर खरेल

वर्गीय र जातीय उत्पीडनमा चमार
पूर्ण  बस्नेत

सुदूरपश्चिमका दलित जातिहरूको स्थिति
गणेश वि.के. 'देउल्याल'

दलितहरूबीच नै जरो गाडेको छुवाछूत
सुजित महत

दलित महिला लैङ्गकि र जातीय विभेदको दोहोरो शोषणमा
सुभाषकुमार दर्नाल

दलितहरू किन अशिक्षित हुन्छन् -
दुर्गाबहादुर दर्जी

शाही सेनामा जातीय भेदभाव
हिरा विश्वकर्मा

"सुनार दाइ म तपाईँकहाँ गएर खाएको मेरी आमालाई नभन्नुहोला है"
राजेन्द्र बराली

छुवाछूत प्रथा मानव जातिको कलंकको टीका
मोदनाथ प्रश्रति

छूत अछूत भेदभावको अन्त किताबमा मात्र
दुर्गाहाङ याक्खा र्राई

'दलित' शब्दनै समानताको बाधक
सी.बी. कपाली

'दलित' शब्दप्रतिको चिन्ता र जवाफ
हिरा विश्वकर्मा

नेपालमा दलित समस्या कस्तो छ -
पद्मलाल विश्वकर्मा

२. इतिहास, धर्म र परम्परा
शुद्रहरूको प्राचीन इतिहास
रामशरण शर्मा

जातपात र छुवाछुत प्रथाः शास्त्रीय सन्दर्भ, वर्तमान स्थिति र समाधानको प्रक्रिया
मोदनाथ प्रश्रति

छुवाछूत प्रथा र हिन्दू धर्मको मौलिक अवधारणा
डा. देवीप्रसाद ओझा

आखिर कहिले सम्म -
संग्रामसिंह विश्वकर्मा

३. अर्थतन्त्र र विकास
आर्थिक सर्न्दर्भमा दलित
गजाधर सुनार

दलित जाति र गरिबी
डा. शिव शर्मा

राष्ट्र विकासमा दलित वर्गको साझेदारी आवश्यक
शीतलप्रसाद महतो

नवौँ योजना -२०५४-२०५९) मा दलित तथा उपेक्षित समुदाय सम्बन्धी नीति तथा कार्यक्रम
दलित उत्थानका लागि नयाँ दृष्टिकोण र कार्यक्रमको खाँचो
चक्रमान विश्वकर्मा

दलितका नाममा अरूको रजाइँ
भूपराज खड्का

दलित उत्थान आयोग नै आवश्यक
मिठाराम विश्वकर्मा 'दुःखी'

४. शिक्षा
गरतियाहरू अछूत भएकै कारण पढ्न पाउँदैनन्
राजेन्द्रकुमार कर्ण

उत्पीडित जातिहरूलाई निःशुल्क शिक्षा थाहा छैन
समाचारपत्र संवाददाता

दलित पिताका नजरमा पुत्री शिक्षाको महत्व
गोरखापत्र संवाददाता

दलितले खोलेको कक्षामा दलित ढोका बाहिर बस्छन्
हिरालाल विश्वकर्मा

के उनले उच्च शिक्षा पाउलान् -
श्रीराम फुटुङे

अब हामी कता ...-
मनबहादुर विश्वकर्मा

नेपालका दलित र तिनको शिक्षाः एक अध्ययन
डा. विद्यानाथ कोइराला

दलित र महिलालाई वैदिक शिक्षा दिइन्छ, अर्जुन धारामा
कृष्ण हुमागाईं

५. दलित महिलाः उत्पीडन भित्रको उत्पीडन
भारीले थिचिएको जुठीको जीवन
हरि बस्नेत

आधुनिक सभ्यताको खोलभित्र लुकेको कारूणिक कथा
चन्द्रबहादुर नेपाली

तर्राईमा दलित महिलाहरू
शिवकुमार महरा

मीना नेपाली कि मीना कार्की
समता प्रतिनिधि

अन्तरजातीय विवाह
मीना स्वर्णकार

उत्पीडन भित्र दलित महिला
दुर्गा सोब

महिला उत्पीडन र उत्थान
निर्मल वि.के.

दलित महिलाको सामाजिक र आर्थिक अवस्था
डा. कृष्णबहादुर भट्टचन

६. साहित्यमा दलित
अछूत
युगकवि सिद्धिचरण श्रेष्ठ

जुठी दमिनीको अभिव्यक्ति
पारिजात

सुतेकाहरूलाई बधाई
विक्रम परियार

इतिहास हेर
धनबहादुर वि.क.

मलाई चिन्न सकेनौ
धनकुमारी सुनार

महानता
अमृत परियार

वीरे कामीले एस.एल.सी. पास गर्दा गाउँ नै हल्लियो
शरद पौडेल

भन् गधा, स्वास्नीलाई किन कुट्या होस -
खगेन्द्र संग्रौला

कस्तो अंश माग्ने -
जनकप्रसाद हुमागाईं

७. सञ्चार माध्यम र दलित
पत्रकारितामा दलितको न्यून सहभागिता
शेखर पराजुली र भास्कर गौतम

नेपाली छापामा दलितका समाचारः विषयवस्तु विश्लेषण
प्रमोद भट्ट

रेडियोमा दलित सहभागिता र कार्यक्रमहरू
चक्रमान विश्वकर्मा

कालीगण्डकीको सेरोफेरो - दलितवर्गको प्रथम सन्देशमूलक टेलिश्रृंखला
चरण शर्मा

८. कानून र दलित
चमार जातिमाथिको नाकाबन्दी र कानुनको आवश्यकता
सन्तबहादुर नेपाली

नेपालको कानूनी इतिहास र जातीय व्यवस्था
डि.बी. सागर विश्वकर्मा

जातीय समानताको अभियान र नयाँ मुलुकी ऐन २०२० को योगदान
चक्रमान विश्वकर्मा

छुवाछूत कुटपीट मुद्दाको फैसला
छुवाछूत -अपराध र सजाय) सम्बन्धी विधेयक २०५३

संयुक्त राष्ट्र संघको सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी र नेपालको प्रतिबद्धता
हिरा विश्वकर्मा

९. संगठन तथा राजनीति
दलितहरू किन संगठित हुन जरुरी छ -
झलक सिंह

नेपालको दलित आन्दोलन र दलित संगठनका.े भूमिका
हिरा विश्वकर्मा

कस्तो भयो आफ्नो दलित जीवन फेर्न चाहनेहरूको सम्मेलन -
तुलसी नेपाल

चुनावः धेरै रुकबहादुरहरूको मन कुँढिएको छ
विनोद पहाडी

अछूत भएकै कारण जनप्रतिनिधिहरू घर भित्र पस्न पाउँदैनन्
लक्ष्मण देवकोटा

दलित जनप्रतिनिधिहरू गाउँघरमा झगडा मिलाउन व्यस्त
कान्तिपुर संवाददाता

दलित जातीय मुक्ति र संसदीय निर्वाचन
तीर्थ विश्वकर्मा

दलित मुक्तिका लागि राजनीतिक दलका गन्तव्यहरू
डा. विद्यानाथ कोइराला

तेस्रो प्रतिनिधि सभा निर्वाचन र त्यसमा दलितहरूको स्थान
राजेश विश्वकर्मा

क्रान्तिकारी दलित मोर्चा र जनयुद्ध
रविनकुमार विश्वकर्मा

१०. दलित उत्थानः सैद्धान्तिक बाटाहरू
नेपालको दलित आन्दोलन र दलित मुक्तिको प्रश्न
कमला हेमचुरी

किन उठ्न सकेन एकीकृत दलित आन्दोलन -
पद्मलाल विश्वकर्मा

दलित आन्दोलनका पथ विचलनहरू
एम.एल. नेपाली

जातीय उत्थानका आधारशीला
डिलबहादुर विश्वकर्मा

दलित एकता आजको आवश्यकता
डा. विद्यानाथ कोइराला

के इसाइ धर्ममा पसेर दलितहरूको मुक्ति होला -
लालबहादुर नेपाली

दलित वर्गको उत्थान गर्ने नै हो भने ...
संजीव सत्याल

दलित समस्याको समाधानको दिशा के हो -
सम्पादकीय, समता सन्देश

दलितहरूले कुन बाटो लिनु ठीक हुन्छ -
प्रेम बराइली

दलित आन्दोलन किन चर्कनु पर्छ -
डा. कृष्णबहादुर भट्टचन

सामाजिक सुधार वा नयाँ जनवादी आन्दोलनसित जोड्नु पर्छ
अनिल

दलित आन्दोलनमा एनजीओहरूको भूमिका
हिरा विश्वकर्मा

दलितलाई आरक्षण किन र कसरी -
पद्मलाल विश्वकर्मा

आरक्षण किन आवश्यक भएको छ -
सन्तबहादुर नेपाली

आरक्षणका सवालमा विभिन्न पार्टिहरूको मतमतान्तर, दलित नेताहरूको एउटै मत
हीरालाल विश्वकर्मा र रामहरि शाही 'समुन्द्री'

११. दलित उत्थानः प्रयासका नमूनाहरू
सामाजिक मुक्ति आन्दोलन अगुवा संर्घषशील व्यक्तित्वः भगत र्सवजीत विश्वकर्मा
गोपालप्रसाद न्यौपाने

छविलाल गुरुः आफ्नो जमानाका चरित्रनायक
खगेन्द्र संग्रौला

दलितहरूलाई अगाडि बढाउने प्रयास
राजकुमार दिक्पाल

दलितहरू छुवाछूतविरुद्ध संगठित
रासस

गाविसले दलित जातिलाई सम्मान गर्ने परम्परा बसाल्यो
समाचारपत्र संवाददाता

सहभोज पछि उत्पीडितहरूमा सम्मानको महसुस
के.पी. गौतम

जातीय भेदभाव गर्ने कर्मचारीले माफी मागे
कान्तिपुर संवाददाता

जातको लर्डाईमा पिल्सिएका चमार
मोहन मानन्धर

दलितहरूले दिउँसै बत्ती बालेर न्यायको खोजी गरे
के.पी. गौतम

दलित, मन्दिर प्रवेश र सांस्कृतिक क्रान्ति
खगेन्द्र संग्रौला

जातीय भेदभाव हटाउन ठोस कदम चाल्न आग्रह
कान्तिपुर संवाददाता

उदयपुरः जातिगत दमनको चरम नमूना
पद्म खड्का

दलित मुक्तिको प्रसंग
सम्पादकीय, कान्तिपुर

बाहुने पनि जुत्ता सिलाउँछन्
नाम उल्लेख नभएको

म भित्रको बाहुन आफै भागेको होइन
गोविन्द न्यौपाने

स्वयं अछूत भनिनेहरूद्वारा नेपालमा गरिएका जातीय मुक्तिका प्रयासह
दलित उत्थान आयोग समयको आवश्यकता
चक्रमान विश्वकर्मा


पुच्छारमा ....
खगेन्द्र संग्रौला

सर्न्दर्भ सामग्री सूची
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: