उच्चशिक्षामा सहभागिताः असमानताका सामाजिक आयाम


उच्चशिक्षामा सहभागिताः असमानताका सामाजिक आयाम
चौतारी पुस्तक शृङ्खला ६६

सम्पादकः प्रमोद भट्ट
पहिलो संस्करण २०६८ (सन् २०११)
ISBN 978-9937-8389-5-5












शिक्षामा समावेशीकरण सुनिश्चित नगरेसम्म अन्य कुनै पनि क्षेत्रमा समावेशीकरणको परिकल्पना गर्न सकिँदैन । तर, राज्यको पुनःसंरचनामर्फत सामेली ‘नयाँ नेपाल’ निर्माणतर्फ अग्रसर भइरहँदा सीमान्तीकृत समूहहरूको समावेशीकरण सुनिश्चित गर्न चाहिने शैक्षिक पाइपलाइनबारे अपेक्षित बहस भइरहेको छैन । यस पुस्तकमा समाविष्ट लेखहरूले उच्चशिक्षामा विभिन्न सामाजिक समूहको सहभागिता र असमानतालाई उजागर गर्नुका साथै शैक्षिक पहुँच वृद्धिका केही सम्भावनालाई औँल्याएका छन् । नेपालको उच्चशिक्षामा भएका विभिन्न सामाजिक असमानताको बुझाइलाई अझ बढी गहन र सान्दर्भिक बनाउन यो पुस्तक उपयोगी हुनेछ । शैक्षिक समानता प्रवद्र्धन गर्ने नीतिनिर्माणमा समेत पुस्तकले सघाउनेछ ।

प्रमोद भट्टले जापानको कोबे विश्वविद्यालयबाट सन् २००७ मा विद्यावारिधि गरेका छन् । उनी सन् २००८ देखि मार्टिन चौतारीमा अनुसन्धाताका रूपमा कार्यरत छन् । शिक्षासम्बन्धी उनका लेख विभिन्न जर्नलमा प्रकाशित छन् । उनको सम्पादनमा Education in Nepal: Problems, Reforms and Social Change पुस्तक सन् २००९ मा मार्टिन चौतारीबाट प्रकाशित छ ।
 
विषयसूची

तालिकासूची    छ
चित्रसूची    झ
प्रकाशकीय    ट

परिचय
नेपालको उच्चशिक्षामा सामाजिक असमानताका विविध आयाम    १
प्रमोद भट्ट

खण्ड १ : सामाजिक समूह र शैक्षिक असमानता
प्राविधिक उच्चशिक्षामा महिलाहरूको सहभागिता    १५
    मनकुमारी ठाडा मगर

नेवारभित्रका शैक्षिक असमानता र समावेशीकरणको बहस    ४५
    सुदीपसिंह नकर्मी

शिक्षामा छन्त्याल समुदायको सहभागिता    ७७
    यामबहादुर पुन

थारू महिलाहरूको शिक्षामा कमलरी प्रथाको प्रभाव      १०३
    शीला अधिकारी

दरै : सहरीकरण, विस्थापन र शिक्षा    १२३
    प्रेम दरै

खण्ड २ : शैक्षिक समानतातर्पmका केही सम्भावना 
उच्चशिक्षा र विद्यार्थीवृत्ति      १४९
    सुरेन्द्रकुमार लिम्बू

सङ्घीय पुनःसंरचनामा उच्चशिक्षा : समावेशीकरणको बहस    १७१
    झकेन्द्र घर्तीमगर

‘विविधता’का लागि विद्यार्थी सङ्गठनहरूको प्रयास    २०१
    रमेश राई     

उच्चशिक्षामा दलित महिला : पहुँचका आधार    २२९
    शारदा रिजाल

थारूहरूको शिक्षामा विप्रेषणको भूमिका    २५५
    पवित्रा महतो

लेखक परिचय        २७७
अनुक्रमणिका        २८१
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: